म परमेश्वरको मण्डलीलाई समर्थन गर्दछु

विश्वव्यापी गाउँको उज्ज्वल भविष्यको निम्ति परमेश्वरको मण्डलीले गरेका
गतिविधिहरूलाई संसारका विभिन्न क्षेत्रहरूमा आबद्ध व्यक्तिहरूले समर्थन जनाइरहेका छन् ।

यहाँहरूको उपस्थिति र यहाँहरूको सन्देश, अनि संसारलाई अझ उत्तम ठाउँ बनाउनको निम्ति सहकार्य गरिरहेको मण्डलीका सम्पूर्ण सदस्यहरूको असल सङ्कल्पले म ज्यादै प्रभावित भएकी छु ।

मोनिका बेलालकजर​
यूएन कार्यालयकी बाह्य आम मामिला प्रमुख

संसारका सबै युवाहरू परमेश्वरको मण्डलीका स्वयंसेवकहरूजस्तै हुने हो भने यो संसारमा कुनै समस्या नै हुँदैन । धन्यवाद ।

डन रिप
अमेरिकी लिटोरल समाजका निर्देशक

यहाँहरूले गर्नुभएको समर्थनप्रति हामी एकदम कृतज्ञ छौं । हामी कोरियालाई बिर्सनेछैनौं, हामी परमेश्वरको मण्डलीलाई बिर्सनेछैनौं, र ओरा समर्थकहरूलाई बिर्सनेछैनौं । हामी यहाँहरूप्रति धेरै आभारी छौं । धेरै-धेरै धन्यवाद !

हसन अल बिकाक
टर्की यूनिभर्सियाडका अधिकृत

यहाँ भएका सबै टोलीहरूले समर्थन पाएको कुराप्रति म दिनदिनै प्रभावित भइरहेको थिएँ । मैले यहाँ देखिरहेको कुरा वास्तवमै अद्भुत छ ।

माइकल स्मीड
WBSC[World Baseball Softball Confederation]का कार्यकारी निर्देशक

परमेश्वरको मण्डलीको यस्तो विशेष समर्थन कार्य ज्यादै उल्लेखनीय छ, योचाहिँ विश्वको समर्थन इतिहासमा एउटा नयाँ अध्याय थपेर संस्कृतिलाई नै परिवर्तन गराउने कार्य हो ।

बाग साङ हा
देगु यूनिभर्सियाडका कार्यकारी अध्यक्ष

ओलम्पिक खेलजस्तै लाग्यो । मैले यस्तो समर्थनको जोश र दर्शकको उत्साह अहिलेसम्म कोरियाबाहेक अन्त कतै देखेको थिइनँ ।

जिम इस्टोन
अन्तर्राष्ट्रिय ओलम्पिक समितिका उपाध्यक्ष

परमेश्वरको मण्डलीका सदस्यहरूले खेलकुद सुरु भएको दिनदेखि अहिलेसम्म सारा जोश र समर्पणका साथ सबैलाई समर्थन गरिरहनुभएको छ । मैले संसारको कुनै खेलमा पनि यस्तो समर्थन देखेको थिइनँ । साँच्चै आश्चर्यजनक छ ! मलाई उहाँहरूप्रति गर्व छ !

ओ ग्यु सग
गिजाङका गभर्नर, बुसान

अहिले मेरो पछाडि कोरियाली समर्थकहरू हुनुहुन्छ । यसरी समर्थन गरिदिनुभएकोमा एकदमै खुशी छु । यो विरलै देख्न पाइने दृश्य हो । प्राय: वाटर पोलो खेलमा समर्थकहरू खासै हुँदैनन् । यसरी यहाँहरूले प्रत्येक देशलाई गरिरहनुभएको समर्थन साँच्चै राम्रो छ । धेरै-धेरै धन्यवाद ।

मेरि क्लोड डेज्लीएरेस
क्यानाडाबाट वाटर पोलो खेलकी रेफरी (ग्वाङजु यूनिभर्सियाड खेलकुदमा)

परमेश्वरको मण्डलीका समर्थकहरूले कोरियालीहरूको गरिमा अझ उच्च बनाउनुको साथै ग्वाङजु समर यूनिभर्सियाडलाई चम्किलो बनाइदिनुभएको छ ।

गिम दोङ छल
कोरियाका सभासद्