साझेदारी

विश्वव्यापी गाउँको आशापूर्ण भविष्यको निम्ति सहकार्य

परमेश्वरको मण्डलीले प्रत्येक देशको सरकारी निकाय, नगरपालिका, विश्वविद्यालय इत्यादि संस्थाहरूसँग वातावरण संरक्षण, मानव अधिकार संरक्षण, शैक्षिक समर्थन र यूएन दिगो विकास लक्ष्यहरू कार्यान्वयनका लागि निरन्तर सहकार्य गर्दछ । हामी ७ अरब मानव-जातिको आशापूर्ण भविष्य र दिगो विकासको निम्ति विश्वव्यापी समाजसँग आपसी समझदारी र सद्भाव कायम राख्दछौं ।

यूएनको केन्द्रीय आपत्कालीन राहत कोषको उच्चस्तरीय सम्मेलनमा पहिलो पटक मण्डलीलाई आमन्त्रण

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छलको वक्तव्य

सन् २०१६ डिसेम्बर १३मा अमेरिकास्थित यूएनको मुख्यालयमा आयोजित यूएन केन्द्रीय आपत्कालीन राहत कोष(Central Emergerncy Response Fund)को उच्चस्तरीय सम्मेलनमा परमेश्वरको मण्डलीलाई आमन्त्रण गरियो । मन्त्रीहरू, सदस्य राष्ट्रका प्रतिनिधिहरू र यूएनसम्बद्ध सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त सम्मेलनमा मण्डलीका प्रतिनिधिलाई आमन्त्रण गरिएको यो पहिलो पटक थियो । योद्वारा परमेश्वरको मण्डलीका नि:स्वार्थ स्वयंसेवा गतिविधिहरूलाई यूएनले उच्च मान्यता दिएको प्रष्ट हुन्छ ।

यूएनको केन्द्रीय आपत्कालीन राहत कोष

हाइटी भूकम्प पीडितहरूका निम्ति अनुदान हस्तान्तरण

सन् २०१०मा, भयानक भूकम्पले क्षतिग्रस्त दक्षिण अमेरिकाको हाइटीलाई मद्दत गर्नको निम्ति आयोजित मसीह अर्केस्ट्रा च्यारिटी कन्सर्टमा ८,००० जनाभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो । सोही वर्षको जूनमा महासचिव पास्टर गिम जु छलले यूएनको केन्द्रीय आपत्कालीन राहत कोषलाई १ लाख अमेरिकी डलर सहयोग रकम हस्तान्तरण गर्नुभयो । यूएनले बैठक बस्नको लागि अनुरोध गरेर सहकार्यको प्रस्ताव राखेको थियो ।

यूएन दिगो विकास लक्ष्यहरू(UN SDGs) कार्यान्वयनको निम्ति
MOU हस्ताक्षर

सान्टो आन्द्रे नगरपालिका, ब्राजिल
२०१७-०७-१८
स्वाने नगर, गणतन्त्र दक्षिण अफ्रिका
२०१७-०७-२७
रायपुर नगर, भारत
२०१७-०८-०२
बैङ्गलोर नगर, भारत
२०१७-११-१६
ग्वाइआनाजिस वडा कार्यालय, साओ पाउलो, ब्राजिल
२०१७-०७-२७
खान ओल वडा कार्यालय, उलानबटोर, मङ्गोलिया
२०१७-०७-२४
राष्ट्रिय रक्त केन्द्र, मङ्गोलिया
२०१७-०७-२४
राष्ट्रिय जीव विज्ञान विश्वविद्यालय, मङ्गोलिया
२०१७-०७-२४
सेन्ट जोसेफ विश्वविद्यालय, बैङ्गलोर, भारत
२०१७-०८-०१
कालिङ्गा विश्वविद्यालय, रायपूर, भारत
२०१७-०८-०२

UN SDGs कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय साझेदारी

यूएन दिगो विकास लक्ष्यहरू(UN SDGs)को बुझाइलाई प्रवर्द्धन गर्न र विश्वविद्यालय विद्यार्थीहरूलाई सक्रियतापूर्वक कार्य गर्न प्रोत्साहन दिनको निम्ति हामीले कोरिया लगायत अमेरिका, पेरु, मेक्सिको, ताइवान, भारत, अर्जेन्टिना, फिलिपिन्स इत्यादि १० देशका ११ वटा क्षेत्रहरूमा अन्तर्राष्ट्रिय फोरमको आयोजना गऱ्यौं । योद्वारा हामीहरू चुनौती र जोशको मनस्थिति लिएका विश्वविद्यालय विद्यार्थीहरूको क्रियाकलापलाई अझ व्यवस्थित गर्दै, थुप्रै संस्थाहरूसँग साझेदारी गर्दै कार्यान्वयन गर्ने इच्छाशक्तिलाई प्रबल बनाउँछौं ।

यूएन SDGs विभागसँगको बैठक

अमेरिकाको भ्रमण गरेका ASEZ सदस्यहरूले न्यू योर्कस्थित यूएन प्रधान कार्यालयको भ्रमण गरेर यूएन SDGs विभागका अधिकारीहरूसँग बैठक बसी SDGs कार्यान्वयन गर्ने योजनाबारे छलफल गरे । उनीहरूले वासिङटन डी.सी.मा भएको ५ वटा अफ्रिकी राजदूतावासहरूको भ्रमण गरे, अनि देशको सहकार्य गतिविधिबारे गरिएको छलफलपछि प्रत्येक राजदूतावासले ASEZको गतिविधिमा सक्रिय समर्थन जनाउने वाचा गरे ।

नेपालमा भूकम्पले क्षतिग्रस्त ठाउँमा मर्मत-सम्भार तथा MOU हस्ताक्षर

सन् २०१५मा ७.८ रेक्टर स्केलको महाभूकम्पद्वारा जीवनको आधार तहसनहस भएको नेपालमा, परमेश्वरको मण्डलीका सन्तहरूले तनमन लगाएर मर्मत-सम्भार लगायत राहतका गतिविधिहरू सञ्चालन गरे । यसको अतिरिक्त, भूकम्पले क्षतिग्रस्त विद्यालयहरू पुनर्निर्माण गर्नको निम्ति नेपाल शिक्षा मन्त्रालयसँग सम्झौता ज्ञापन पत्र(MOU) हस्ताक्षर गरियो । अनि ‘मदर्स स्कूल(Mother's School)’ परियोजनाद्वारा, महाभूकम्पले भत्केका २ वटा विद्यालय भवनहरू पुनर्निर्माण भए ।

सन् २०१६ नोभेम्बरमा महासचिव पास्टर गिम जु छलले नेपालको भ्रमण गर्नुभएर काभ्रेमा निर्मित श्री भवानी निम्न माध्यमिक विद्यालयको समापन र अनुदान समारोहमा सहभागिता जनाउनुभयो । हामीले नयाँ कक्षाकोठाका साथै सफा टेबिल, सेतोपाटी जस्ता शैक्षिक सामग्रीहरू वितरण गर्दै नेपालका विद्यार्थीहरूको सपना र भविष्यको समर्थन गऱ्यौं ।

भूकम्पले क्षतिग्रस्त विद्यालय पुनर्निर्माण गर्न MOU हस्ताक्षर

नेपाल शिक्षा मन्त्रालय
२०१५-०७-२९
शिक्षा विभाग प्रमुख, भक्तपुर
डिल्ली राम रिमाल

“यहाँहरूले जोश र परिश्रमद्वारा नेपालका बालबालिकाहरूलाई सहयोग गर्न खोज्दैहुनुहुन्छ । म एकदमै आभारी छु । नेपाल सरकार र शिक्षा मन्त्रालयको तर्फबाट आज म विद्यालय भवन निर्माणको निम्ति सम्झौता ज्ञापन पत्र(MOU)मा हस्ताक्षर गर्दछु । नेपाल सरकारले यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।”

वातावरण सरसफाइ गर्न MOU हस्ताक्षर

काठमाडौं सहर, नेपाल
२०१५-०७-३१
काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत
रुद्र सिंह तामाङ

“यहाँहरूले ‘ग्रीन काठमाडौं’ भन्ने नाराअन्तर्गत एकजुट हुने एकदमै राम्रो प्रस्ताव राख्नुभएको छ । काठमाडौंमा अध्ययनरत नेपालको भविष्यका कर्णधार हाम्रा विद्यार्थीहरूलाई पनि सुखद् भविष्यको निम्ति स्वयंसेवा गतिविधिमा लागिपर्न सक्ने गरी यहाँहरूले एकदमै सुन्दर प्रभाव छोड्नुहुनेछ ।”

वातावरण सरसफाइ कार्यान्वयन सम्झौता(IA) हस्ताक्षर

त्रिभुवन विश्वविद्यालय, काठमाडौं, नेपाल
२०१५-०७-३१
वातावरण विज्ञान विभागका प्राध्यापक, त्रिभुवन विश्वविद्यालय
केदार प्रसाद रिजाल

“भविष्यमा नेपालको वातावरणसम्बन्धी समस्याहरू एकसाथ समाधान गर्न कोरिया र नेपाल दुवैको ज्ञान राम्ररी आदानप्रदान गर्दै सुकर्महरू गर्न सक्छौं जस्तो लाग्छ । कोरियाबाट पाल्नुभएका विश्वविद्यालय विद्यार्थीहरूलाई धन्यवाद दिन चाहन्छु ।”