गुणस्तरीय शिक्षा

सबै बालबालिका तथा युवाहरूले गुणस्तरीय शिक्षा प्राप्त गरून् भनेर हामी समर्थन गर्दछौं ।

भविष्यका कर्णधार हाम्रा बालबालिका तथा युवाहरूले अझ राम्रो शैक्षिक वातावरणमा चाहेजति पढाइ गर्न सकून् भनेर हामी विभिन्न तरिकाले विद्यालयको पढाइलाई समर्थन गर्दछौं । यसको निम्ति हामीहरू प्रकोपले क्षतिग्रस्त विद्यालय भवनको पुनर्निर्माण, विद्यालयका सुविधा तथा वातावरणमा सुधार ल्याउनुको साथै शैक्षिक उपकरणहरू सहयोग गर्दछौं ।

शैक्षिक सुविधा समर्थन
चरित्र शिक्षा
शैक्षिक वातावरणमा सुधार
शिक्षा
जनचेतना जागरण
आर्थिक सहयोग
शैक्षिक सामग्री सहयोग
शैक्षिक सुविधा समर्थन
  • प्रकोपले क्षतिग्रस्त विद्यालय पुनर्निर्माण
  • शैक्षिक उपकरण सहयोग
  • विद्यालय सुविधामा सुधार
  • मनोरञ्जन उपकरण स्थापना
  • शौचालय मर्मत
  • पानी ट्याङ्क स्थापना
शैक्षिक वातावरणमा सुधार
  • विद्यालयको वातावरण सौन्दर्यीकरण
  • विद्यालय सरसफाइ
  • विद्यालयको वरिपरि सरसफाइ
  • ग्रीन क्याम्पस सरसफाइ अभियान
आर्थिक सहयोग
  • छात्रवृत्ति
  • पढाइ शुल्क
  • जीविका खर्च
  • विद्यालय पोशाक शुल्क
शैक्षिक सामग्री सहयोग
  • डेस्क, कुर्सी, कालोपाटी
  • शैक्षिक सामग्री
  • झोला
चरित्र शिक्षा
  • युवा तथा बुबा-आमा, विशेष चरित्र शिक्षा
  • विद्यार्थी अर्केस्ट्रा कन्सर्ट प्रस्तुति
  • स्थलगत भ्रमण
  • अग्नि सुरक्षासम्बन्धी शिक्षा
  • स्वयंसेवा गतिविधि
  • युवा शिक्षण कार्यक्रम सञ्चालन
  • कलेज विद्यार्थी स्वयंसेवा सङ्गठनको गतिविधि
जनचेतना जागरण
  • शिक्षा फोरम तथा गोष्ठी
  • विद्यालय हिंसा रोकथाम क्याम्पेन
  • नो हर्न क्याम्पेन
  • अपराध रोकथाम क्याम्पेन

प्रकोपले क्षतिग्रस्त विद्यालय पुनर्निर्माण

हामी भूकम्प जस्ता प्रकोपले क्षतिग्रस्त भएको विद्यालयलाई पुनर्निर्माण गरेर विद्यार्थीहरूको शैक्षिक वातावरणमा सुधार ल्याउँदछौं । सन् २०१५मा नेपालमा महाभूकम्प जाँदा २,४०० वटा विद्यालय एकै चोटि भत्किएकाले विद्यार्थीहरूले आफ्नो शैक्षिक आधार नै गुमाउन पुगे । परमेश्वरको मण्डलीका क्याम्पस विद्यार्थी लगायत सन्तहरूले ‘मदर्स स्कूल(Mother's School)’ प्रोजेक्ट बनाएर, पालमा अथवा अस्थायी कक्षा-कोठामा रहेर पढिरहेका विद्यार्थीहरूको आशापूर्ण भविष्यको निम्ति बलियो विद्यालय भवन पुनर्निर्माण गरिदिए ।

शैक्षिक सामग्री सहयोग

बालबालिका तथा युवाहरूले गुणस्तरीय शैक्षिक वातावरणमा पढ्न सकून् भनेर हामी कापी, कलम, झोला, डेस्क र कुर्सीहरू जस्ता शैक्षिक सामग्रीहरू सहयोग गर्दछौं ।

छात्रवृत्तिद्वारा शैक्षिक सहयोग

विद्यार्थीहरूले भविष्यको सपनालाई साकार गर्न सकून् भनेर हामी छात्रवृत्ति, पढाइ शुल्क, विद्यालय पोशाक शुल्क, जीविका खर्च इत्यादि सहयोग गर्दछौं । गाह्रो अवस्थामा पनि विद्यार्थीहरू पढ्ने मौका पाएर अर्थपूर्ण विद्यालय जीवन जिउँदै सही तरिकाले हुर्किऊन् भन्ने चाहन्छौं ।

किशोर-किशोरीहरूका निम्ति चरित्र शिक्षा

बुबा-आमाको सहभागितामा युवा शिक्षणको ठाउँ तयार भइरहेको छ । विभिन्न पृष्ठभूमिका प्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रण गरेर उनीहरूद्वारा युवाहरूलाई चरित्र, शिष्टाचार र विद्यालय हिंसा रोकथाम लगायतका कुराहरूसम्बन्धी विशेष शिक्षा दिइन्छ । युवाहरूले चासो दिने भविष्य, आपसी सम्बन्ध, आत्मविकास जस्ता १० वटा विषयहरूलाई समावेश गरिन्छ ।

भ्रमण, अनुभव र स्वयंसेवा

युवाहरूले आफ्नो ज्ञानलाई फराकिलो पार्दै भविष्यको निम्ति लक्ष्य बनाउन सक्ने गरी हामी उनीहरूलाई स्थलगत भ्रमण र गतिविधि अनुभवका विविध अवसरहरू प्रदान गर्दछौं । यसको साथै सरकारी निकाय तथा विभिन्न सुविधा केन्द्रहरूको अवलोकन गराएर हामी उनीहरूलाई थुप्रै क्षेत्रहरूको अनुभव बटुल्न सहयोग गर्छौं । जीवन्त र स्थलगत शिक्षाद्वारा युवाहरूले विश्वलाई फराकिलो दृष्टिकोणले हेर्दै एकलै होइन, तर विभिन्न किसिमका मानिसहरूसँग एकसाथ जिउने तरिका सिक्न सक्दछन् ।

विद्यालय वातावरण सौन्दर्यीकरण

बालबालिकाहरूले उज्यालो र स्वच्छ वातावरणमा शिक्षा प्राप्त गर्न सकून् भनेर हामी विद्यालयको वरिपरि सरसफाइ गरिदिन्छौं । उनीहरूलाई भावनात्मक लाभ मिल्ने किसिमका भित्तेचित्रहरू कोरिदिन्छौं, अनि शैक्षिक उपकरणहरू सफा गर्नमा सक्दो प्रयत्न गर्दछौं ।