चरित्र शिक्षा

परमेश्वरको सन्तान भएअनुरूप सन्तहरू ईश्वरीय स्वभावमा सहभागी भएर बाहिरी रूपमा मात्र ख्रीष्टियान
होइनकि विश्वासलाई व्यवहारमा लागू गर्ने साँचो ख्रीष्टियान बन्न सक्ने गरी शिक्षा दिइन्छ ।

विश्वासलाई व्यवहारमा लागू गर्ने साँचो ख्रीष्टियान

सन्तहरूलाई धर्मको साँचो मूल्य र मिसन बोध गराएर परमेश्वरको वचनलाई व्यवहारमा उतार्ने साँचो ख्रीष्टियानको रूपमा आदर, विचारशीलता, एकता लगायतका सद्गुणहरूको विकास गर्न अनि परिवार र समाजमा सुकर्म गर्दै असल उदाहरण देखाउने हुनको निम्ति प्रशिक्षण दिइन्छ ।

माताको शिक्षा

Teachings of Mother

परमेश्वरका असल शिक्षाहरू समाविष्ट ‘माताको शिक्षा’चाहिँ परमेश्वरको सन्तान भएअनुरूप व्यवहारमा लागू गर्नुपर्ने दिने प्रेम, सुन्दर मन, धैर्यता, सेवा जस्ता सद्गुणसम्बन्धी शिक्षाहरू हुन् । यी शिक्षाहरूद्वारा खुशी जीवन जिउने बुद्धि प्राप्त हुन्छ ।

  • परमेश्वरले सदा प्रेम दिनुभएजस्तै लिने प्रेममा भन्दा दिने प्रेममा अझ बढी आशिष् हुन्छ ।
  • परमेश्वरलाई महिमा दिएमा त्यो महिमा अन्ततः आफूमा नै फर्कन्छ ।
  • सुन्दर दृष्टिकोणले हेर्ने मनमा घृणा हुँदैन, र त्यसले पूर्ण प्रेम जगाउँछ ।
  • अब्राहामले भतिजा लोतको निम्ति असल चीज त्याग गर्दा अझ उत्तम आशिष् पाएजस्तै हामीले पनि दाजुभाइ-दिदीबहिनीको निम्ति असल चीज त्याग गऱ्यौं भने अझ उत्तम आशिष् पाउनेछौं ।
  • अहङ्कारी मन भनेको आफूले चाहेअनुसार नहुँदा निराश हुने मन हो ।
  • अरूहरूले काम गरेनन् भनेर गुनासो नगरी आफूले गर्नुपर्ने काम ईमानदार भएर गरौं । मालिकको मन लिएर काम गर्दा गाह्रो लाग्दैन र आनन्दित मनले काम गर्न सकिन्छ ।
  • गुनासोले भरिएको मनमा अहङ्कार उत्पन्न हुन्छ । सधैँ कृतज्ञ मनले परमेश्वरको सेवा गरेमा गुनासो र अहङ्कार हटेर जान्छ, अनि नम्रताले हृदयमा वास गर्छ ।
  • दाजुभाइ-दिदीबहिनीको प्रशंसा गरेमा प्रशंसा आफूमा नै फर्कन्छ ।
  • समुद्रले सम्पूर्ण फोहोर-मैला लिएर शुद्ध गराएजस्तै सम्पूर्ण दाजुभाइ-दिदीबहिनीको गल्तीलाई समेत ढाकछोप गर्न सक्ने समुद्रजस्तै फराकिलो मन नै सच्चा सुन्दर मन हो ।
  • थुमाद्वारा डोऱ्याइन चाहने मानिस थुमाभन्दा अझ सानो थुमा बन्नुपर्छ ।
  • ठूलो भाँडा बन्ने प्रक्रियामा बलिदानको आवश्यकता पर्दछ ।
  • परमेश्वरसमेत सेवा गर्न यो पृथ्वीमा आउनुभयो । त्यसैले सेवा पाउने अपेक्षा नगरी आपसमा सेवा गर्ने मन नै परमेश्वर खुशी हुनुहुने मन हो ।
  • हामीले वर्तमान कष्टहरू सहँदै धैर्य गर्नुपर्ने कारणचाहिँ स्वर्ग-राज्य हाम्रो हुने भएकोले हो ।

परिवारको खुशी नै मानव-जातिको खुशी

‘घरचाहिँ बुबाको राज्य, आमाको संसार र सन्तानको स्वर्ग हो’ भन्ने एउटा भनाइ छ । योजस्तै, घरको परिवारका सदस्यहरूबीच गहिरो प्रेम र विचारशीलता भयो भने त्यो घर स्वर्ग बन्न सक्छ । परिवारका सदस्यहरू एकसाथ भेला भएर आराधना गर्ने, आपसमा कुराकानी गर्ने र प्रेमलाई व्यवहारमा लागू गर्न सक्ने गरी तयार पारिएको मासिक ‘खुशी परिवार’द्वारा हामीहरू पारिवारिक प्रेम र सञ्चारमा मद्दत पुऱ्याउँछौं । हामीहरू खुशी परिवारको निम्ति गोष्ठी, पारिवारिक खेलकुद जस्ता विभिन्न कार्यक्रमहरूमार्फत पारिवारिक मेलमिलाप प्रर्वद्धन गर्दछौं । सन्तहरूलाई घरमा आफूले निभाउनुपर्ने कर्तव्यबारे बोध गराएर एक-अर्कालाई कृतज्ञता व्यक्त गर्न प्रोत्साहन दिँदै खुशी परिवार बनाउन मद्दत गर्दछौं ।

मासिक ‘खुशी परिवार’

‘खुशी परिवार’चाहिँ पारिवारिक खुशी र सञ्चारको निम्ति प्रकाशन गरिने मासिक पत्रिका हो । परमेश्वरको प्रेमभित्र बुबा-आमा, छोरा-छोरी तथा दाजुभाइ-दिदीबहिनीहरूले एक-अर्कालाई बुझिदिँदै, हेरचाह गर्दै खुशी परिवार बनाउँछन् ।

पद तथा जिम्मेवारी प्राप्त व्यक्ति र शिक्षकहरूको प्रशिक्षण

माताको मनद्वारा दाजुभाइ-दिदीबहिनीहरूको हेरचाह गर्ने ‘माताको नेतृत्व’

परमेश्वरले सधैँ हामीलाई सेवा गर्नुभएजस्तै, पद तथा जिम्मेवारी प्राप्त व्यक्ति र शिक्षकहरूले आत्मिक दाजुभाइ-दिदीबहिनीहरूको सेवा गरेर परमेश्वरको प्रेमलाई व्यवहारमा लागू गर्न सक्ने गरेर नियमित प्रशिक्षणको आयोजना गर्ने गरिन्छ । मण्डलीचाहिँ परमेश्वरको आराधना गर्ने ठाउँ र स्वर्गीय परिवारहरू साथमा रहने आत्माको विश्रामस्थल हुनुको कारण नै यहाँ माताको प्रेम पोखिने भएकोले हो । हामीहरू पद तथा जिम्मेवारी प्राप्त व्यक्तिहरू लगायत सबै सन्तहरूलाई माताको मनद्वारा एक-अर्काको रेखदेख गर्ने, सेवा गर्ने र प्रेम गर्ने ‘माताको नेतृत्व’ सिकेर व्यवहारमा लागू गर्न मद्दत गर्दछौं । योद्वारा हामीहरू परमेश्वर सबैभन्दा खुशी हुनुहुने एकता र मेलमिलाप कायम राख्न सक्छौं ।

पादरी कर्मचारीहरूको प्रशिक्षण

पद तथा जिम्मेवारी प्राप्त व्यक्तिहरूको प्रशिक्षण

युवा तथा विद्यार्थीका शिक्षकहरूको प्रशिक्षण

साना तथा ठूला बालबालिकाका शिक्षकहरूको प्रशिक्षण

युवाहरूका निम्ति चरित्र शिक्षा

भविष्यका कर्णधार क्याम्पस विद्यार्थी, सैन्य कर्मचारी र जागिरे युवाहरूले सच्चित्र लिएर एक आशापूर्ण विश्वव्यापी गाउँ निर्माण गर्न सक्ने गरी हामीहरू विभिन्न चरित्र शिक्षा कार्यक्रमहरूको आयोजना गर्दछौं । नव सत्र प्रशिक्षण, सांस्कृतिक कार्यक्रम, हिलिङ सेमिनार, विदेशी संस्कृति अनुभवजस्ता विभिन्न गतिविधिहरूद्वारा युवाहरूले परिवार तथा समाजमा सुकर्म गर्दै समाज विकास र मेलमिलापमा योगदान पुऱ्याउनुको साथै विश्वव्यापी दृष्टिकोणबाट संसारसँग सञ्चार कायम राख्दछन् ।

किशोर-किशोरीहरूका निम्ति चरित्र शिक्षाकिशोर-किशोरीहरूका निम्ति चरित्र शिक्षा

किशोर-किशोरीहरूको व्यक्तित्व, चरित्र, मान्यता र भविष्यचाहिँ उनीहरूले आफूलाई कुन कुराले भर्छन् भन्ने कुरामा निर्भर हुन्छ । उनीहरूले सच्चरित्र र चेतना शक्तिद्वारा जीवनको मूल्यलाई महसुस गरेर आफ्नो क्षितिजलाई अझ फराकिलो बनाउन सक्ने गरी हामीहरू उनीहरूलाई स्थलगत भ्रमण, स्वयंसेवा गतिविधि र चरित्रसम्बन्धी विशेष शिक्षामा सहभागी हुन मद्दत पुऱ्याउँछौं । किशोर-किशोरीहरूले हिउँद र ग्रीष्ममा आयोजना हुने शिविरद्वारा भाषा, शिष्टाचार सिक्नुको साथै विभिन्न संस्था, प्रदर्शनी, अर्केस्ट्रा कन्सर्ट र स्वयंसेवा गतिविधिहरूको अनुभव गर्दै अरूप्रति विचारशील हुन सिक्छन् ।