समाचार
हामी विश्वव्यापी परमेश्वरको मण्डलीसम्बन्धी खबरहरू सम्प्रेषण गर्दछौं ।
परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी सङ्गठन ASEZद्वारा आयोजित “वाक हिंसा निषेध” क्याम्पेन
अक्टोबर २ तारिखचाहिँ यूएनले सन् २००७मा घोषणा गरेको ‘विश्व अहिंसा दिवस’ हो । हिंसारहित शान्तिपूर्ण संसारको कामना गरिने यस दिनमा, परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन आसेज(ASEZ)ले विश्वभर “वाक हिंसा निषेध” क्याम्पेन आयोजना गऱ्यो । अक्टोबर २ ~ ११ तारिखसम्म दश दिन आयोजना गरिएको क्याम्पेनचाहिँ, “तरवारभन्दा बोली शक्तिशाली” भन्ने नाराअन्तर्गत…
October 2, 2020
विपत्तिको बीचमा अझ चम्किएको जीवनको करार, निस्तार-चाड
परमेश्वर शुद्ध हृदयका हुनुहुन्छ, र उहाँको करार अपरिवर्तनीय छ । विश्वव्यापी महामारी कोभिड-१९का कारण सारा संसार अस्तव्यस्त भइरहेको बेला निस्तार-चाड नजिक आयो । सङ्क्रमण पुष्टि भएको सङ्ख्या र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दैगएको र विश्वमा महामारीलाई फैलनबाट रोक्न कर्फ्यू(shutdown) र बन्दाबन्दी(lockdown)का कदमहरू चालियो । पाप-क्षमा, मुक्ति र अनन्त जीवनको…
April 7, 2020
सन् २०१९को उत्तरार्द्ध, कार्यक्षेत्र मिसन सङ्गठनको नियमित भेला
परमेश्वरको मण्डलीका जागिरे युवा सन्तहरूले “आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू” भन्नुभएका ख्रीष्टको वचनलाई आफ्नो कार्यक्षेत्रमा पनि कार्यान्वयन गर्न क्षेत्र तथा पेशाअनुसारको कार्यक्षेत्र मण्डली सङ्गठन स्थापना गरी सक्रिय रूपले विविध स्वयंसेवाका गतिविधिहरू गरिरहेका छन् । सेप्टेम्बर ८ तारिखका दिन, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा सन् २०१९को उत्तरार्द्ध, कार्यक्षेत्र मिसन सङ्गठनको…
दक्षिण कोरिया
September 8, 2019
जागिरेहरूका निम्ति हिलिङ गोष्ठी, कोरियाका ३ वटा सहरमा र मङ्गोलियाको उलानबटोरमा आयोजना
“हामीले नपठाए पनि गइहाल्ने आइतबार र हामीले नबोलाए पनि आइहाल्ने सोमबार ।” कोरियाको छन्आनस्थित सबुग मण्डलीमा आयोजित ‘जागिरेहरूका निम्ति हिलिङ गोष्ठी’– सहानुभूति टकबाट ‘कार्यक्षेत्रमा तपाईंलाई थकित बनाउने कुरा के हो ?’ भनेर सोधिएको सर्वेक्षणमा एक जना सहभागीको रोचक जवाफले सबैलाई हँसायो । योचाहिँ आफ्नो थकित जीवनमा जति समय आराम गरे…
September 1, 2019
विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ, ६८औँ यूएन नागरिक समाज सम्मेलनमा सहभागी
स्वस्थ समाज, स्वस्थ पृथ्वी निर्माणको लागि क्याम्पसभित्र र बाहिर कार्यरत परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन आसेज(ASEZ), यूएनको निमन्त्रणामा अगस्ट २६ तारिखदेखि ३ दिनसम्म आयोजित ६८औँ यूएन नागरिक समाज सम्मेलनमा सहभागी भयो । यूएन नागरिक समाज सम्मेलन(UN DPI·NGO Conference)चाहिँ NGOहरूका लागि सबैभन्दा ठूलो वार्षिक कार्यक्रम हो, जहाँ १०० वटाभन्दा बढी…
संयुक्त राज्य अमेरिका
August 26, 2019
पेरु, संयुक्त राज्य अमेरिका, मलेसिया र सिङ्गापूरमा आयोजित साङ्गीतिक कन्सर्ट
‘विश्वको साझा भाषा’ रहेको सङ्गीतको शक्तिद्वारा समाजमा एलोहिम परमेश्वरको प्रेम प्रसार गर्न र खाँचोमा परेका छिमेकीहरूलाई सहयोग गर्न पेरु, संयुक्त राज्य अमेरिका, मलेसिया र सिङ्गापूरमा साङ्गीतिक कन्सर्टको आयोजना गरियो । प्रत्येक देशका परमेश्वरको मण्डलीका सन्तहरूद्वारा तयार पारिएको यस पटकको साङ्गीतिक कन्सर्टको स्थान र आकार भिन्नाभिन्नै भए पनि सुन्दर धुनहरूद्वारा रचिएको…
August 11, 2019
सन् २०१९ ASEZ तथा ASEZ WAO ग्रीष्म अन्तर्राष्ट्रिय स्वयंसेवा तथा संस्कृति आदनप्रदान
ग्रीष्म बिदाचाहिँ विश्वविद्यालय विद्यार्थी तथा जागिरे युवाहरूका निम्ति हजार टुक्रा सुनजस्तै हुन्छ । परमेश्वरको मण्डलीका युवा सन्तहरू क्याम्पसको पढाइ र जागिरमा समर्पित रहने गर्छन् । उनीहरू अनुभवमा सुधार ल्याउन वा युवावस्थाको मज्जा लिनको निम्ति नभएर फराकिलो संसारका छिमेकीहरूको सहयोग र जिउने घर, यस पृथ्वीको सुरक्षाको निम्ति ग्रीष्म बिदाको पर्खाइमा हुन्छन्…
July 31, 2019
सन् २०१९ ASEZ अन्तर्राष्ट्रिय शिखर सम्मेलन
सानो ट्राफिक नियम उल्लङ्घन गर्ने कुरादेखि अरूको जीवनलाई हानि पुऱ्याउने जघन्य अपराधसम्म, सबै अपराधहरू ‘मानिस’बाट हुने गर्छ । अपराधको दर घटाउन र अपराध रोकथाम गर्नका लागि समाजका प्रत्येक व्यक्तिहरू परिवर्तन हुन आवश्यक छ । अपराधमुक्त संसार, शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका निम्ति क्याम्पसबाट परिवर्तन सृजना गर्ने आकांक्षाका साथ विश्वभरिका विश्वविद्यालय…
दक्षिण कोरिया
July 15, 2019
सन् २०१९ Arise & Shine विश्वविद्यालय विद्यार्थी अन्तर्राष्ट्रिय बाइबल गोष्ठी
मध्य ग्रीष्ममा तातिएको जुलाई १२ तारिख, त्योभन्दा अझ तातो जोशद्वारा सत्यता अध्ययन गर्ने विदेशका विश्वविद्यालय विद्यार्थीहरू लगायत कोरियाको राजधानी क्षेत्रका युवाहरूसहित २,२०० जनाभन्दा बढीले ‘सन् २०१९ Arise & Shine विश्वविद्यालय विद्यार्थी अन्तर्राष्ट्रिय बाइबल गोष्ठी’मा सहभागिता जनाए । कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजित उक्त गोष्ठीमा न्यूजिल्यान्ड, यूक्रेन, संयुक्त राज्य अमेरिका,…
दक्षिण कोरिया
July 12, 2019
सन् २०१९ विश्वव्यापी विश्वविद्यालय विद्यार्थी लिडरशीप सम्मेलन
विश्वासी र बुद्धिमान् भएर आफूलाई क्याम्पसभित्र र बाहिर समर्पण गरेर केही सिक्ने बाटोमा हिँड्ने विश्वविद्यालय विद्यार्थी सन्तहरूका निम्ति विशेष कार्यक्रमको आयोजना गरियो । संसारलाई डोऱ्याउने भविष्यका विश्व लिडरले लिनुपर्ने सद्गुण एवम् प्रगतिशील र रचनात्मक भिजन प्रदान गर्ने उद्देश्यका साथ परमेश्वरको मण्डलीद्वारा ‘सन् २०१९ विश्वव्यापी विश्वविद्यालय विद्यार्थी लिडरशीप सम्मेलन’ आयोजना गरियो…
दक्षिण कोरिया
July 10, 2019
७५औँ विदेश भ्रमण टोली
हरिया पातहरू लहराउने ग्रीष्ममा ७५औँ विदेश भ्रमण टोलीले कोरियाको भ्रमण गरे । जुलाई १० तारिखदेखि कार्यतालिका सुरु भएको भ्रमण टोलीमा ४१ वटा देशका १७५ वटा मण्डलीहरूबाट २५० जनाभन्दा बढी सन्तहरू उपस्थित थिए । अधिकांश सन्तहरू भविष्यको योजना र सपना लिएका २०देखि २९ वर्षका विश्वविद्यालय विद्यार्थीहरू थिए । कोरियाको नजिकै रहेको…
दक्षिण कोरिया
July 10, 2019
जेरोम सि. ग्लेनसँगको ASEZ बैठक
भविष्यले भविष्यलाई भेट्छ । जून २६ तारिखमा, कोरियाको भ्रमण गरेका यूएन मिलेनियम प्रोजेक्टका अध्यक्ष जेरोम सि. ग्लेनले नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजित आसेज(ASEZ) बैठकमा सहभागी भएर, मानव-जातिको भविष्यलाई प्रबल बनाउने विश्वविद्यालय विद्यार्थीहरूसँग कुराकानी गर्ने समय लिए । ‘दिगो भविष्यको निम्ति विश्वविद्यालय विद्यार्थीहरूको भूमिकाको खोजी’ भन्ने शीर्षकअन्तर्गत आयोजित यस पटकको बैठकमा,…
दक्षिण कोरिया
June 30, 2019
सन् २०१९ IWBA प्रवेशिका समारोह
ब्लाइन्ड भनिने सामाजिक एप सर्वेक्षणको नतिजाअनुसार, १० जनामा ९ जना जागिरेहरू बर्नआउट सिन्ड्रम(अत्यधिक र दीर्घ तनावले ल्याउने भावनात्मक, मानसिक र शारीरिक थकान)ले ग्रस्त रहेको पत्ता लाग्यो । जीविकोपार्जन र लक्ष्य हासिल गर्न मानिसहरू कडा परिश्रम गर्ने गर्छन्, तर प्रक्रिया सधैँ सजिलो मात्र हुँदैन । जागिरे युवाहरूले सही धार्मिक विश्वास र…
दक्षिण कोरिया
June 16, 2019
सन् २०१९ उचालिनुभएको दिन सम्झनात्मक आराधना र पेन्तिकोसको चाड पवित्र सभा
येशू ख्रीष्ट पुनरुत्थान हुनुभएपछि ४० दिनमा स्वर्ग उचालिनुभएको घटना नै सुरुको मण्डलीको पुनर्जागरणको सुरुवाती बिन्दु थियो । पुनरुत्थान र उचालिने शक्तिसमेत अवलोकन गरेका सन्तहरूको विश्वास अझ दह्रो भयो, र पेन्तिकोसमा पवित्र आत्माको वरदान पाएपछि अन्यजातिहरूलाई पनि सुसमाचार प्रचार गर्न सुरु भयो । “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर”…
June 9, 2019
१६औँ विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता
७ अरब मानव-जातिलाई प्रचार गर्नको निम्ति पाइला चाल्दै, विदेश प्रचारको तयारी गरिरहेका सन्तहरूका निम्ति एउटा कार्यक्रमको आयोजना गरियो । त्यो नै मे २६ तारिखमा कोरियाको ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठानमा आयोजना गरिएको १६औँ विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता थियो । यो दिन विश्व सुसमाचारको ठूलो इच्छा राखेका पादरी कर्मचारीहरू,…
दक्षिण कोरिया
May 26, 2019
सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी (३)
मे २४ तारिखमा कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा तेस्रो पटक सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठीको आयोजना गरियो । परमेश्वरको मण्डलीका सन्तहरूको साँचो विश्वासलाई जगाउने मात्र नभएर बाइबलको विश्वसनीयता, परमेश्वरको अस्तित्व र मुक्तिको उपायप्रति जिज्ञासु रहेका नागरिकहरूलाई उत्प्रेरित गर्ने हेतुले आयोजना गरिने यस गोष्ठीले, आयोजना हुँदैपिच्छे मानिसहरूको ध्यान…
दक्षिण कोरिया
May 24, 2019
७४औँ विदेश भ्रमण टोली
“हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर, र त्यसको निम्ति प्रसन्न होओ । हे त्यसको निम्ति शोक गर्ने हो, आनन्दले प्रफुल्लित होओ ... आमाले आफ्ना बालकलाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिनेछु । र तिमीहरूले यरूशलेमको कारण सान्त्वना पाउनेछौ ।” यशै ६६:१०-१३ मे २० तारिखमा, ढुकुर आफ्नो…
दक्षिण कोरिया
May 20, 2019
सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी (२)
“हामीहरू जीवनमा धेरै डरको सामना गर्छौं । कीरा, कुकुर, सियो ... मानिसहरूका सामु उभिँदा पनि डर लाग्छ, जस्तो अहिले मलाई भइरहेको छ ।” प्रस्तोताको कुराले दर्शक वृन्दमाझ हाँसो र उत्साह ल्याइदियो । डिकनिस ग्रेसिया मेन्डोजा सिस्नेरोस(ला भिक्टोरिया, पेरु)ले मृत्युको डर मेटाउन सक्नुहुने एलोहिम परमेश्वरको अस्तित्वको विषयमा आत्मविश्वाससाथ गवाही दिइन् ।…
दक्षिण कोरिया
April 29, 2019
‘खुशी मण्डली’ अन्तर्राष्ट्रिय सम्मेलन
खुशी मण्डली बनाउनको निम्ति स्त्री पादरी कर्मचारीहरूको भूमिका के होला ? स्त्री पादरी कर्मचारी प्रशिक्षणको एक हिस्साको रूपमा अप्रिल २८ तारिखमा कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरको गोष्ठी कक्षमा खुशी मण्डली अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरियो । त्योचाहिँ सन्तहरूसँगै खुशी मण्डली बनाउनका लागि स्त्री पादरी कर्मचारीहरूको भूमिका र मनस्थितिबारे छलफल गर्ने मञ्च…
दक्षिण कोरिया
April 28, 2019
संयुक्त राज्य अमेरिकाको भर्जिनियामा ‘ASEZ भावी लिडर फोरम’
अप्रिल २८ तारिखमा संयुक्त राज्य अमेरिकाको भर्जिनिया, न्यूपोर्ट न्यूजमा अवस्थित परमेश्वरको मण्डलीमा ‘ASEZ भावी लिडर फोरम’को आयोजना गरियो । भविष्यका कर्णधार विश्वविद्यालय विद्यार्थीहरूलाई अपराध रोकथाम तथा न्यूनीकरणमा नेतृत्व लिने भावी लिडरको रूपमा हुर्काउनुको साथै स्थानीयवासीको सहभागितालाई जगाउनको निम्ति योजनाहरू विकास गर्ने हेतुले उक्त फोरमको आयोजना गरिएको थियो । अपराध रोकथाम…
संयुक्त राज्य अमेरिका
April 28, 2019