​रोजाइको दोबाटोमा​

6,688 भ्यु

जीवन रोजाइको श्रृङ्खला नै हो । फुक्का चाउचाउ खाऊँ कि पकाएर खाऊँ भन्ने सानो चिन्ताको विषयदेखि लिएर एउटा लुगा छान्दा पनि मानिसहरूले धेरै पटक सोच्ने गर्छन् । अझ ‘Any Drink’ भनेर लेखिएको बटन भएको भेन्डिङ मेसिन पनि छ । विद्यालय, जागिर, पति-पत्नी इत्यादि जीवनसँग सम्बन्धित विषय हो भने रोजाइको विषय अझ गम्भीर बन्न पुग्छ ।

हामीले भविष्यका दिनहरू देख्न सक्ने भएको भए कति राम्रो हुन्थ्यो होला ! भविष्यमा हामीहरू खुशी देखिन्छौं भने हामीले असल रोजाइ रोज्यौं भन्ने कुरा हो । तर हामीसँग त्यस्तो कुनै शक्ति छैन । त्यसोभए कसो गरेमा आनाकानी गर्ने मनलाई दृढ गराउन सकिन्छ होला ?

एउटालाई रोज्नु भनेको बाँकीलाई चाहिँ त्याग्नु हो । त्याग्नुपर्ने कुरालाई दोमन नगरी त्यागेर त्यसलाई पक्रिराखेन भने मन एकदमै हलुको हुनेछ । अनि आफ्नो रोजाइप्रति आशङ्का अथवा पछुतो नगरीकन यथासक्दो प्रयत्न गऱ्यो भने हुन्छ । आफ्नो उद्देश्यलाई नभुलीकन आफ्नो रोजाइले असल परिणाम ल्याउन सक्ने गरी प्रयत्न गर्नुभयो भने यहाँको रोजाइ असल हुन सक्छ ।