ओसिनिया

अस्ट्रेलिया, न्यू जिल्यान्ड र समुद्रमा टिकटिक थोप्ला बनाएका टापूहरूको देशसम्मै जीवनको पानी बग्दछ ।

Oceania

दक्षिणी प्रशान्त महासागरलाई स्वर्गीय माताले पठाइदिनुभएको उपहार

ओसिनिया महादेशमा १५ वर्षको छोटो मिसन कार्यको बाबजुद पनि अस्ट्रेलिया, न्यू जिल्यान्ड, पापूवा न्यू गिनी र सामोआ, टोङ्गा, किरिबाती जस्ता दक्षिणी प्रशान्त महासागरका साना टापूका देशहरूमा समेत परमेश्वरको मण्डलीले शाखा मण्डली स्थापना गरेको छ । बहुजाति, बहुधर्म, बहुसंस्कृति भएको ओसिनियामा सुसमाचार विस्तार गराउने प्रवर्तक नै सारा मानव-जातिलाई एउटै परिवार मान्नुहुने माताको प्रेम हो । भूकम्पले क्षतिग्रस्त न्यू जिल्यान्डको क्राइस्टचर्चमा पुगेर अरूको कामलाई आफ्नै कामझैँ ठान्दै मर्मत-सम्भारको कार्य गरिरहेका परमेश्वरको मण्डलीका सन्तहरूलाई देखेर त्यहाँका मेयरले “स्वर्गीय माताको उपहार” भने ।

दु:खित र निराश भएकाहरूलाई खुशी र आशा उपहारस्वरूप प्रदान गर्नुहुने माताको प्रेमले ओसिनिया महादेशका राष्ट्रहरूलाई एक बनाउँदछ ।