विश्वास र जीवन

पारिवारिक प्रेमको लेख

शान्त रूपमा भए पनि गहिरो प्रेम महसुस गर्न सकिने पारिवारिक प्रेमका कहानीहरू

सानो हेरचाहद्वारा बनेको खुशी परिवार

निर्माणस्थलमा काम गर्नुहुने मेरा पति, प्रयोगशालामा अध्ययन गर्ने मेरी छोरी र म गरेर हामी ३ जनाको परिवार छ । मेरा पति र मेरी छोरी एकदमै व्यस्त हुने भएकोले हामीलाई एकै ठाउँमा भेला हुन गाह्रो छ । तर खुशी परिवार पुस्तकमा भएको ‘यो महिनाको मिसन’लाई लगनशीलतापूर्वक कार्यान्वयन गरेकोले मेरो परिवारमा थोरै…

गिम उन सुक / सउल, कोरिया

सुभोशित औँलाको टुप्पा

एक दिन अचानक मलाई मेरो बाल्यकाल याद आयो । त्यो समयमा म करीब १० वर्षकी थिएँ । म विद्यालय जाने बाटोमा एउटा कस्मेटिक पसल थियो र पसल बाहिर नङ पालिशहरू राखिएको एउटा टोकरी थियो । एक दिन म र मभन्दा २ वर्ष कान्छी, मेरी बहिनी विद्यालयबाट घर फर्किरहँदा त्यो पसल…

गिम दो यङ / ब्यूनस आयर्स, अर्जेन्टिना

कठिनाइलाई जित्ने मेलमिलाप

पूरै विश्वलाई नै हल्लाएको ‘कोभिड-१९’को महामारीले हाम्रो दैनिक जीवनमा पनि धेरै परिवर्तन ल्यायो । प्रत्येक दिन टिभी समाचार, पत्र-पत्रिका, प्रकोप चेतावनी सन्देशहरू इत्यादिमार्फत हामीले व्यक्तिगत सरसफाइबारे मात्र नभएर ‘सामाजिक दूरी’ कायम गर्नेबारे पनि सिकेकाले घरमा बस्ने समय स्वाभाविक रूपमा लम्बिरहेको छ । यसरी म केही दिनसम्म घरमा मात्र कहिल्यै नबसेकीले…

ग्वन मि सुग / सउल, कोरिया

हामी सबैभन्दा मायालु देखिँदा

मेरो बाल्यकालको स्वरूप स्पष्ट झल्काउने त्यस्तो एउटा कुरा छ । त्यो हो क्यामकर्डरद्वारा रेकर्ड गरिएको एउटा भिडियो टेप, जुनचाहिँ मेरा बुबाले बीस वर्षअघि किन्नुभएको थियो । स्मार्ट फोन प्रचलनमा आएदेखि घरको कुनै कुनामा थन्किएको क्यामकर्डरले ज्योति देख्न पाएको थिएन । त्यसलाई लामो समयसम्म नचलाएकोले टेप पहिचान उपकरणले काम गरेन ।…

इ जङ यन / बुछन, कोरिया

म सधैँ तिम्रो साथमा हुनेछु

म उच्च माध्यमिक विद्यालयको तेस्रो वर्षमा अध्ययनरत छँदाको कुरा हो । मलाई पाकेट खर्च आवश्यक पर्दाखेरि बुबा-आमासँग नमागीकन मैले आफ्ना सामानहरू अनलाइनमार्फत बिक्री गर्ने गर्थें । प्रयोग भइसकेका सामानहरू बिक्री गर्दाखेरि हुने फाइदाहरू धेरै छन् । त्यसबाट मैले खर्च पाउन सक्ने मात्र होइन, आफूलाई नचाहिका सामानहरूलाई व्यवस्थित गर्दै आर्थिक व्यवस्थापनको…

गाङ मिन स / सङनाम, कोरिया

छोरीलाई विदेश पठाउँदा

केही समयअघिको कुरा हो । कक्षा ६मा अध्ययनरत मेरी छोरी शिक्षण कार्यालयद्वारा प्रायोजित एक ऐतिहासिक भ्रमणका लागि विदेश गइन् । उनलाई जीवनमा पहिलो पटक उडान भर्ने अवसर प्राप्त भयो । प्रस्थानको दिनमा मेरा पतिले छोरीलाई बिहान सबेरै विमानस्थल पुऱ्याइदिनुभयो । तर प्रस्थानको समय हुनै लाग्दा कार्यवाहक शिक्षकबाट मलाई फोन आयो…

मा उन ही / यशु, कोरिया

हजुरआमाको हृदयलाई बुझिदिने भतिजी

एकदमै सुन्दर मन भएकी मेरी एक जना भतिजी छिन् । उनले आफ्नी हजुरआमाको साँच्चै राम्रो हेरचाह गर्छिन् । उनले हजुरआमालाई मन पर्ने खाजा, सखरखण्ड, आलु र सुन्तलाहरू समय-समयमा पठाउने गर्छिन्, अनि केही स्वादिष्ट खानेकुरा खानुहोस् भन्दै वर्षमा तीन पटक केही खर्च पठाउने गर्छिन् । यस्तो मन भएकी भतिजीको निम्ति गत…

इ सुन ओग / छाङवन, कोरिया

खुशी ल्याउने ‘हँसिलो मुहार’

एक दिन मलाई रिँगटा लाग्यो । पूरै शरीर कमजोर भएर उल्टी आउलाझैँ भयो । म स्वस्थ्य रूपले राम्ररी हुर्किंदैआएकी थिएँ । पहिला त्यसरी शारीर कमजोर हुने वा खाना नरुच्ने भएको थिएन । अचानक त्यस्ता लक्षणहरू देखा पर्दा मलाई चिन्ता लाग्यो । यसो सोचविचार गरेर म अस्पताल गएँ । त्यो त…

स ही जङ / देजन, कोरिया

गिमबाब बनाउँदै

मलाई सानो छँदा गिमबाब खान मन पर्थ्यो । पिकनिक वा खेलकुदको दिनमा आमाले सधैँ मेरो लागि गिमबाब बनाइदिने गर्नुहुन्थ्यो । त्यसैले विशेष दिनमा गिमबाब खानुपर्छ भन्ने कुरा मेरो लागि सामान्यजस्तै बनेको थियो । समय बित्दैगयो, अनि म पनि आमा भएँ । आमाले जस्तै गरी मलाई पनि आफ्नो बच्चाको पिकनिकको लागि…

गिम यु रा / सुवन, कोरिया

सकारात्मक बोलीको बीउ

खुशी परिवार आराधनापछि हामीले पारिवारिक प्रेम र सञ्चारभित्रको ‘खुशी डिजाइन गर्ने सकारात्मक बोली’ भन्ने शीर्षकको एउटा लेख पढ्यौं । बोलीको शक्तिबारे बोध गराउने त्यो लेख प्रेरणादायक थियो । सन् २०१६को रियो दे जेनेइरो ओलम्पिकमा “म गर्न सक्छु, म गर्न सक्छु” भन्दै एक जना कोरियाली तरवारबाजले आफ्नो विपक्षीलाई तरवारबाजीमा पराजित गरेका…

रोक्सान के. मिलर / न्यू विन्डसर, न्यूयोर्क, संयुक्त राज्य अमेरिका

खरबूजा प्रेमी बहिनी

‘खरबूजा सौखिन’ र ‘खरबूजा प्रेमी’ यीचाहिँ मैले मेरी बहिनीलाई दिएका उपनामहरू हुन् । उनलाई खरबूजा एकदमै मन पर्छ, तर मलाई चाहिँ त्यो खाँदाखेरि बीच-बीचमा बीउहरू आइरहने भएकोले अलि झन्झटिलो लाग्छ । बहिनी कामबाट घर आएपछि आमाले काटेर फ्रिजमा राखिदिनुभएको खरबूजा लिएर आफ्नो कोठामा जान्छिन् । अनि उत्साहित हुँदै सबै खरबूजा…

होङ जङ उन / सउल, कोरिया

भाइले बनाएको अण्डाको परिकार

मेरो भाइ सानो छँदा उसलाई अण्डाका परिकारहरू बनाउन सिक्ने इच्छा थियो । त्यसैले आमाले हामीलाई भेला गर्नुभएर “भाइले पकाएको परिकार नमीठो भयो भने पनि खाइदिनू ल” भन्नुहुन्थ्यो । पहिलो पल्टमा अण्डा अलि पाकेको थिएन । कसैले पनि त्यो खान नचाहिरहेका बेला उसले आएर सोध्यो, “कस्तो छ, ठीकै छ कि ?”…

बिआङ्का पापापिएट्रो / जर्जिया, एटलान्टा, संयुक्त राज्य अमेरिका

आमा र स्ट्रबेरी

म सानो छँदा हाम्रो परिवार एकदम गरीब थियो । एउटा कोठामा परिवारका ६ जना सदस्यहरू पल्टिँदा त यताउता हलचल गर्ने ठाउँ पनि हुँदैनथ्यो । बुबा-आमाले ४ जना सन्तानहरूलाई हुर्काउन अरूको खेत ठेक्कामा लिएर खेतीपाती गर्नुहुन्थ्यो । एक दिन म साह्रै बिरामी परेकीले विद्यालयबाट छुट्टी लिन चाहन्छु भनेर आमालाई भनें ।…

बाग उन जा / गुमी, कोरिया

चक्लेट मिल्क

मेरा पतिले कामबाट घर फर्कंदा बनाना मिल्क किनेर ल्याउनुभयो । पहिले उहाँले त्यसो कहिल्यै गर्नुभएको थिएन । परिवारसँग मनोहर समय बिताउन चाहेर मैले सबै जना सँगै खाना खान बाहिर जाऔं भन्दाखेरि पनि उहाँले सीधै “तिमीहरू ३ जना जाओ” भन्नुहुन्थ्यो । त्यसैले म कहिलेकहीँ निराश हुन्थें । तर हिजोआज उहाँले प्रायः…

होङ सन ओग / सउल, कोरिया

बुबाले सबैभन्दा चिन्ता गर्नुहुने सन्तान

मचाहिँ ४ छोरीहरूमध्येकी साहिँली हुँ । कोरियामा ‘साहिँलीलाई लैजान त अनुहार हेर्नै पर्दैन’ भन्ने एउटा पुरानो ठट्यौली छ । यद्यपि मचाहिँ बुबाले सबैभन्दा चिन्ता गर्नुहुने सन्तान थिएँ । सानो छँदा मलाई पोलियोको कारण उच्च ज्वरो आएको थियो । जसोतसो म मृत्युको मुखबाट उम्कें, तर मेरो कम्मरदेखि मुनिको भाग पक्षाघात हुने…

हा जङ ओ / जिन्जु, कोरिया

साँच्चै राम्रो गऱ्यौ !

एक जना आमा स्ट्रोलरमा सानो बालकलाई राखेर गुडाउँदै लिफ्टभित्र आउनुभयो । स्ट्रोलरमा रहेको बालकको कपाल एकदमै चम्किलो र आकर्षक थियो । त्यो बालकको नाडीमा मैले केही कुराको छाप देखें । त्योचाहिँ ‘Well Done, राम्रो गऱ्यौ’ भनेर लेखिएको छापजस्तै लाग्यो । “हेलो ! सानो बाबुको हातमा यो के हो नि ?”…

छोइ सग हुइ / सङनाम, कोरिया

प्रेमको शक्तिद्वारा सन्तानलाई जित्नुहुने आमा

मैले भाँडा माझिरहेको बेला मोबाइलमा घण्टी बज्यो । ‘आमा’ हेरेर मात्र पनि मैले यसो अनुमान लगाएँ । आमाले घरमा बनेका केही परिकारहरू लिन बोलाउन फोन गर्नुभएको हो जस्तो लाग्यो । ‘मैले पहिला फोन गर्नुपर्ने’ भनेर म क्षमाप्रार्थी भएँ । मेरा चार दिदीहरू र एक जना भाइ छन् । मेरो उमेर…

इ सु जा / गुमी, कोरिया

हराएको जुत्ता फिर्ता

मेरी हजुरआमा सधैँ मलाई थप केही दिन चाहनुहुन्छ । म प्राथमिक तहमा छँदा मैले परिश्रमसाथ पढाइ गरोस् भनेर उहाँले मलाई टेबिल किनिदिनुभयो, अनि माध्यमिक र उच्च माध्यमिक तहको लागि मलाई पोशाक किनिदिनुभयो । म कलेज विद्यार्थी भएर एकलै बस्दाखेरि उहाँले विभिन्न परिकारहरू बनाएर पठाइदिनुहुन्थ्यो । उहाँले मलाई केही कुरा चाहिएको…

ओ जिन ह्वी / आन्याङ, कोरिया

सन्तानोचित कर्तव्य भनेको …

हालसालै मेरो दाहिने नाडीमा चोट लाग्यो । बिस्तारै आफै निको हुन्छ होला भनेर मैले त्यसलाई खासै ध्यान दिइनँ । तर दिन बित्दैजाँदा दुखाइ झन्-झन् बढ्दैगयो । तैपनि मैले नाडीमा पट्टी बाँधेर रुमाललाई तातो पानीमा भिजाएर सेक्दै दुखाइ कम गराउन कोसिस गरें । सायद मेरो त्यो दयनीय स्वरूप देखेर होला, माध्यमिक…

जाङ सुन ह्याङ / सउल, कोरिया

मेरो पहिलो तलब

मोबाइल भाइब्रेट हुँदा मैले त्यसमा आएको सन्देश हेरें । मेरो तलब बैंकमा जम्मा गरिएको रहेछ । मेरो जीवनको पहिलो तलब भएकोले म एकदमै खुशी थिएँ । ‘यो साँच्चै मेरै हो त ? यसलाई कसरी प्रयोग गर्ने होला ?’ उत्साहित हुँदै बैंकतिर लम्कने क्रममा मेरो मनमा थुप्रै कुराहरू खेल्न थाले ।…

गिम सन उ / सङनाम, कोरिया