मानव-जातिमाझ आशापूर्ण भविष्य र खुशी प्रवाह गर्ने

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज

परमेश्वरको मण्डलीको परिचयात्मक भिडियो

परमेश्वरको मण्डली,
परमेश्वरले स्थापना गर्नुभएको मण्डली हो ।

परमेश्वरको मण्डली, सन् १९६४मा दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूद्वारा पूर्वको पल्लो कुनाको देश, गणतन्त्र दक्षिण कोरियामा स्थापना भएको थियो । ‘परमेश्वरको मण्डली’ भन्ने नाउँको उत्पत्ति बाइबलबाटै भएको हो (१ कोर १:२; गला १:१३), र यसमा “परमेश्वरद्वारा स्थापित मण्डली,” “परमेश्वर मालिक हुनुभएको मण्डली” भन्ने अर्थ समावेश छ । परमेश्वरको आशिष्‌भित्र आधा शताब्दीमै यो मण्डली १७५ वटा देशहरूमा ७,५०० वटा मण्डलीहरू स्थापना भएर सन्तहरूको सङ्ख्या लगभग ३७ लाख हुनेसम्म वृद्धि भएको छ, अनि ‘सबै मानिसहरूमाझ मुक्तिको खबर र खुशी बाँड्ने’ लक्ष्यका साथ मण्डलीले विभिन्न स्वयंसेवा गतिविधिहरू गर्दैआएको छ ।

परमेश्वरको मण्डलीले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ ।

परमेश्वरले हाम्रो मुक्तिको निम्ति दिनुभएको बाइबलमा पिता परमेश्वर मात्र होइनकि माता परमेश्वर पनि हुनुहुन्छ भनेर गवाही दिइएको छ (मत्ती ६:९; गला ४:२६) । परमेश्वरको मण्डलीले पिता परमेश्वर र माता परमेश्वरले देखाइदिनुभएको प्रेम, सेवा र बलिदानको उदाहरणलाई पछ्याउँदछ ।

परमेश्वरको मण्डलीले येशूज्यूद्वारा स्थापित
नयाँ करार पालन गर्दछ र सुनाउँदछ ।

२,००० वर्षअघि येशू ख्रीष्टले स्थापना गर्नुभएको र पालन गरेर उदाहरण देखाइदिनुभएको नयाँ करारचाहिँ मानव-जातिको मुक्तिको निम्ति आवश्यक पर्ने पूर्ण सत्यता हो । परमेश्वरको मण्डलीले, येशूज्यूले स्थापना गर्नुभएको अनि पत्रुस, यूहन्ना, पावल लगायतका प्रेरितहरू जाने गरेका सुरुको परमेश्वरको मण्डलीले जस्तै शबाथ-दिन, निस्तार-चाड जस्ता नयाँ करारका व्यवस्थाहरू अमूल्य ठानेर पालन गर्दछ । सत्यता लोप भएर अधर्म व्याप्त यस युगमा, सुरुको मण्डलीको सत्यतालाई पुनर्स्थापन गर्दै परमेश्वरको मण्डलीले मानव-जातिलाई अनन्त जीवनमा डोऱ्याउनको निम्ति साँचो धर्म-सुधार अभियानको नेतृत्व लिइरहेको छ ।

परमेश्वरको मण्डलीले पारिवारिक खुशीलाई महत्त्व दिँदछ ।

परिवारचाहिँ प्रेमको गुँड हुनुको साथै हाम्रो समाजको जग पनि हो । परमेश्वरको मण्डलीले परिवारको कदर गर्दै पारिवारिक मेलमिलाप र खुशीको निम्ति प्रयत्न गर्दछ । बाइबलको शिक्षाअनुसार सन्तहरू बुबा-आमाको आदर गर्दै, छोरा-छोरीलाई प्रेम गर्दै, भातृप्रेम बाँड्दै, पति-पत्नीले एक-अर्कालाई आफ्नो शरीरलाई झैँ प्रेम गर्दै, आफ्नो घरलाई सानो स्वर्गको रूपमा सजाउने गर्छन् । यसले सन्तहरूलाई घर, विद्यालय, कार्यस्थल र समाजमा सुकर्म गर्न अभिप्रेरित गर्दछ ।

परमेश्वरको मण्डलीले छिमेक, समुदाय तथा विश्वभरि शान्ति र सुव्यवस्था कायम राख्न प्रयत्न गर्दछ ।

हामीहरू जिउने यो पृथ्वी एउटा ठूलो घर हो, जहाँ मानव-जाति एउटै परिवारजस्तै एकसाथ जिइरहेका छन् । परमेश्वरले मानव-जातिलाई सित्तैँमा आशिष् र प्रेम दिनुभएजस्तै, हामीहरू पनि राष्ट्रियता, जाति, लिङ्ग, भाषा र संस्कृतिको कुनै भेदभाव नराखी प्रेम बाँड्छौं । विश्वव्यापी परिवार खुशी र शान्तिसाथ जिउन सकून् भनेर छिमेकी, समाज र देशहरूमा एकता र विकास ल्याउनका निम्ति हामीहरू बाँड्ने मन र सेवालाई कार्यान्वयन गर्छौं, अनि सबै जनाले स्वर्गको आशिष् प्राप्त गर्न सकून् भनेर मुक्तिको सुसमाचार सुनाउँछौं ।