के ‘फरक’ भन्नाले ‘गलत’ भन्ने अर्थ हो र ?

कुनै कुरा फरक हुँदैमा त्यो गलत छ भन्ने अर्थ होइन । ‘फरक’ र ‘गलत’ भन्ने शब्दलाई हेर्दा उस्तै अर्थ भएजस्तो देखिए तापनि वास्तवमा यी दुईबीच धेरै भिन्नता छ ।
शब्दकोशमा ‘फरक’ भन्ने शब्दलाई ‘दुवै वस्तु उस्तै नभएको’ भनेर वर्णन गरिएको छ ।
जस्तै, स्याउ र सुन्तला फरक छ, तर गलतचाहिँ होइन ।

यता ‘गलत’ भन्ने शब्दले चाहिँ हिसाब, तथ्य वा तर्कमा त्रुटि छ, अनि ‘सही नभएको’ भन्ने अर्थ बोकेको छ ।

धेरै मानिसहरूले यी दुईबीचको भिन्नतालाई बुझ्न नसकेर अन्य विभिन्न तर्कलाई आफ्नो भन्दा गलत ठान्दै आफू मात्र सही भएको दाबी गर्छन् । यी मानिसहरू ती दुईबीचको भिन्नतालाई स्वीकार्न असमर्थ भएपछि अन्ततः असमझदारी र द्वन्द सुरु हुन्छ ।

परमेश्वरको मण्डली फरक छ

परमेश्वरको मण्डलीले बाइबलमा गवाही दिइएको पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ ।

येशूज्यू स्वयम्‌ले देखाइदिनुभएको उदाहरणअनुसार हामी नयाँ करारको निस्तार-चाड र सातौँ दिन, शनिबारका दिन शबाथ मान्दछौं । प्रार्थना र आराधनाको समयमा स्त्री सन्तहरूले आफ्नो शिरमा घुम्टो हाल्छन्, तर पुरुष सन्तहरूले चाहिँ आफ्नो शिर केहीले पनि ढाक्दैनन् । हामीहरू बाइबलअनुसार मूर्तिको रूपमा सङ्केत गरिएको क्रूसलाई पुज्दैनौं, अनि डिसेम्बर २५ सूर्य देवताको जन्मदिन भएकोले हामी क्रिसमस पनि मनाउँदैनौं ।

यस्ता पक्षहरूमा परमेश्वरको मण्डली संसारका अन्य मण्डलीहरूभन्दा बिलकुलै फरक छ ।

निर्णयको मापदण्डचाहिँ बाइबल

बाइबल विश्वास गर्ने मानिसहरूका लागि सही र गलतको भिन्नता छुट्ट्याउने मापदण्ड भनेको मण्डलीको सिद्धान्त अथवा कुनै मानिसको तर्क होइन । धेरै मानिसहरूले पछ्याइरहेका छन् भन्दैमा त्यो नै सत्यता हो भन्न मिल्दैन ।

निर्णयको मापदण्डचाहिँ केवल बाइबल हो । किनभने मानव-जातिलाई मुक्ति दिनको निम्ति दिइएको परमेश्वरको वचन नै सत्यता र मुक्तिको एकमात्र मार्ग हो ।

परमेश्वरको वचन र स्वर्गको चाह गर्ने असङ्ख्य मानिसहरूले मुक्ति र सत्यताको खोजी गरिरहेका छन् । मानव-जातिलाई मुक्ति र अनन्त जीवनमा डोऱ्याउनुहुने पिता परमेश्वर र माता परमेश्वरकहाँ यहाँहरू सबै जना आउनुभएर साँचो सत्यता र जीवनको पानी सितैँमा प्राप्त गर्नुहोस् भन्ने चाहन्छौं ।

माता परमेश्वर

धेरै मानिसहरूले परमेश्वरचाहिँ ‘पिता परमेश्वर’ एक जना मात्र हुनुहुन्छ भनेर विश्वास गरिरहेका छन् । तर बाइबलले “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ” (मत्ती ६:९) भन्ने वचनको साथै “माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन्” (गला ४:२६) भन्ने वचनद्वारा आत्माका पिता र माताको विषयमा गवाही दिएको छ । परमेश्वरको मण्डलीले बाइबलको शिक्षाअनुसार पिता परमेश्वरलाई मात्र नभएर माता परमेश्वरलाई पनि पूर्ण रूपमा विश्वास गर्दछ ।

पिता परमेश्वर

परमेश्वरको मण्डलीले ख्रीष्टियान धर्मको केन्द्रीय सिद्धान्त रहेको त्रिएकलाई दृढ विश्वास गर्दछ । त्रिएकभित्र पिता परमेश्वरले प्रत्येक युगमा पिता, पुत्र र पवित्र आत्माको रूपमा फरक-फरक नाउँद्वारा कार्य गर्नुभए तापनि उहाँको मूल स्वरूपचाहिँ एकै र उही हो भन्ने अर्थ रहेको छ । पुरानो करारको समयका यहोवा परमेश्वर नै नयाँ करारको समयमा पुत्रको रूपमा आउनुभएका येशूज्यू र बाइबलको अगमवाणीअनुसार यो युगमा दोस्रो आगमनका ख्रीष्ट(पवित्र आत्मा)को रूपमा आउनुभएका आन साङ होङज्यू हुनुहुन्छ ।

स्वर्गको परिवार र पृथ्वीको परिवार

बुबा-आमा र सन्तानचाहिँ परिवारमा प्रयोग हुने सम्बोधन हो । यसकारण परमेश्वरले हामीलाई हाम्रा आत्माका पिता हुनुहुन्छ (मत्ती ६:९), आत्माकी माता हुनुहुन्छ (गला ४:२६), र हामीचाहिँ परमेश्वरका छोरा-छोरीहरू हौं (२ कोर ६:१७-१८) भनेर जानकारी दिनुभएको छ । यस पृथ्वीमा प्रेमको समुदाय रहेको परिवार भएजस्तै, स्वर्गमा पनि आत्मिक प्रेमको समुदाय रहेको आत्मिक परिवार छ । पृथ्वीको परिवारका सदस्यहरूबीच रगतको नाता हुन्छ । त्यसै गरी स्वर्गको परिवार पनि निस्तार-चाडद्वारा दिनुभएको ‘करारको रगत’ले बाँधिएको हुन्छ ।

शरीरमा आउनुहुने परमेश्वर

वास्तवमा ख्रीष्टियान धर्मचाहिँ शरीरमा आउनुभएर मानव-जातिलाई मुक्ति दिनुहुने परमेश्वरलाई विश्वास गर्ने धर्म हो । परमेश्वर सर्वज्ञ, सर्वशक्तिमान् हुनुभएकोले उहाँ जुनसुकै बेला पनि मानिसको स्वरूपमा यो पृथ्वीमा आउन सक्नुहुन्छ । २,००० वर्षअघि बालकको रूपमा जन्मनुभएका येशू ख्रीष्टलाई बाइबलमा “आदिमा वचन हुनुभएका परमेश्वर, देहधारी हुनुभई हाम्रा बीचमा वास गर्नुभयो” भनेर अभिव्यक्त गरिएको छ । बाइबलमा ख्रीष्ट “उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति दोस्रो पल्ट देखा पर्नुहुनेछ” (हिब्रू ९:२८) भनेर अगमवाणी गरिएको छ । आत्मामा सधैँ अस्तित्वमा रहनुहुने ख्रीष्ट ‘दोस्रो पल्ट’ प्रकट हुनुहुने कुराले उहाँ पहिलो आगमनको समयमा जस्तै फेरि शरीर धारण गरेर आउनुहुने कुरालाई जनाउँछ ।

निस्तार-चाड

निस्तार-चाडचाहिँ परमेश्वरले मानव-जातिलाई अनन्त जीवन दिन स्थापना गर्नुभएको जीवनको सत्यता हो । निस्तार-चाडमा ‘विपत्ति पार हुन्छ’ भन्ने अर्थ समावेश छ । बाइबलमा निस्तार-चाडचाहिँ पवित्र पात्रोअनुसार पहिलो महिनाको चौधौँ दिनको साँझमा मनाइन्छ, जुन सौर्य पात्रोअनुसार मार्च अथवा मे महिनामा पर्दछ । २,००० वर्षअघि येशूज्यूले पाप र मृत्युको साङ्लोमा बाँधिएका मानव-जातिलाई मुक्ति दिनको निम्ति निस्तार-चाडमा उहाँको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य दिनुहुँदै “यो मेरो रगतमा स्थापित गरिने नयाँ करार हो” भन्नुभएर पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुभयो । येशूज्यूले देखाइदिनुभएको उदाहरणअनुसार निस्तार-चाड पालन गरेमा हामीहरू परमेश्वरको देह र रगत प्राप्त गरी उहाँका सन्तान हुनेछौं ।

विस्तृत रूपमा हेर्ने

शबाथ-दिन

हिजोआज धेरै मण्डलीहरूले आइतबारको सेवा गरे तापनि बाइबलमा सातौँ दिन शबाथ-दिनलाई परमेश्वरको आराधना गर्ने पवित्र दिनको रूपमा तोकिएको छ । शबाथ-दिनचाहिँ सृष्टिकर्ता परमेश्वरले ६ दिनसम्म आकाश र पृथ्वी सृष्टि गर्नुभएर विश्राम गर्नुभएको दिन हुनुको साथै पवित्र तुल्याउनुभई आशिष् दिनुभएर प्रजाहरूलाई मान्नू भनेर आदेश दिनुभएको दिन हो । ऐतिहासिक तथ्य, पात्रो जस्ता कुराहरूद्वारा निश्चित गरिहेर्दा वर्तमान समयमा शनिबार नै हप्ताको सातौँ दिन हो ।

विस्तृत रूपमा हेर्ने

३ चरणका ७ वटा चाडहरू

परमेश्वरका चाडहरूमा साप्ताहिक चाड शबाथ-दिन लगायत वार्षिक ३ चरणका ७ वटा चाडहरू– निस्तार-चाड, अखमिरी रोटीको चाड, पुनरुत्थानको चाड, पेन्तिकोसको चाड, तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाड पर्दछ । यी सबै येशूज्यूले ३ वर्षसम्म सुसमाचारको कार्य गर्नुहुँदा स्वयम्‌ले सिकाउनुभई मानेर उदाहरण देखाइदिनुभएको नयाँ करारका चाडहरू हुन् । यी प्रत्येक चाडमा अनन्त जीवन, पाप-क्षमा, पुनरुत्थान, पवित्र आत्मा इत्यादि आशिष्‌को प्रतिज्ञा समावेश छ ।

बप्तिस्मा

बप्तिस्माचाहिँ पापको शरीरलाई पानीमा गाडेर नयाँ गरी जन्मने अर्थ बोकेको धर्मविधि हो । बाइबलअनुसार बप्तिस्माचाहिँ परमेश्वरसँगको करारको चिन्ह, मुक्तिको चिन्ह हो । बप्तिस्माचाहिँ विश्वासको जीवनतर्फको पहिलो पाइला हो, अनि बप्तिस्मा लिएर परमेश्वरको साँचो प्रजा भएका मानिसहरूसित स्वर्गको नागरिकता पनि हुन्छ । “जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ” भन्नुभएका येशू ख्रीष्टको शिक्षाअनुसार यो युगमा पिता र पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा लिएमा मात्र त्यो साँचो बप्तिस्मा हुन सक्छ ।

घुम्टो

बाइबलमा अभिलेख भएको परमेश्वरको मण्डलीको नियमअनुसार आराधना वा प्रार्थना गर्दा पुरुषहरूले आफ्नो शिर ढाक्दैनन्, तर स्त्रीहरूले चाहिँ आफ्नो शिर घुम्टोले ढाक्छन् । १ कोरिन्थी अध्याय ११मा हेर्ने हो भने घुम्टोको नियम पालन गर्नु भनेको ख्रीष्टको अनुसरण गर्नु हो भनिएको छ । त्यसमा परमेश्वरको सृष्टिको सिद्धान्त रहेको छ । अनि योचाहिँ मण्डली व्यवस्थित गर्नको निम्ति बनाइएको हो ।

विस्तृत रूपमा हेर्ने

क्रूसचाहिँ मूर्ति

मण्डली भन्नासाथ सबैले क्रूसलाई सम्झने गर्छन्, तर परमेश्वरको मण्डलीमा क्रूस छैन । येशूज्यूले स्थापना गर्नुभएको र प्रेरितहरू जाने गरेका सुरुको मण्डलीमा क्रूस खडा गरिएको थिएन, अनि क्रूसलाई विश्वासको प्रतीकको रूपमा चिनाउने त्यस्तो कुनै सिद्धान्त पनि थिएन । किनभने क्रूस खडा गर्नु अथवा त्यसलाई कुनै अर्थ दिनुचाहिँ “आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू” भन्ने १० आज्ञामध्येको दोस्रो आज्ञाविरुद्धको कार्य हुन्थ्यो । इतिहासमा हेर्ने हो भने क्रूसलाई विभिन्न प्राचीन धर्महरूमा विश्वासको प्रतीकको रूपमा प्रयोग गरिएको भेट्टाउन सकिन्छ । येशूज्यूको पालामा क्रूसचाहिँ मृत्युदण्ड दिने साधनको रूपमा प्रयोग हुन्थ्यो । तर ख्रीष्टियान धर्म सांसारिक हुन थालेपछि क्रूस मण्डलीमा भित्रिन थाल्यो । क्रूस एक मूर्ति भएकोले परमेश्वरको मण्डलीले त्यसलाई पुज्दैन, तर क्रूसमा बलि हुनुभएका ख्रीष्टलाई र उहाँको अनमोल रगतलाई महत्त्व दिन्छ ।

क्रिसमसचाहिँ सूर्य देवताको जन्मदिन

डिसेम्बर २५लाई क्रिसमस अर्थात् येशूज्यूको जन्मदिन भनेर मनाइन्छ । यो समयमा पूर्व र पश्चिम गरेर पूरै विश्व नै उत्सवको रमझममा लिप्त हुन्छ । तर मण्डलीको इतिहासअनुसार डिसेम्बर २५चाहिँ येशूज्यूको जन्मदिन नभएर रोमी सूर्य देवताको जन्मदिन हो । ख्रीष्टियान धर्म सांसारिक हुन थालेपछि यो दिन येशूज्यूको जन्मदिनको रूपमा परिवर्तन भएको हो । येशूज्यूसँग कुनै सम्बन्ध नभएको क्रिसमस परमेश्वरको मण्डलीले मनाउँदैन ।