WATV.org is provided in English. Would you like to change to English?

विश्वव्यापी पादरी कर्मचारीहरूको महासभा

पवित्र पात्रोअनुसार पहिलो महिनाको पहिलो दिन विश्वभरिका परमेश्वरको मण्डलीका पादरी कर्मचारीहरूको भेला

माताको मनद्वारा विश्वभरिका मानव-जातिलाई बचाऔं

हरेक वर्ष पहिलो महिनाको पहिलो दिन आयोजना हुने महासभामा विश्वभरिका परमेश्वरको मण्डलीका पादरी कर्मचारीहरू एक ठाउँमा भेला हुन्छन् । पवित्र आत्माको युगका मुक्तिदाता हुनुभएका पवित्र आत्मा र दुलही आउनुभएको पूर्वको पल्लो छेउको देश, दक्षिण कोरियामा आयोजित महासभामार्फत सबै पादरी कर्मचारीहरूले विश्व सुसमाचार पूरा गर्नको निम्ति नयाँ भिजन लिएर सुसमाचारको दृष्टिकोण फराकिलो पार्छन् ।

कार्यक्रमहरू

विश्वव्यापी पादरी कर्मचारी फोरम

परमेश्वरको आशिष्‌लाई विश्वास गर्दै, सुन्दर मन र हँसिलो मुहारद्वारा विश्व सुसमाचारको मिसन पूरा गर्न सक्ने गरी पादरी कर्मचारीहरूले प्रत्येक देशको सुसमाचारको सुन्दर कहानीहरू बाँड्दै विकासोन्मुख योजनाहरूबारे छलफल गर्छन् ।

सुसमाचारको परिणाम प्रतिवेदन

पादरी कर्मचारीहरूले विगत एक वर्षको प्रचार, प्रशिक्षण, स्वयंसेवा, इत्यादि सबै सुसमाचारका गतिवधिहरूको परिणाम पेश गरेर मण्डलीको आत्मिक र शारीरिक वृद्धिलाई फर्केर हेर्छन् ।

सुसमाचारको योजना वर्णन भेला

सबै सन्तहरूसँगै एकतामा रहेर मानव-जातिको मुक्तिको कार्य पूरा गर्नको निम्ति र नव वर्षको सुसमाचारको निम्ति लक्ष्य बनाउँछन् ।

सुसमाचारको परिणामको निम्ति पुरस्कार वितरण समारोह

सुसमाचारको क्षेत्र बीजारोपण, मण्डली वृद्धि, कामदार उत्पादन जस्ता थुप्रै क्षेत्रहरूमा पुरस्कार वितरण गर्दै सुसमाचारको परिणामको खुशी बाँड्नुका साथै विश्व सुसमाचार स्वयम् पूरा गर्नुहुने एलोहिम परमेश्वरलाई महिमा चढाउँछन् ।

खुशी परिवारको निम्ति अन्तर्राष्ट्रिय सम्मेलन

विवाहित पुरुषको निम्ति अन्तर्राष्ट्रिय गोष्ठी

विवाहित स्त्रीको निम्ति अन्तर्राष्ट्रिय गोष्ठी

विवाहित पुरुषको निम्ति अन्तर्राष्ट्रिय गोष्ठी

पादरी कर्मचारीको निम्ति थप ज्ञान तथा नेतृत्व प्रशिक्षण

परमेश्वरको सोरलाई पछ्याउने विश्वासद्वारा
जागा भएर अगमवाणी पूरा गर

सुसमाचार समापनको छोटो बाटोचाहिँ अरू केही नभएर परमेश्वरको सोर अर्थात् हाम्रो मुक्तिको निम्ति दिनुभएको बाइबलका प्रत्येक वचनलाई जस्ताको तस्तै कार्यान्वयन गर्नु हो । महासभामार्फत माताले अगमवक्ताहरूलाई परमेश्वरको वचन र परमेश्वरको तरिकाद्वारा भेडाको बगाललाई डोऱ्याउने साँचो अगमवक्ता हुन सिकाउनुहुन्छ ।

पादरी कर्मचारीहरूले वचन अध्ययन, अगमवक्ताको चरित्र, विश्वास, अन्तर्दर्शन, भक्तिपूर्ण व्यवहार इत्यादि शिक्षामार्फत हृदयमा पवित्र आत्माको प्रेरणा भर्नुका साथै मानव-जातिको मुक्तिको निम्ति सेवाको बाटो हिँड्नुभएका पवित्र आत्मा र दुलहीलाई पछ्याउँदै जागा मनस्थितिद्वारा अगमवक्ताको मिसन पूरा गर्न सक्ने आत्मिक बल प्राप्त गर्दछन् ।