समाज सेवा

परमेश्वरको मण्डलीले अमूल्य जीवन बचाएर कष्टलाई सँगै जित्दै विश्व-शान्ति र मानव-जातिको खुशी निर्माण गर्दछ ।

माताको प्रेमभित्र सबै जना खुशी हुने संसार

परमेश्वरले सृष्टि गर्नुभएको पृथ्वीचाहिँ सम्पूर्ण मानव-जातिलाई प्रदान गर्ने जीवनको घर हो । यसभित्र एकसाथ जिउने मानव-जातिहरू सबै एकै परिवारजस्तै हुन् । तर विश्वभरि युद्ध, अनिकाल, महामारी इत्यादिले ग्रसित भएर पीडामा गुज्रिरहेका मानिसहरूको सङ्ख्या वर्षैपिच्छे बढ्दो छ । अनपेक्षित सामाजिक, आर्थिक र वातावरणीय प्रकोपहरूले जीवन, शिक्षा, स्वास्थ्य र वातावरण जस्ता मानव-जातिको आधारभूत अधिकारलाई चेताउनी दिँदै मानव-जातिको अस्तित्वलाई समेत जोखिममा पारिरहेको छ । परमेश्वरको मण्डलीले सारा मानव-जातिका निम्ति स्वस्थ र हर्षपूर्ण संसार, आमाको काखजस्तै न्यानो र शान्तिमय संसार बनाउने लक्ष्य लिएको छ ।

आमाको प्रेम
जीवन उद्धार
मानव अधिकार संरक्षण
मानव एकता
वातावरण संरक्षण
मानव शान्ति र खुशी

व्यावहारिक विचार

आमाको प्रेम नै खुशीको स्रोत

आजको विश्वव्यापी गाउँका परिवारहरूलाई अत्यावश्यक कुरा भनेको नै आमाको प्रेम हो । दिने प्रेम, सुन्दर मन, परिवारमा आमाको प्रेम र रुचि, विचारशीलता र बलिदानले परिवारमा शान्ति र एकता ल्याएजस्तै, विपत्ति र द्वन्द्वले भरिएको यो संसार माताको प्रेमले भरिएमा मानव-जातिले अनन्त खुशी र शान्ति प्राप्त गर्न सक्नेछन् ।

मानिस परिवर्तन त संसार परिवर्तन

मानव-समाजको सबैभन्दा सानो एकाइ ‘मानिस’ । मानिस परिवर्तन भएमा उसको परिवार परिवर्तन हुनेछ, अनि समाज, सहर र देश गर्दै पूरै संसार परिवर्तन हुनेछ । परिवारको केन्द्र हुनुभएकी ‘आमा’को प्रेमद्वारा हामीहरू, प्रत्येक व्यक्तिलाई खुशीपूर्ण परिवर्तन प्रदान गर्दछौं, र परिवर्तन भएका मानिसहरू सबै मिलेर खुशीपूर्ण संसार निर्माण गर्दछौं ।

परमेश्वरको मण्डलीले SDGsसँग सहकार्य गर्दछ ।

यूएन दिगो विकास लक्ष्यहरू(SDGs)को मुख्य उद्देश्य नै मानव शान्ति र खुशी हो । परमेश्वरको मण्डलीले अन्तर्राष्ट्रिय सङ्गठनहरू, सरकारी निकायहरू, सामाजिक संघ-संस्थाहरू र स्थानीय समाजसँग सहकार्य गर्दै SDGsलाई समर्थन गर्दछ ।

SDGs(Sustainable Development Goals, दिगो विकास लक्ष्यहरू)

यूएन दिगो विकास लक्ष्यहरू भनेको मानव-जातिको दिगो विकासको निम्ति सन् २०१५मा यूएनले अपनाएको एजेन्डा र अन्तर्राष्ट्रिय समुदायका साझा लक्ष्यहरू हुन् । यसमा ‘कसैलाई पनि नछुटाऔं’ भन्ने विचारधारा लगायत गरीबी, रोग, शैक्षिक मामिला, वातावरण विनाश र आर्थिक मन्दी इत्यादि मानव-जातिले सामना गरिरहेका विभिन्न समस्याहरू उन्मूलन गर्नका लागि अन्तर्राष्ट्रिय समुदायले सन् २०३०सम्ममा लागू गरिसक्ने १७ वटा लक्ष्यहरू, १६९ वटा योजनाहरू र २३० वटा सूचाङ्कहरू समावेश छन् ।

SDGs कार्यान्वयन क्षेत्रहरू

परमेश्वरको मण्डलीले गर्ने समाज सेवा SDGsअनुरूप छ ।

विश्व शान्ति आपत्कालीन उद्धार प्रकोपबाट राहत, मर्मत सम्भार सेवा, राहत कोष तथा साजसामग्री अनुदान, निःशुल्क भोजन वितरण, प्रकोप पूर्वतयारीसम्बन्धी शिक्षा
गरीबी र अनिकाल उन्मूलन गरीब परिवारहरूलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण, किसानहरू, मछुवाहरू र पशुपालक कृषकहरूलाई सहयोग तथा रकम अनुदान
सफा पानी र स्वच्छता पानीको अभाव भएका देशहरूलाई पानी पम्प सहयोग, स्वच्छतामा सुधार
स्वास्थ्य कल्याण रक्तदान, उपचार सहयोग, स्वास्थ्य परामर्श, रोगको रोकथाम​​
कल्याण प्रर्वद्धन ज्येष्ठ नागरिकहरूका लागि सान्त्वनादायक भोज, निःशुल्क केश सिङ्गार सेवा, बुज्रुग र बहुसांस्कृतिक परिवारहरूलाई सहयोग, छिमेकीहरूका लागि प्रदर्शनी, अर्केस्ट्रा कन्सर्ट, क्षेत्रीय तथा राष्ट्रिय कार्यक्रमहरूमा समर्थन, सार्वजनिक नियम क्याम्पेन, किसान, मछुवा तथा पशुपालक कृषकहरूलाई सहयोग
गुणस्तरीय शिक्षा प्रकोपले क्षतिग्रस्त विद्यालयका भवनहरू पुनर्निर्माण, शैक्षिक सुविधा तथा सामग्री अनुदान, विद्यालयको माहोल सौन्दर्यीकरण, पढाइ खर्च सहयोग, चरित्र शिक्षा
वातावरण संरक्षण स्थानीय वातावरण सुधार, पारिस्थितिक प्रणाली संरक्षण, जलवायु परिवर्तन प्रतिक्रिया, वातावरण संरक्षण क्याम्पेन
अपराध न्यूनीकरण विश्वव्यापी अपराध न्यूनीकरण क्याम्पेन
साझेदारी SDGs कार्यान्वयनका लागि विश्वव्यापी फोरम, MOU हस्ताक्षर, बैठक, समर्थन हस्ताक्षर, समर्थन क्याम्पेन

विश्वव्यापी स्वयंसेवाको वर्तमान अवस्था

परमेश्वरको मण्डलीले देश र समाजमा वातावरण संरक्षण गर्नुको साथै विपन्न छिमेकीहरूलाई आशा र साहस प्रदान गर्दै विविध स्वयंसेवा कार्यहरू गर्ने गर्दछ । मण्डलीका सन्तहरू मात्र नभएर उनीहरूका परिवार, छिमेकी, साथी, चिनाजाना र सबै वर्गका मानिसहरू पनि यो कार्यमा सहभागी भइरहेका छन् ।

१०२
सहभागी देश
१५,८६६ पटक
कार्यक्रमको सङ्ख्या
२३,३१,०५८ जना
सहभागी सङ्ख्या
(सन् २०१७ नोभेम्बरसम्म)

उपलब्धिहरू

विश्वमा दिगो शान्तिको जग बसाल्दै

  • अन्तर्राष्ट्रिय कार्यक्रम सफल पार्नलाई गरिएको समर्थन
  • देश-देशबीच संस्कृति आदानप्रदान
  • अन्तर्राष्ट्रिय समस्या समाधानको निम्ति सहकारिता तथा सञ्चार सुधार

दिगो विकास लक्ष्यहरू(SDGs) कार्यान्वयनका लागि समर्थन

  • गरीबी तथा अनिकाल उन्मूलन, रोग रोकथाम तथा उपचार, प्रकोप पीडितहरू तथा असुरक्षित सामाजिक समूहको मानव अधिकार संरक्षण, र बालबालिका तथा युवा शिक्षाको लागि समर्थन
  • जलवायु परिवर्तन प्रतिक्रिया, वातावरण, स्वच्छता तथा खानेपानीको गुणस्तरमा सुधार, वन फँडानीको कडा प्रतिकार

समाज र देश विकासको निम्ति सहयोग

  • क्षेत्रीय विकास तथा वातावरण सुधार
  • क्षेत्रीय समस्याहरू समाधान
  • सार्वजनिक-निजी सहकारिता तथा सर्वसाधारणको एकता

पारिवारिक खुशी र छिमेकी एकताको प्रवर्द्धन

  • स्वयंसेवामा परिवार र छिमेकीहरूको सहभागिता विस्तार
  • पारिवारिक कार्यक्रम र सांस्कृतिक गतिविधिहरू साझा
  • छिमेकीप्रतिको विचारशीलता प्रवर्द्धन

बालबालिका तथा युवाहरूको चरित्र निर्माण

  • आत्मसम्मानमा सुधार, पारिवारिक प्रेम प्रवर्द्धन
  • ज्ञान विस्तार, परोपकारितामा सुधार
  • साथीहरू र पीढीहरूबीच सञ्चार सुधार
  • सामाजिकता बीजारोपण

नागरिकहरूमा चेतनाको विकास

  • विभिन्न पृष्ठभूमिका मानिसहरूलाई स्वयंसेवामा सहभागी हुन प्रोत्साहन
  • अरूप्रतिको विचारशीलतामा सुधार
  • वातावरण संरक्षणसम्बन्धी जनचेतना जागरण
  • विश्वव्यापी गाउँमा चेतना बीजारोपण