स्वास्थ्य तथा कल्याण
स्वस्थ र खुशी जीवनको निम्ति
स्वास्थ्य तथा कल्याण प्रवर्द्धन गर्न हामी कटिबद्ध छौं ।
दरिद्रताभित्र अनेक रोगले ग्रस्त मानिसहरूलाई हामी स्वास्थ्य र चिकित्सा सहयोग गर्दछौं । रगतको अभावले गर्दा जीवन जोखिममा परेकाहरूलाई हामी विश्वव्यापी रक्तदान अभियानद्वारा सहयोग गर्दै सबैको सुस्वास्थ्यको निम्ति प्रयत्न गर्छौं ।
रक्तदान अभियान
- रक्तदान
- रक्तदाता-कार्ड हस्तान्तरण
चिकित्सा सहयोग
- प्रकोप पीडितहरूलाई चिकित्सा सहयोग
- शल्यक्रिया खर्च सहयोग
- औषधी तथा चिकित्सा सामग्री सहयोग
- निःशुल्क उपचार
चिकित्सा सुविधा सहयोग
- बाल अस्पतालको निम्ति अनुदान कार्यक्रम
- चिकित्सा सुविधा सरसफाइ
- चिकित्सा केन्द्रका लागि सांस्कृतिक कार्यक्रम
रोग रोकथाम
- स्वास्थ्य परामर्श
- रोग रोकथाममा सहयोग
- खोप लगाउन सहयोग
जीवन बचाउन रक्तदान अभियान
विश्वव्यापी परमेश्वरको मण्डलीबाट निरन्तर आयोजना गरिने रक्तदान अभियानले रगतको अभावमा परेकाहरूलाई ठूलो सहयोग पुग्नुको साथै व्यक्तिगत, सामाजिक र सांस्कृतिक पूर्वाग्रहलाई हटाएर अन्य मानिसहरूलाई पनि रक्तदानमा सहभागी हुन प्रेरित गर्दछ ।
निःशुल्क उपचार
हामी रक्तचाप जाँच, रगतमा चिनीको मात्रा परीक्षण तथा चिकित्सा परामर्श, दन्त उपचार, औषधी तथा चिकित्सा सामग्री सहयोग गर्दछौं ।
प्रकोप पीडितहरूलाई चिकित्सा सहयोग
हामी भूकम्प, ज्वालामुखी विस्फोटन जस्ता प्रकोप पीडितहरूलाई चिकित्सा सहयोग प्रदान गर्दछौं ।
चिकित्सा सुविधा सहयोग
हामी बिरामीहरूलाई स्वास्थ्यलाभ तथा उपचारमा सहयोग गर्न चिकित्सा केन्द्रहरूमा सांस्कृतिक कार्यक्रमहरू गर्नुका साथै बालबालिकाहरूका लागि खेलौना र कम्बल वितरण गर्दछौं ।