सुसमाचार सक्रियता सम्मेलन

महादेश, देश, सहरअनुसारका मण्डलीहरूले नियमित भेला राखेर आपसमा
एकताबद्ध हुँदै नयाँ करार जीवनको सत्यता प्रचार गर्नको निम्ति असल उदाहरणहरू बाँड्नुका साथै अन्तर्दृष्टि प्राप्त गर्छन् ।

विश्व सुसमाचारको निम्ति महादेश र देशबीचको एकता

क्षेत्रअनुसार सुसमाचार सक्रियता सम्मेलन,
ख्रीष्टको अङ्गको रूपमा प्रेमद्वारा एकताबद्ध

परमेश्वरले आदेश गर्नुभएको पवित्र मिसन, ७ अरब मानव-जातिलाई बचाउने कार्यचाहिँ परमेश्वरको आशिष् र सहयोगविना कदापि पूरा हुन सक्दैन । परमेश्वरको आशिष् अझ प्रचुर मात्रामा प्राप्त गर्न सकिने तरिका भनेको नै प्रेमद्वारा एकता र मिलापमा रहनु हो । मण्डलीमा सन्तहरू र पादरी कर्मचारीबीचको एकता लगायत उही क्षेत्रका मण्डलीहरूको एकताको निम्ति हामीहरू नियमित भेला, प्रशिक्षण र प्रत्येक उमेर समूहको भेलालाई अगि बढाउँछौं ।

देश र महादेशअनुसार सुसमाचार सक्रियता सम्मेलन, राष्ट्रिय सिमाना कटेर आदानप्रदान तथा प्रोत्साहन

एलोहिम परमेश्वरको आशिष् पाएका स्वर्गीय परिवारको रूपमा हामीहरू छिमेकी देशका मण्डलीहरूसँग सुसमाचार सक्रियता सम्मेलन आयोजना गरी विश्व सुसमाचारको निम्ति आपसमा जोश बाँड्नुका साथै नयाँ तरिकाहरूको खोजी गर्दछौं । हामीहरू समुद्रपारि सुसमाचार बीजारोपण नभएको अर्को महादेशमा पनि मिसन टोलीहरू पठाउँदछौं । स्वयंसेवा र समर्थनको निम्ति हामीहरू एकसाथ सुसमाचारको लक्ष्य बनाएर छलफल गर्दै एक-अर्काको निम्ति प्रार्थना र प्रोत्साहन गरिदिन्छौं ।

एकता र मिलापको ठाउँ

हामीहरू स्वर्गीय परिवारलाई एकत्रित बनाउने कार्यक्रमहरू गर्दछौं । एक-अर्कालाई प्रोत्साहन दिँदै, सेवा गर्दै र आपसमा विचारशील हुँदै मिलापमा रहन्छौं ।

सुसमाचारको परिणाम र योजना

हामीहरू अघिल्लो वर्षको परिणामलाई समीक्षा गर्दै आउने वर्षको योजना बनाउँछौं ।

सत्यता प्रशिक्षण

मुक्तिको निम्ति परमेश्वरको वचनको गहन प्रशिक्षण दिँदै सत्यताप्रतिको विश्वस्ततालाई बलियो बनाउनुका साथै सुसमाचारको भिजनबारे हामीहरू सल्लाह गर्दछौं ।

बाइबल प्रस्तुति प्रतियोगिता

नयाँ करारको सत्यता स्पष्ट र सजिलोसँग प्रचार गर्नको निम्ति हामीहरू बाइबलको वचन अभ्यास गर्दछौं ।

चरित्र र नेतृत्व शिक्षा

हामीहरू परमेश्वरको वचनमा आधारित रहेर एक विश्वासीको रूपमा लिनुपर्ने सही चरित्र सिक्दछौं, अनि स्वयंसेवा गतिविधिमार्फत हाम्रा छिमेकीहरूको सेवा गर्दछौं ।

नयाँ भजन उत्सव

आत्मालाई पुनर्जीवित गराउने नयाँ भजनद्वारा हामीहरू एकतामा रहेर जोशका साथ परमश्वरको स्तुति गर्दछौं ।