उत्तर अमेरिका

सपना र स्वतन्त्रताको भूमिमा सुसमाचार फैलिरहेको छ, अनि धेरै मानिसहरू साँचो स्वतन्त्रतामा आइरहेका छन् ।

North America

विश्व सुसमाचारको पहिलो पाइला चालिएको ठाउँ

सन् १९९७मा संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा पहिलो पटक सुसमाचार प्रचार भयो । त्यस बेलादेखि परमेश्वरको मण्डलीले अमेरिकाका ५० वटा राज्यहरूमा शाखा मण्डलीहरू स्थापना गरेको छ । अनि अमेरिकासँग जोडिएको क्यानाडामा पनि पूर्वी र पश्चिमी क्षेत्रको प्रतिनिधित्व गर्ने वेन्कुवर, एडमन्टन र टोरोन्टो मण्डलीलाई केन्द्र बनाएर क्यानाडाका सबै क्षेत्रहरूमा सुसमाचारको कार्य सक्रियतापूर्वक अगि बढिरहेको छ ।

कोरियाबाट आरम्भ भएको परमेश्वरको मण्डलीमा उत्तर अमेरिकाका स्थानीय मानिसहरू ओइरिएर आइरहेको स्वरूप आश्चर्यजनक छ । “आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू” भन्नुभएका परमेश्वरको इच्छालाई शिरोपर गर्दै नयाँ करार सत्यताको केन्द्रबिन्दु रहेको प्रेमलाई कार्यान्वयन गर्ने सन्तहरूको प्रयत्नले बहुजातीय र बहुसांस्कृतिक भूमिमा समेत विश्वासको मूल्यलाई पुनर्स्थापन गरेको छ ।

सपना र स्वतन्त्रताको भूमि उत्तर अमेरिका । स्वतन्त्रता र खुशीको खोजी गरिरहेका मानिसहरूलाई साँचो स्वतन्त्रता दिनुहुने ‘स्वतन्त्र’ हुनुभएकी माता परमेश्वरलाई सबैले भेट्न सक्ने गरी हामीहरू उत्तर अमेरिकाका सबै क्षेत्रहरूमा लगनशीलताका साथ साँचो सत्यता र प्रेम सुनाउने कार्यलाई निरन्तरता दिनेछौं ।