WATV.org is provided in English. Would you like to change to English?

विश्वास र जीवन

माताको शिक्षा

स्वर्गीय माताका १३ वटा शिक्षाहरू । हामीहरू प्रेमको शिक्षाभित्र स्वर्गीय चरित्र सिक्दछौं ।

माताको पहिलो शिक्षा

“परमेश्वरले सदा प्रेम दिनुभएजस्तै लिने प्रेममा भन्दा दिने प्रेममा अझ बढी आशिष् हुन्छ ।”

परमेश्वरले हामीलाई प्रेम नगर्नुभएको एक क्षण पनि छैन । हामी स्वर्ग-राज्यमा स्वर्गदूत छँदा पनि परमेश्वरले सधैँ हामीलाई प्रेम गर्नुभयो, हामीहरू स्वर्ग-राज्यमा जघन्य पाप गरेर यो पृथ्वीमा धपाइका भए पनि त्यो पाप क्षमा गरिदिनको निम्ति परमेश्वरले हाम्रो सट्टामा क्रूसमा टाँगिनुभएर त्यो…

माताको दोस्रो शिक्षा

“परमेश्वरलाई महिमा दिएमा त्यो महिमा अन्ततः आफूमा नै फर्कन्छ ।”

हामीले प्रायः प्रशस्त फल फलेको रूखलाई हेर्दाखेरि आँखामा देखिने दृश्य फल र हाँगाहरूलाई मात्र हेर्ने गर्छौं, तर अदृश्य जरालाई भने बेवास्ता गर्न पुग्छौं । तर एकदमै रहरलाग्दो फल फल्नेसम्म पानी र अन्य पोषक तत्त्वहरू प्रदान गर्ने जराको भूमिका भने एकदमै…

माताको तेस्रो शिक्षा

“सुन्दर दृष्टिकोणले हेर्ने मनमा घृणा हुँदैन, र त्यसले पूर्ण प्रेम जगाउँछ ।”

यो पृथ्वीमा पापको खोल ओढेर जिइरहेका मानिस कोही पनि पूर्ण छैन । सबैमा गुण र अवगुण हुन्छ । जतिसुकै चरित्रवान्‌जस्तो देखिने मानिस भए पनि कहीँ-कतै कमजोर पक्ष हुन्छ, र जतिसुकै कमजोर चरित्र भएको मानिस भए पनि त्यो व्यक्तिमा कहीँ-कतै राम्रो…

माताको चौथो शिक्षा

“अब्राहामले भतिजा लोतको निम्ति असल चीज त्याग गर्दा अझ उत्तम आशिष् पाएजस्तै हामीले पनि दाजुभाइ-दिदीबहिनीको निम्ति असल चीज त्याग गऱ्यौं भने अझ उत्तम आशिष् पाउनेछौं ।”

अब्राहामले परमेश्वरको बोलावट पाएर आफ्ना भतिजा लोतसँगै कनानको भूमिमा जाँदाखेरिको कुरा हो । जब तिनीहरूको बगाल र परिवारको सङ्ख्या बढ्दैगयो तब त्यो भूमि तिनीहरू दुवैका लागि साँघुरो भयो, अनि तिनीहरूका बगालका गोठालाहरूबीच झगडासमेत हुन थाल्यो । तब बगालका गोठालाहरू आपसमा…

माताको पाँचौँ शिक्षा

“अहङ्कारी मन भनेको आफूले चाहेअनुसार नहुँदा निराश हुने मन हो ।”

आफूलाई गरिएको व्यवहार, पाएको सेवा-सत्कारचाहिँ आफूले सोचेजस्तो नहुँदा मानिस निराश हुने गर्छ । यस्तो किसिमको निराशाचाहिँ अरूले आफूलाई बुझिदेऊन् अथवा सेवा गरून् भन्ने मनबाट आउँछ, जसलाई अहङ्कारी मन भनिन्छ । हामीहरू स्वर्गमा जघन्य पाप गरेर यो पृथ्वीमा धपाइएका पापीहरू हौं…

माताको छैटौँ शिक्षा

“अरूहरूले काम गरेनन् भनेर गुनासो नगरी आफूले गर्नुपर्ने काम ईमानदार भएर गरौं । मालिकको मन लिएर काम गर्दा गाह्रो लाग्दैन र आनन्दित मनले काम गर्न सकिन्छ ।”

अरूहरूले काम नगरिरहेका बेला आफू एकलैले काम गर्नुपर्ने अवस्थाको पक्कै पनि सामना गरिन्छ । त्यस्तो अवस्थामा कहिलेकहीँ हामीहरू ‘उहाँले चाहिँ किन काम गर्नुहुन्न ?’ अथवा ‘किन मैले मात्र काम गर्नुपर्ने ?’ भनेर सोच्न सक्छौं, तर परमेश्वरले जस्तोसुकै अवस्थामा पनि मालिकको…

माताको सातौँ शिक्षा

“गुनासोले भरिएको मनमा अहङ्कार उत्पन्न हुन्छ । सधैँ कृतज्ञ मनले परमेश्वरको सेवा गरेमा गुनासो र अहङ्कार हटेर जान्छ, अनि नम्रताले हृदयमा वास गर्छ ।”

गुनासोचाहिँ सन्तुष्ट हुन नसक्दा उत्पन्न हुने मन हो । सन्तुष्ट हुन नजान्ने मानिसले सधैँ गुनासो गर्छ । परमेश्वरले जतिसुकै अनुकूल अवस्थामा राखिदिनुभए पनि उनीहरू धन्यवाद दिने कुराभन्दा पहिला नकारात्मक कुरा नै देख्छन् । तर माताले “गुनासोले भरिएको मनमा अहङ्कार उत्पन्न…

माताको आठौँ शिक्षा

“दाजुभाइ-दिदीबहिनीको प्रशंसा गरेमा प्रशंसा आफूमा नै फर्कन्छ ।”

भनिन्छ, “मीठो बोली पठाएमा मीठै बोली फर्कन्छ ।” यो भनाइले बोलीको विशेषतालाई दर्शाउँछ । वास्तवमा बोली भनेको प्रतिध्वनिजस्तै हो । हामीले अरूप्रति जस्तो बोली बोल्छौं, उताबाट पनि त्यस्तै बोली पाउँछौं । यदि अरूप्रति प्रशंसाको बोली बोल्छौं भने प्रशंसाकै बोली फर्कन्छ,…

माताको नवौँ शिक्षा

“समुद्रले सम्पूर्ण फोहोर-मैला लिएर शुद्ध गराएजस्तै सम्पूर्ण दाजुभाइ-दिदीबहिनीको गल्तीलाई समेत ढाकछोप गर्न सक्ने समुद्रजस्तै फराकिलो मन नै सच्चा सुन्दर मन हो ।”

स्वर्गीय माताले समुद्रजस्तै फराकिलो मन नै सुन्दर मन हो भन्नुभएको छ । समुद्रजस्तै फराकिलो मन भन्नाले दाजुभाइ, दिदीबहिनीको गल्तीलाई समेत ढाकछोप गरिदिएर उल्टै अरूको मनलाई शुद्ध गराउने मन हो । अनि योचाहिँ सजिलै रिसाउने, क्रोधित हुने मन होइनकि नम्रता र…

माताको दशौँ शिक्षा

“थुमाद्वारा डोऱ्याइन चाहने मानिस थुमाभन्दा अझ सानो थुमा बन्नुपर्छ ।”

स्वर्गीय माताले, थुमाद्वारा डोरिन चाहने मानिस थुमाभन्दा अझ सानो थुमा बन्नुपर्छ भन्नुभएको छ, किनभने यदि हामीहरू थुमाभन्दा अझ सानो थुमा भएनौं भने हामीले कदापि थुमालाई पछ्याउन सक्नेछैनौं । थुमाभन्दा ठूलो बन्न खोजियो भने थुमाको नेतृत्वसँग हाम्रो सोचाइ मिलेको अवस्थामा हामी…

माताको एघारौँ शिक्षा

“ठूलो भाँडा बन्ने प्रक्रियामा बलिदानको आवश्यकता पर्दछ ।”

परमेश्वरले हामीलाई भाँडासँग दृष्टान्त गर्नुभएको छ । सानो टोकरीमा धेरै फलफूल राख्न नसकिएजस्तै, हामीले जतिसुकै धेरै आशिष् पाउन र ठूलो कामदारको रूपमा प्रयोग हुन चाहे तापनि यदि हाम्रो मनको भाँडा सानो छ भने हामीले त्यो आशिष् कदापि प्राप्त गर्न सक्नेछैनौं…

माताको बाह्रौँ शिक्षा

“परमेश्वरसमेत सेवा गर्न यो पृथ्वीमा आउनुभयो । त्यसैले सेवा पाउने अपेक्षा नगरी आपसमा सेवा गर्ने मन नै परमेश्वर खुशी हुनुहुने मन हो ।”

हामीले कसो गर्नुपर्छ भन्ने कुरा परमेश्वर स्वयम्‌ले गर्नुभएर विश्वासको उदाहरण देखाउनुभयो । तीमध्ये एउटाचाहिँ ‘सेवाको उदाहरण’ हो । परमेश्वरचाहिँ सारा ब्रह्माण्डमा सबैभन्दा उच्च र आदरयोग्य हुनुहुन्छ, अनि सम्पूर्ण सृष्टिका थोकहरूबाट सेवा पाउनुपर्ने अस्तित्व हुनुहुन्छ । तर उहाँले उल्टै हाम्रो सेवा…

माताको तेह्रौँ शिक्षा

“हामीले वर्तमान कष्टहरू सहँदै धैर्य गर्नुपर्ने कारणचाहिँ स्वर्ग-राज्य हाम्रो हुने भएकोले हो ।”

विश्वासको जीवन जिउने क्रममा हामीहरू गाह्रो र कष्टकर अवस्थाको सामना गर्छौं । कहिले सत्यताको निम्ति सतावट भोगिन्छ त कहिले शैतानको परीक्षामा पनि परिन्छ । अनि कहिलेकहीँ सियोनमा दाजुभाइ, दिदीबहिनीहरूसँग मनमुटाव हुने अथवा अन्य विभिन्न समस्या पनि आउँछ । सबै सन्तहरू…