मुख्य अवार्डहरू

मानव-जातिप्रतिको परमेश्वरको प्रेमले सारा संसार प्रभावित भइरहेको छ । व्यक्तिवाद र स्वार्थीपना हाबी भएको
संसारमा निःस्वार्थ सेवाद्वारा छिमेकी तथा समाजलाई सहयोग पुऱ्याउँदैआएको परमेश्वरको मण्डलीले विभिन्न देशका
सरकारी निकाय र संघ-संस्थाहरूबाट पदक, कदर-पत्र, प्रशंसा-पत्र गरेर ३,३००भन्दा बढी पुरस्कारहरू प्राप्त गरेको छ ।

The President’s Volunteer Service Award

अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड

संयुक्त राज्य अमेरिकाको सबैभन्दा प्रतिष्ठित स्वयंसेवा अवार्ड

व्यक्ति विशेषलाई दिइने प्रतिष्ठित आजीवन अवार्ड तथा सङ्गठनलाई दिइने स्वर्ण अवार्ड (५० पटक)

योचाहिँ संयुक्त राज्य अमेरिकामा छिमेक र समाजको सेवा गरेका व्यक्ति विशेष वा सङ्गठनलाई दिइने सर्वोत्कृष्ट अवार्ड हो । सेवा पुऱ्याएको समयअनुसार पुरस्कारलाई काँस्य स्तर, रजत स्तर र स्वर्ण स्तरमा वर्गीकरण गरिएको छ । विशेष गरी आफ्नो जीवनकालमा ४,००० घण्टाभन्दा बढी समयसम्म समर्पणयुक्त सेवा गरेको व्यक्ति विशेषलाई काँस्य, रजत, स्वर्ण स्तरको पुरस्कार लगायत प्रतिष्ठित आजीवन अवार्ड प्रदान गरिन्छ ।

परमेश्वरको मण्डलीले वातावरण सरसफाइ, रक्तदान अभियान, छिमेकीलाई सहयोग, विपत्ति राहत, ज्येष्ठ नागरिकहरूको हितको निम्ति विभिन्न स्वयंसेवा गतिविधिहरूद्वारा राष्ट्र र समाजको विकासमा योगदान पुऱ्याएकोले व्यक्ति विशेषलाई दिइने प्रतिष्ठित आजीवन अवार्ड तथा सङ्गठनलाई दिइने स्वर्ण अवार्ड(५० पटक)द्वारा मण्डलीलाई सम्मान गरिएको छ ।

  • स्वर्ण अवार्ड (सन् २०२२)
  • स्वर्ण अवार्ड (सन् २०२१, २ पटक)
  • स्वर्ण अवार्ड (सन् २०२०, २ पटक)
  • स्वर्ण अवार्ड (सन् २०१९, ३१ पटक)
  • स्वर्ण अवार्ड (सन् २०१८, ६ पटक)
  • स्वर्ण अवार्ड (सन् २०११-२०१७, ८ पटक)
  • रजत अवार्ड (सन् २०१८)
  • काँस्य अवार्ड (सन् २०१७-२०१९, ६ पटक)
  • आजीवन अवार्ड (सन् २०११)

संयुक्त राज्य अमेरिकाका स्थानीय सरकारबाट घोषणा-पत्र तथा सङ्कल्प-पत्र २० पटकभन्दा बढी वाचन

संयुक्त राज्य अमेरिकाका विभिन्न क्षेत्रहरूमा परमेश्वरको मण्डलीलाई विशेष आदर तथा सम्मान गर्ने घोषणा-पत्र तथा सङ्कल्प-पत्र वाचन गरियो ।

संयुक्त राज्य अमेरिकाको एटलान्टा नगर परिषद्को घोषणा-पत्र

“... परमेश्वरको मण्डलीले माता परमेश्वरको प्रेमद्वारा थुप्रै स्वयंसेवा गतिविधिहरू गरिरहेको छ । त्यसैले हामी, एटलान्टा नगर परिषद्‌का सदस्य तथा एटलान्टा नगरबासीहरूको तर्फबाट परमेश्वरको मण्डली विश्व सुसमाचार समाजलाई मान्यता दिँदछौं । हामी यो कुराको साक्षीको रूपमा एटलान्टा सहरको छाप लगाउँछौं ।”

- राष्ट्रपति सिचर सि. मिचेल तथा सिटी परिषद्‌का सबै सदस्यहरू

सन् २०१२ जून, एटलान्टा सहरको घोषणा-पत्र सम्मान समारोहमा नगर प्रमुख र सहरका सभासद्‌हरूसँगै परमेश्वरको मण्डलीका सन्तहरू

परमेश्वरको मण्डलीको सम्झनात्मक दिवस घोषणा

अमेरिकाको डेन्भर, ओर्लेन्डो, सान डिएगो लगायतका सहरहरूले परमेश्वरको मण्डलीको सम्झनात्मक दिवस घोषणा गर्नुको साथै देशका नागरिकहरूलाई मण्डलीको स्वयंसेवामा सहभागी हुन प्रोत्साहन दिएको थियो ।

सान डिएगो, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका, सन् २०१७ जनवरी १५
‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज दिवस’ घोषणा
स्यार्लट, नर्थ क्यारोलिना, संयुक्त राज्य अमेरिका, सन् २०१६ जुलाई १७
‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वव्यापी रक्तदान अभियान दिवस’ घोषणा
मारिएट्टा, जर्जिया, संयुक्त राज्य अमेरिका, सन् २०१४ अप्रिल ८
‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज दिवस’ घोषणा
मियामी डेड काउन्टी, फ्लोरिडा, संयुक्त राज्य अमेरिका, सन् २०१४ जनवरी १९
‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज दिवस’ घोषणा
ओर्लेन्डो, फ्लोरिडा, संयुक्त राज्य अमेरिका, सन् २०१३ नोभेम्बर १८
‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज दिवस’ घोषणा
डेन्भर, कोलोराडो, सन् २०१३ जनवरी ७
‘स्वर्गीय यरूशलेम दिवस घोषणा

संयुक्त अधिराज्य ग्रेटर म्यानचेस्टरका १० नगरपालिकाहरूबाट अवार्ड

म्यानचेस्टर, साल्फोर्ड, बोल्टन, बेरी, रोचडेल, स्टकपोर्ट, टेमसाइड, ट्रफर्ड, विगन, ओल्डम गरी ग्रेटर म्यानचेस्टरका सबै नगरपालिकाहरूबाट परमेश्वरको मण्डलीलाई नगर प्रमुखको पुरस्कार, मन्त्रीको पुरस्कार, सभागृह वातावरण पुरस्कार, उपलब्धि पुरस्कार तथा प्रमाण-पत्रहरूद्वारा सम्मान गरियो ।

The President’s Volunteer Service Award

तीन कोरियाली सरकारबाट राष्ट्रपतीय अवार्डले सम्मानित

राष्ट्रपतीय सङ्गठन पुरस्कार, सरकारी पदक, राष्ट्रपतीय प्रमाण-पत्र

मण्डलीले आँधी, बाढी र तेल चुहावटले गर्दा क्षतिग्रस्त ठाउँहरूमा मर्मत-सम्भार कार्य, सेवल-हो पानीजहाज दुर्घटना हुँदा निःशुल्क भोजन वितरण सेवा, वातावरण सरसफाइ, विपत्ति राहत कार्य, समर्थन जस्ता विभिन्न सेवाद्वारा दक्षिण कोरियाको राष्ट्रिय विकास र मेलमिलापमा योगदान पुऱ्याएको कदरस्वरूप सङ्गठनको सर्वोत्कृष्ट सम्मान रहेको राष्ट्रपतीय सङ्गठन पुरस्कार लगायत सरकारी पदक तथा राष्ट्रपतीय प्रमाण-पत्रद्वारा मण्डलीलाई सम्मान गरिएको हो ।

  • सन् २०१५ राष्ट्रपतीय सङ्गठन पुरस्कार
  • सन् २००४ कोरियाली सरकारबाट पदक
  • सन् २००३ राष्ट्रपतीय प्रमाण-पत्र
कोरियाली राष्ट्रपतीय सङ्गठन पुरस्कार

सङ्गठनले प्राप्त गर्ने सबैभन्दा प्रतिष्ठित पुरस्कार

योचाहिँ कुनै निश्चित क्षेत्रमा ५ वर्षभन्दा बढी समयसम्म लगातार सेवाको कार्य गर्ने समूह वा सङ्गठनलाई दिइने पुरस्कार हो । उक्त पुरस्कार धार्मिक सङ्गठनले प्राप्त गर्नु भनेको एक उल्लेखनीय कुरा हो । यो पुरस्कारचाहिँ मण्डलीले आँधी, बाढी, तेल चुहावटले क्षतिग्रस्त क्षेत्रमा मर्मत-सम्भार सेवा, सेवल-हो पानीजहाज दुर्घटना हुँदा नि:शुल्क भोजन वितरण सेवा, समुद्री किनार सरसफाइजस्ता स्वयंसेवा कार्यहरूद्वारा समुद्री वातावरण संरक्षण तथा सुरक्षा लगायत दुर्घटना रोकथाममा योगदान पुऱ्याएको कदरस्वरूप मण्डलीलाई प्रदान गरिएको हो ।

सन् २०१५ जून ८, सेजोङ सरकारी भवनमा महासचिव पास्टर गिम जु छललाई राष्ट्रपतीय सङ्गठन पुरस्कारको झण्डासहित प्रमाण-पत्र प्रदान गरियो ।