विशेष / स्तम्भ
दृश्य संसारको घटना र सिद्धान्तमार्फत अदृश्य संसार र परमेश्वरको इच्छालाई गहिरिएर सोचिहेरौं ।
एक-अर्काका पूरक बनेका दुई नायक: आइजेनहावर र प्याटनको जुगलबन्दी
मित्रराष्ट्रको सर्वोच्च कमान्डर र पछि अमेरिकाका ३४ औँ राष्ट्रपति बनेका ड्वीट डी. आइजेनहावर दोस्रो विश्वयुद्धको इतिहासमा सबैभन्दा प्रख्यात व्यक्तिको रूपमा परिचित छन् । उनले ५० वटाभन्दा बढी मित्रराष्ट्रहरूसँग बलियो सम्बन्ध मात्र बनाएनन्, तर आ-आफ्नो स्वार्थ बोकेका देशहरूबीचको कडा मतभेदलाई पनि आफ्नो कुशल कूटनीतिले निकै सुझबुझका साथ मिलाए । यसैको फलस्वरूप, सन् १९४४ जुन ६ तारिखमा अमेरिकी र बेलायती सेनाको मुख्य नेतृत्वमा क्यानडा, फ्रान्स, अष्ट्रेलिया, पोल्याण्ड र नर्वे लगायतका करिब १ लाख ६० हजार मित्रराष्ट्रका सैनिकहरू नोरमान्डी तटमा सफलतापूर्वक ओर्लिए र जर्मन सेनाको बलियो रक्षापंक्तिलाई ध्वस्त पारे । यो नै शिथिल बनेको विश्वयुद्धको पाङ्ग्रालाई मित्रराष्ट्रको पक्षमा घुमाउने मुख्य कडी बन्यो । समुद्री मार्गबाट गरिएको प्रारम्भिक आक्रमणको सफलतापछि, मित्रराष्ट्रहरू जर्मनीको मुटुमै पसेर युद्धको अन्त्य गर्न चाहन्थे । तर, उनीहरूको यो अभियानलाई जर्मनीका…
सुसमाचारको जीवन्त सपना देखौं
शिक्षक, चित्रकार, गायक, प्रहरी, वैज्ञानिक वा देशको राष्ट्रपति … विद्यालयमा अध्ययन गर्दा हामीमध्ये धेरै जनाले आफ्नो भविष्यको लक्ष्य वा पेशाको बारेमा व्यक्तित्व विवरण फाराममा लेखेका थियौं जस्तो लाग्छ । तर विद्यालयबाट स्नातक भएर सामाजिक जीवन सुरु गरेपछि, यहाँहरूमध्ये कति जनाले बाल्यावस्थाका ती सपनाहरू वास्तवमै पूरा गर्नुभयो ? बाल्यावस्थामा वा त्यसपछि लिएका सपनाहरू पूरा गर्ने मानिस धेरै छैनन् । मानिसहरू आफ्नो रुचि परिवर्तन भएकोले वा परिस्थितिले गर्दा सपना पूरा गर्न सकिएन भन्ने गर्छन् । यसकारण मानिसहरूले ती अधूरो सपनाहरू हृदयमा राख्दा राख्दै बिस्तारै बिर्सन्छन् । त्यसोभए आफ्नो सपना पूरा गर्ने मानिस र पूरा नगर्ने मानिसबीच के भिन्नता छ होला ? सपना पूरा गर्ने मनिसहरूमा कहिल्यै नथाक्ने जोस, दृढ विश्वास, अथक परिश्रम र फलामजस्तै दह्रो इच्छाशक्ति हुन्छ । तर यी सबै कुराहरू…
खराब आदत हटाउने तरिका
“म तीस वर्षीय पुरुष हुँ, तर मेरो निधारमा गहिरो चाउरी परेकाले म ४० वर्षजस्तो देखिन्छु ।” योचाहिँ विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भान गोगले आफ्नो भाइ थियोलाई लेखेको पत्रको एक अंश हो । जीवनका कठिनाइहरू र सृजनात्मक चित्रकला रच्ने चिन्ताले तिनको निधारमा गहिरा रेखाहरू बसे । आफ्नो उमेरभन्दा बढी देखिन थालेपछि तिनी चिन्तित भए । त्यसो भए गोगलाई मात्र यस्तो चिन्ता भएको होला त ? हामी थकित वा निराश हुँदा थाहै नपाई ती भावनाहरू अनुहारमा प्रकट गर्ने गर्छौं । उमेर बढ्दैजाँदा चाउरी पर्नु प्राकृतिक जैविक प्रक्रिया हो । तर लगातार दोहोरिने मुखमुद्राले हाम्रो अनुहारका मांसपेशीहरू कडा हुँदै जान्छन् । कुनै कुरा मनपरेन भनेर सधैँ निधार खुम्च्याउने वा आँखीभौँ उचाल्ने बानी छ भने, केही वर्षपछि त्यही मुखमुद्रा हाम्रो स्थायी रूप बन्न सक्छ ।…
धन्यवादद्वारा पूरा हुने सुसमाचारको चमत्कार
“धन्यवाद !” योचाहिँ पसलबाट सामान किनेर फर्कँदा प्रायः सुनिने शिष्टाचारको बोली हो । यो शब्दले सबैलाई प्रभावित तुल्याउँछ, र फेरि केही सामान किन्नुपर्दा पुनः त्यही पसलमा फर्केर जान मन लाग्छ । हामीले अरूलाई धन्यवाद दिँदा पनि उस्तै हो । कसैले हाम्रो भलाइ गरिदिँदा वा सहयोग गर्दा धन्यवाद व्यक्त गऱ्यो भने उनीहरूले मात्र होइनकि, हामी आफूले पनि आनन्द महसुस गर्छौं । भनिन्छ, दैनिक जीवनमा धन्यवाद चढाउने सानो आदत पनि मानिसभित्र रहेको असीम क्षमता विकास गर्ने एउटा स्रोत हो । धन्यवादको शक्ति सञ्चय गर्दै गयो भने, यसले हाम्रो जीवनमा चमत्कार ल्याउन सक्छ । धन्यवादको शक्ति विदेश जाँदा हामीले सबैभन्दा पहिले सिक्ने शब्द नै “धन्यवाद” हो । प्रायः आमाहरूले आफ्ना छोरा-छोरीलाई “बुबा-आमा” भन्न सिकाएपछि “धन्यवाद” भन्न सिकाउँछन् । धन्यवाद व्यक्त गर्नुचाहिँ सबै मानिसहरूको…
विश्वासको स्कोर
१५औँ देखि १७औँ शताब्दीको बीचमा समुद्री प्रभुत्वको प्रतिस्पर्धा तीव्र हुँदा, विश्वव्यापी ढुवानी उद्योगमा ढिला आगमन भएको नेदरल्यान्डले युरोपको लगभग ८०% व्यापारिक जहाजहरू आफ्नो नियन्त्रणमा लिएर जलयातायात क्षेत्रमा प्रभुत्व जमायो । स्पेन, पोर्चुगल लगायत अन्य देशहरूलाई पछि पार्दै डचहरूले नेतृत्व लिन सक्नुको रहस्यचाहिँ डच व्यापारी जहाजहरूले बजारमा कमाएको उच्च स्तरको विश्वासले गर्दा थियो । वास्तवमा त्यो विश्वासको जडचाहिँ क्याप्टेन विलेम ब्यारेन्ट्स थिए । सन् १५९६मा क्याप्टेन बेरेन्ट्स, सुमेरू महासागर(Arctic Ocean) पार गर्दै एसियाको सबैभन्दा छोटो समुद्री मार्ग पत्ता लगाउनका लागि आफ्नो तेस्रो यात्रामा निस्किए । प्रतिद्वन्द्वी राष्ट्रहरूले स्थापित गरेका मार्गहरूलाई उछिन्ने दृढ सङ्कल्पका साथ उनले ठूलो आशा लिएर आफ्नो अभियानलाई अगाडि बढाए । तर दुःखको कुरा उनको जहाज एउटा हिमशिलामा फस्यो । नाविकहरूले पानीजहाजको छत भत्काएर बरफमा झुपडी बनाए, त्यही ओतभित्र…
अडिग रहने मानिस
उग्र छालहरू जहाजको भित्तामा ठोक्किरहने, त्यो १० दिने यात्रा । बन्दरगाहमा ओर्लेर, लगभग ३२ किलोमिटरको अप्ठ्यारो ढुङ्गेनी बाटो हिँडेपछि, जेजु टापुको देजङस्थित एउटा सानो झुपडी देखिन्छ । अप्रत्याशित राजनीतिक द्वन्द्वको चपेटामा परेका छुसा गिम जङ हीले आफ्नो निर्वासन जीवन बिताउने ठाउँ यहीँ नै थियो । कोरियाको जोसन राजवंशको उत्तरार्धमा गिम जङ ही एउटा प्रतिष्ठित घरानाका सन्तान र त्यस युगकै सबैभन्दा आदरणीय विद्वान् तथा कलाकार थिए । उनले सङग्युग्वान देसासङ (राष्ट्रिय विश्वविद्यालय सरहको सर्वोच्च शैक्षिक संस्थाको प्रमुख) र इजो छामफान (कर्मचारी मन्त्रालयको उपमन्त्री) जस्ता महत्त्वपूर्ण सरकारी पदहरू सम्हालेका थिए । साथै कूटनीतिक दूतका रूपमा चीन जाँदा उनले प्रसिद्ध विद्वान् र साहित्यकारहरूसँग ज्ञान आदानप्रदान पनि गरेका थिए । यति हुँदाहुँदै पनि उनको निर्वासन जीवन एकदमै कष्टकर र एकलो थियो । न्यून खानपानको…
सत्यताको युगमा झूटलाई विश्वास गर्ने मानिसहरू
‘स्पागेटी फल्ने रूख छ र ?’ सन् १९५७ अप्रिल १ तारिखमा, बेलायतको BBCबाट ‘अप्रिल फुल्स डे(मूर्ख दिवस)’मा गलत समाचार प्रसारण गरिएको थियो । योजस्तै रमाइलोको लागि प्रसारित गलत समाचारले समाजमा खैलाबैला मच्चाउँछ । गलत जानकारीलाई कुनै लेखको ढाँचामा अनलाइनमा राखिएका गलत समाचारहरूले धेरै मानिसहरूलाई झुक्याइरहेको छ । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनाव नजिकिरहेको गत ग्रीष्ममा, इन्टरनेटमा केही उम्मेदवारलाई चाहिँ अनुकूल हुने तर विपक्षी उम्मेदवारलाई चाहिँ हानि पुग्ने गलत समाचारहरू धेरै थिए । शंकास्पद लागेर, सञ्चार माध्यमहरूले ती लेखलाई पत्ता लगाए र ती गलत लेखहरूका अधिकांश स्रोतचाहिँ दक्षिण-पूर्व यूरोपको देश, माकेडोनियाको ‘भेलेस’ नाम गरेको सानो गाउँ रहेको पाइयो । केही किशोरहरूले यसलाई ‘डिजिटल गोल्ड रश’को रूपमा सङ्केत गर्दै गलत समाचारहरू बनाइरहेका थिए । वास्तवमा गलत समाचारले अमेरिकी राष्ट्रपतीय चुनावमा समेत असर…
पार्टनरको शक्ति
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक जितेर स्वदेश फर्किएका एक जना जुडो खेलाडीले आफ्नो सफलताको मुख्य श्रेय आफ्ना प्रशिक्षण पार्टनरलाई दिए । पार्टनरसँगको अनगिन्ती अभ्यासबाट नै ती खेलाडीले सेमिफाइनलमा आवश्यक पर्ने जुक्तीहरूमा निपुणता हासिल गरी विजय सुनिश्चित गर्न सके । ती प्रशिक्षण पार्टनरले बारम्बार भुइँमा पछारिए पनि हार नमानी उठेर राष्ट्रिय टोलीका खेलाडीलाई विजयको मञ्चसम्म पुग्न मद्दत गरे । प्रशिक्षण पार्टनरहरूले राष्ट्रिय टोलीका खेलाडीहरूसँग प्रत्यक्ष रूपमा काम गर्छन्, जसले उनीहरूलाई आफ्नो सीप निखार्न र प्रविधिमा दक्ष बन्न मद्दत पुर्याउँछ । उनीहरू हरेक कठिनाइमा खेलाडीको साथमा उभिँदै घण्टौँसम्म कडा प्रशिक्षण गर्छन् । अनि छायाजस्तै सधैँ एक-अर्काको नजिक रहेर सँगै अगि बढ्छन्, र खेलाडीसँग एक हुन्छन् । आफू स्वयम् विजयको मञ्चमा नउभिए पनि, उनीहरू खेलाडीको सफलतालाई साँचो खुसीका साथ उत्सवझैँ मनाउँछन् । राष्ट्रिय टोलीका खेलाडीहरूको…
उद्धार गर्ने कर्तव्य
सुरुङमा गुडिरहेको एउटा ट्रकमा आगो लाग्यो । चालकले तुरुन्त आफ्नो ट्रकमा भएको अग्निशामक यन्त्रद्वारा आगोलाई नियन्त्रण गर्न खोजे तर त्यसबाट भएन । त्यही बेला, सुट लगाएका तीन जना व्यक्तिहरू कारलाई रोकेर बाहिर निस्केर चालकलाई बाहिर निकाले, र सुरुङमा आगो निभाउनलाई जडान गरिएको पानीको पाइप तानेर ट्रकको आगो निभाउन थाले । सुरुङको बाटोलाई ढाकेको आगोको मुस्लो र धूवाँसित जुध्दै उनीहरूले निडरका साथ गरेका प्रयत्न, अनि खबर पाएपछि आएको दमकलको सहयोगद्वारा अन्ततः ३० मिनेटमै आगोलाई पूर्ण रूपमा निभाउन सकियो । यसरी तुरुन्तै द्रुत गतिमा कार्य गरेर दुर्घटनालाई अझ खराब हुनबाट जोगाएका ती मानिसहरू वास्तवमा आफ्नो आफन्तको अन्त्येष्टिमा जाँदैगरेका अग्नि नियन्त्रकहरू थिए । कुनै सुरक्षात्मक सामग्रीविना नै आगोको सामना गरेका उनीहरूले “यस्तो अवस्थामा कुनै पनि अग्नि नियन्त्रक स्वाभावतः आगो निभाउनलाई अगि बढ्छ ।…
भाग्य
“भविष्यमा कुनै निश्चित व्यक्ति अथवा थोकमा अवश्य नै घट्ने घटना अथवा भविष्यमा हुने कुरालाई नियन्त्रण गर्न सक्ने गुप्त ऊर्जा ।” यो नै ‘भाग्य’को परिभाषा हो । सजिलोसँग भन्ने हो भने योचाहिँ मानिसको शक्तिद्वारा परिवर्तन हुन नसक्ने कुरा हो । कुनै एक जना भिखारी थियो । त्यस भिखारीले अन्य धनी र महान् व्यक्तिहरूको भन्दा फरक भाग्य लिएर जन्मेको आफ्नो परिस्थितिबारे कुनै एक जना बुद्धिमान् मानिसलाई सोधेछ, “मेरो भाग्य किन उनीहरूको भन्दा फरक भएको होला ?” तब ती बुद्धिमान् मानिसले “तिम्रो भाग्य उनीहरूको भन्दा फरक छैन । धनी मानिस र महान् व्यक्तिहरू पनि तिम्रो जस्तै भाग्य लिएर जन्मिएका हुन्छन्” भनेर जवाफ दिएछन् । उनको कुरा सुनेर त्यो भिखारीमा अलि आशा पलाउन थालेछ, अनि त्यो आफ्नो भाग्य परिवर्तन हुने आशा गर्दै जिएछ ।…
बीउ छर्दै
सन् २०१७ जनवरीमा, चिलीको माउले लगायत धेरै क्षेत्रहरूमा ठूलो वन डढेलो लागेको थियो । त्यो डढेलो एकदमै विशाल भएकोले राष्ट्रिय आपतकालीन समय घोषणा गरियो, र विपत्तिको परिणामस्वरूप ११ जनाको मृत्यु हुनुका साथै ७,००० भन्दा बढी मानिसहरू पीडित भए । वन डढेलोले लगभग ४,५७० वर्ग किलोमिटर(११३००००)जङ्गल खरानीमा परिणत भयो । कालो धुँवाको मुस्लोले ढाकिएको पहाडलाई देखेर सबै जना अलमल्ल परेको समयमा एक जना कुकुर प्रशिक्षकले डढेलो लागेको क्षेत्रलाई पुनर्स्थापन गर्ने विशेष विचार व्यक्त गरे । त्यो विचार आश्चर्यजनक रूपमा सरल थियो । तिनले भेडा रखदेख गर्ने तालिम प्राप्त कुकुरहरूलाई विशेष गरी भरियाका निम्ति तयार पारिएको झोला पिठ्यूमा बोक्न लगाए र तिनीहरूलाई डढेलो लागेको त्यो पहाडमा दौड्न लगाए । त्यो झोलामा विशेषज्ञहरूले सावधानीपूर्वक छनौट गरेका विभिन्न बीउहरू थिए । ती कुकुरहरू पहाडको…
अटुट मनोभावको शक्ति
हेनरी म्याटिस (Henri Matisse)एक प्रतिभाशाली चित्रकार हुनुका साथै २०औँ शताब्दीका ग्राफिक कलाका सबैभन्दा प्रभावशाली व्यक्तित्व थिए, तर उनको सपना चित्रकार बन्ने थिएन । सुरुमा कलामा विशेष रुची नभएका म्याटिसले कानून विषय अध्ययन गरेर अदालतको कर्मचारीको रूपमा सामान्य जीवन बिताए । त्यो समयमा अत्यन्त गम्भीर मानिने एपेन्डिसाइटिस रोग लागेपछि उनको जीवन नाटकीय रूपमा परिवर्तन भयो । शल्यक्रियापछि लामो समयसम्म निको हुने क्रममा, उनकी आमाले उनलाई एउटा रङ्गको बक्सा उपहारस्वरूप दिइन्, जसले गर्दा उनको जीवन पूर्ण रूपमा परिवर्तन भयो । कलाको संसारमा पूर्ण रूपमा मोहित भएका म्याटिसले आफ्नो बुबाको विरोधको बाबजुद चित्रकारको रूपमा आफ्नो जीवन फेरि सुरु गरे । पछि उनले चित्रमा आफ्ना भावनाहरू पोखिने गरी स्वतन्त्र रूपमा उज्यालो रङ्गहरूको प्रयोग गर्ने फौविजम् (Fauvism)को आविष्कार गरेर आधुनिक कलामा क्रान्ति ल्याए । न्यूनतम…
मेटाडोर
रातो कपडा हल्लाउने बुलफाइटरको दक्ष हातमा परेको साँढे उत्तेजित हुन्छ । हडबडाएको साँढेको पछाडि धेरै भालाहरू अड्किएको हुन्छ । अन्ततः धारिलो छुरीले साँढेको खोपडी छेड्दा त्यो ठाउँको ठाउँ ढल्छ । साँढेको खोपडीमा छुरी प्रहार गर्ने बुलफाइटरलाई नै स्पेनी भाषामा ‘मेटाडोर’ भनिन्छ । हिजोआज मेटाडोरले कसैको निन्दा गर्ने हेतुले यथार्थतालाई विकृत गर्ने र सार्वजनिक विचारलाई हेरफेर गर्ने कालो सङ्गठित प्रचारलाई जनाउँदछ । साँढेलाई लोभ्याएर त्यसको खोपडी छेड्ने बुलफाइटरको धारिलो छुरीजस्तै मेटाडोरले अवैध रूपमा बोलीद्वारा अन्य मानिसहरूमा घातक प्रहार गर्दछ । सुरुदेखि नै अरूलाई हानि पुऱ्याउने मेटाडोरबाट प्रहार भएको मानिसले कहीँ-कतैबाट चोट पाइहाल्छ । अनि त्यो पुष्टि गर्न र त्यसको जिम्मेवारी कसले लिने भन्ने कुरा पत्ता लगाउन पनि गाह्रो हुन्छ । बाइबलको इतिहासमा पनि मेटाडोरको अस्तित्व छ । २,००० वर्षअघि येशूज्यूले नयाँ…
दृढ रहने शक्ति, धैर्यता
अन्य पशुहरूको तुलनामा मानिसको शारीरिक क्षमता निकै कमजोर हुने भए पनि मानिसमा हुने एउटा अत्यन्त उच्च क्षमता छ । त्यो क्षमता नै धैर्यता हो । जङ्गली युगमा, जब मानिसहरूमा शक्ति, गति, तिखा सिङ, दाँत, वा नङ जस्ता प्राकृतिक हतियारहरूको अभाव हुन्थ्यो, तब उनीहरूले धैर्यतालाई बाँच्ने एकमात्र आधार बनाउँथे । चितुवा, सुतुरमुर्ग(अस्ट्रिच), घोडा वा हरिणजस्ता जनावरहरूले छोटो दूरीमा तीव्र गतिमा शिकार गर्छन्, तर यी जनावरभन्दा फरक प्रारम्भिक समयका मानिसहरूले धैर्य धारण गर्दै शिकार गर्थे । उनीहरूले त्यो शिकार थाकेर लखतरान नहोउञ्जेल घण्टौंसम्म त्यसलाई पछ्याउँथे । यो असामान्य धैर्यताले उनीहरूलाई आफ्नो शारीरिक कमजोरीलाई जितेर शक्तिशाली बन्न मद्दत गर्थ्यो । मानव शरीरको अनुसन्धान गर्ने वैज्ञानिकहरूका अनुसार मानव शरीर लामो दूरीसम्म दौड्न सक्ने गरी डिजाइन गरिएको छ । पसिना ग्रन्थीमार्फत शरीरको तापलाई बाहिर निकाल्ने…
ऊर्जा चोर र ऊर्जादाता
“तिमीले अन्तमा हरेस खानेछौ ।” “हामीले यो काम गर्न सक्दैनौं भन्ने कुरा स्पष्ट छ ।” “के यो काम गर्न सकिएला र ?” स्पष्ट लक्ष्य र योजना बनाए पनि, यस्ता निराशाजनक बोलीहरूले जो कोहिलाई कमजोर बनाउन सक्छ र उसको दृढ सङ्कल्प डगमगाउन सक्छ । स्वभावैले नकारात्मक कुरा गर्ने मानिसहरूले आफ्नो वरपर रहनेहरूका मनोबल घटाइदिन्छन् र उनीहरूलाई शक्तिहीन महसुस गराउँछन् । चोरहरूले चुपचाप सामान चोरेजस्तै निराशाजनक शब्द बोलेर ऊर्जा चोर्ने र वातावरणलाई असहज बनाइदिने मानिसहरूलाई ‘ऊर्जा चोर’ भन्न सकिन्छ । सधैँ “हुँदैन” भन्ने, नराम्रो हल्ला फैलाउने वा लगातार गुनासो गर्ने मानिसहरूबाट टाढा रहनु सबैभन्दा उत्तम हुन्छ । तर यदि त्यसो गर्न सम्भव छैन भने हामीले आफ्नो सुरक्षा आफै गर्न सिक्नुपर्छ । पहिलो तरिका, अरूले बोलेको कुरा वा अरूको मनोवृत्तिबाट प्रभावित नहुनको लागि…
पावलले लिएका दुई वटा नागरिकता
नागरिकताचाहिँ कुनै देशको नागरिक हुने अधिकार हो । आफ्नै सम्पत्तिमाथिको अधिकार जस्ता आधारभूत अधिकार लगायत राष्ट्रपति र संसद सदस्यहरूलाई, सार्वजनिक कार्यालयमा गएर उम्मेदवारहरूको पक्षमा मतदान गर्न पाउने राजनीतिक अधिकार र सरकारी कर्मचारीको रूपमा नियुक्त हुन पाउने अधिकार प्राप्त गर्न सकिन्छ । कुनै देशको नागरिकता हुनु भन्नाले त्यो देशको नागरिकको रूपमा त्यहाँका अधिकारहरू उपभोग गर्न सक्नु भन्ने अर्थ हो । २,००० वर्षअघि प्रेरितहरूले सुसमाचार प्रचार गर्दा रोमी साम्राज्यले इस्राएलमाथि शासन गरेको थियो । त्यस बेला रोमी नागरिकता लिएका मानिसहरूको सामाजिक ओहदा उच्च हुन्थ्यो, यिनीहरूले रोमबाट विभिन्न विशेषाधिकारहरू पनि पाउँथे । जस्तै, मताधिकार, अदालतमा मुद्दा हाल्न पाउने अधिकार, रोमी सम्राटद्वारा गठित उच्च अदालतमा निवेदन दिन पाउने अधिकार इत्यादि । यी मानिसहरू कोर्रा लगाइने, क्रूसमा टाँगिने जस्ता यातनामूलक सजायबाट उम्किन सक्थे, अनि यिनीहरूले…
सरसफाइको शक्ति
सबैलाई फोहोर ठाउँभन्दा सफा ठाउँ मनपर्छ । तर सबै ठाउँ आफै सफा हुन सक्दैन । कसैले कोठाभित्र फोहोर नल्याए पनि फोहोर आफै थुप्रिन्छ । अनि कोठाभित्र बसेर जुनसुकै कार्य गरे पनि फोहोर भइहाल्छ । तसर्थ हामी सरसफाइ गर्छौं । बढार्नु, फोहोर फाल्नु र व्यवस्थापन गर्नु सानो कामजस्तो लाग्न सक्छ । तर सरसफाइको शक्ति सोचेभन्दा आश्चर्यजनक हुन्छ । ब्रोकन विन्डो सिद्धान्त सरसफाइ गरेपछि शरीर थाक्छ तर यसले मनलाई ताजा गराइदिन्छ । सरसफाइले मानिसको मूड मात्र नभएर मन र व्यवहारमा पनि प्रभाव पार्छ । यो यथार्थतालाई ब्रोकन विन्डो सिद्धान्तद्वारा प्रमाणित गर्न सकिन्छ । अमेरिकी मनोवैज्ञानिक फिलिप जिम्बार्डोले एउटा परीक्षण गरे । उनले उस्तै अवस्थामा रहेका दुई वटा गाडिलाई (कार) एउटा असुरक्षित सडकमा छोडिदिए । उनले कारको हुड खुल्ला राखे र एउटा झ्याल…
अमर टेलोमियरहरू
१४औँ शताब्दीतिर, यूरोपेलीहरूको औसत आयु केवल ३८ वर्ष थियो । सन् १७९० मा साबुनको आविष्कारसँगै, बिरामी पर्नेहरूको संख्या उल्लेखनीय रूपमा घट्यो र उनीहरूको औसत आयु १० वर्षले बढ्यो । सन् १९२८ मा, एन्टिबायोटिक पेनिसिलिनको आविष्कारसँगै औसत आयु १० वर्षले बढेर ५८ वर्ष पुग्यो । अहिले २१ औँ शताब्दीमा औसत आयु ८० वर्ष पुगेको छ । विज्ञहरूले निकट भविष्यमा हाम्रो औसत आयु २० वर्षले वृद्धि भएर १०० वर्ष पुग्ने अनुमान लगाएका छन् । अहिले १०० वर्षको आयुबारे व्यापक रूपमा चर्चा भइरहेको छ । वैज्ञानिकहरूले ‘टेलोमियर’ (telomere)लाई बुढ्यौली र मानव आयुको एक महत्वपूर्ण कारकको रूपमा पहिचान गरेका छन् । ‘telomere’ चाहिँ telos(अन्तिम) र meros(भाग) भन्ने शब्द मिलेर बनेको शब्द हो, जसले क्रोमोजोमको अन्त्यलाई जनाउँछ । मानव कोषिका सामान्यतया आफ्नो जीवनकालमा ५० देखि…
इतिहास र अगमवाणी
जोसन राजवंशको इतिहासमा पहिलो राजा तेजोदेखि २५औँ राजा छलजोङसम्म, करीब ४७२ वर्षको जोसन राजवंशको शासनकाल समेटिएको छ । १,८०० भन्दा बढी खण्डहरू मिलेर बनेको जोसन राजवंशको इतिहासमा जोसनको राजनीति, कूटनीति, शिक्षा, अर्थतन्त्र, उद्योग, सैन्य मामिला, धर्म, यातायात, कला र संस्कृतिहरू विस्तृत रूपमा अभिलेख छन् । एकदमै समर्पित भएर राजाको हिफाजत गर्ने अधिकारीहरूद्वारा लिखित त्यो इतिहासमा शाही गतिविधिका हरेक पक्षको विवरण विस्तृत रूपमा गरिएको छ । सन् १९९७ मा, UNESCOले जोसन राजवंशको इतिहासको सांस्कृतिक मूल्यलाई मान्यता दिँदै विश्व वृत्तचित्र सम्पदाको रूपमा दर्ता गर्यो । जोसन राजवंशको इतिहास लगायत अन्य ऐतिहासिक पुस्तकहरू अमूल्य छन्, किनभने तिनीहरूमा सयौं वर्षको विगतको इतिहास समेटिएको छ । बाइबललाई ऐतिहासिक पुस्तक मान्न सकिन्छ, किनकि यसमा इस्राएलको इतिहासको एक महत्त्वपूर्ण भागलाई समेटिएको छ । यद्यपि, यसको विशेषता सामान्य…
सुन्दर छाप
रूखको मुढालाई काटेर त्यसको काटिएको भागमा हेऱ्यो भने त्यहाँ बाक्लो घेरा बनेको देख्न सकिन्छ । मौसम परिवर्तनका कारण रूखको हुर्कने गतिमा भिन्नता हुँदा रूखमा घेराहरू बन्दछ । वसन्त र ग्रीष्मको बीचमा कोषिका विभाजन तीव्र गतिमा हुँदा रूखको भित्री भाग एकदमै कमलो र रङ पनि उज्यालो हुन्छ, तर ग्रीष्म अथवा शरद्को अन्ततिर कोषिका विभाजन हुन ढिलाइ हुँदा रूखको भित्री भाग एकदमै कडा र रङ पनि गाढा हुन्छ । यस्तो प्रक्रिया बारम्बार दोहोरिँदा रूखको मुढामा विशेष ढाँचामा घेराहरू बन्दछन् । रूखका यी घेराहरूलाई हेरेर रूखको उमेर मात्र होइन, तर त्यसको जीवनकालमा के-के भएको थियो भन्ने कुरासमेत थाहा पाउन सकिन्छ । समसितोष्ण क्षेत्रका कोणधारी रूखहरूमा स्पष्ट घेरा हुन्छ, तर सामान्य मौसमी परिवर्तन र शान्त हावापानी भएका क्षेत्रमा पाइने रूखहरूमा भने खासै स्पष्ट घेरा…