क्याम्पेन

वातावरण सरसफाइ अभियान

विश्वव्यापी गाउँलाई सफा गरेर खुशी संसार निर्माणका लागि हामीहरू एकसाथ कार्य गर्दछौं ।

रक्तदान अभियान

जीवन बचाउनको निम्ति विश्वव्यापी गाउँका परिवारहरूको सुन्दर अभियान जारी छ ।

‘मदर्स स्ट्रीट’ परियोजना

हामीहरू माताको प्रेमद्वारा बाटोलाई सफा र उज्यालो बनाउँदछौं ।

एकसाथ अपराध न्यूनीकरण क्याम्पेन

विश्वव्यापी रूपमा अपराध न्यूनीकरण गरेर
हामीहरू सुरक्षित समाज र खुशी संसार निर्माण गर्दछौं ।

क्याम्पेन 01

वातावरण सरसफाइ अभियान

हामी जिइरहेको पृथ्वीको वातावरण सम्पूर्ण जीवित प्राणीहरूको घर हो । गम्भीर जलवायु परिवर्तन तथा वातावरण प्रदूषणले ग्रस्त पृथ्वीको वातावरणलाई सरसफाइ गरेर मूल्यवान् जीवन बचाउन हामी विश्वका ठाउँ-ठाउँमा वातावरण सरसफाइ अभियान गर्दछौं । “आफू बस्ने क्षेत्र साथै विश्वव्यापी गाउँलाई सफा गरेर खुशी संसार बनाऔं” भन्ने लक्ष्यका साथ विश्वभरिका सन्तहरूद्वारा आफ्नो देशको पहाड, समुद्र, नदी, नदी किनार, मार्ग, पार्क लगायत अन्य थुप्रै ठाउँहरूमा सरसफाइ गर्ने कार्य जारी छ । वर्षहरू बित्ने क्रममा हामीहरू वातावरणसम्बन्धी जनचेतना अझ जगाउँदैछौं, जसले गर्दा सर्वसाधारणहरूको सहभागिता पनि वृद्धि भइरहेको छ ।

सहभागी देश
१२०
कार्यक्रमको सङ्ख्या
५,५०४ पटक
सहभागी सङ्ख्या
६,१७,५५६

बाटो वातावरण सुधार

परिवार तथा छिमेकीहरू बसोबास गर्ने क्षेत्रको बाटो तथा पार्कलाई हामीहरू स्वच्छ र सफा बनाउँदछौं ।

४,५२,२६६जना सहभागी

पहाड तथा वन वातावरण सुधार

प्रकोपलाई रोक्ने र ताजा हावा प्रवाह गर्ने पहाड र वनको हामी सुरक्षा गर्दछौं ।

१२,७०७जना सहभागी

जल वातावरण सुधार

अमूल्य पानीलाई संरक्षण गर्नु भनेको मानव-जीवन बचाउनुजस्तै हो ।

१,५२,५८३जना सहभागी
क्याम्पेन 02

निस्तार-चाडको प्रेम, जीवन दिने प्रेम, विश्वव्यापी रक्तदान अभियान

मानव-जातिलाई अनन्त जीवन दिन क्रूसमा बलिदान हुनुभएर नयाँ करार निस्तार-चाड स्थापना गरिदिनुभएका ख्रीष्टको प्रेमको अनुकरण गर्दै हामी ‘निस्तार-चाडको प्रेम, जीवन दिने प्रेम, विश्वव्यापी रक्तदान अभियान’ गर्दछौं । भाषा र संस्कृति फरक भएका अन्य देशहरूमा पनि दुर्घटनाका कारण अनि ब्लड क्यान्सरजस्ता रोगका कारण रक्तक्षेपणको आवश्यकता परेकाहरूको अमूल्य जीवन बचाउनमा सहयोग गर्दछौं । यसले रक्तदानसम्बन्धी सामाजिक अथवा सांस्कृतिक पूर्वाग्रहलाई हटाउनुको साथै जीवन बचाउने कार्यमा अरूहरूलाई पनि सहभागी हुन प्रेरित गर्दछ ।

सहभागी देश
१२०
कार्यक्रमको सङ्ख्या
८२४ पटक
सहभागी सङ्ख्या
१,६८,१४२ जना
रक्तदाता
७०,३२५

व्यक्तिवाद हाबी भएको आधुनिक समाजमा रक्तदानद्वारा जीवन बाँड्न अग्रसर

सन् २०१५को अगस्टमा संयुक्त राज्य अमेरिकाको न्यू योर्कमा बृहत् रूपले रक्तदान कार्यक्रम आयोजना गरियो । वासिङटन डी.सी. लगायत न्यू योर्क, न्यू जर्सी, पेन्सिल्भेनिया जस्ता संयुक्त राज्य अमेरिकाका पूर्वी राज्यहरूबाट कुल १,६३० जना सहभागीहरूमध्ये ८७ प्रतिशत अर्थात् १,४१४ जना रक्तदाताहरूद्वारा अहिलेसम्मकै कीर्तिमान तोड्ने परिणाम प्राप्त भयो ।

“जीवन बचाउन वर्षभरि पनि यति धेरै मात्रामा रक्तदान गर्ने समूह खासै छैन । आज यहाँहरू र यहाँहरूको समूहले गर्नुभएको कार्यले, पीडामा गुज्रिरहेका धेरै मानिसहरूलाई जीवनको उपहार प्रदान गर्नेछ । यहाँहरूको जस्तो सारा मन, हेरचाह र बलिदानको मनस्थितिचाहिँ समाजमा सजिलै भेट्टाउन सक्ने कुरा होइन ।”

रक्त बैंकका कर्मचारी / न्यू योर्क, संयुक्त राज्य अमेरिका
क्याम्पेन 03

‘मदर्स स्ट्रीट’ परियोजना

‘मदर्स स्ट्रीट’ वातावरण सरसफाइ अभियानचाहिँ परिवारको स्वास्थ्य र खुशीको निम्ति समर्पित हुने आमाको मनद्वारा पृथ्वीको परिधि रहेको ४०,००० कि.मि. सरसफाइ गर्नुका साथै यस विश्वव्यापी गाउँलाई आमाको काखजत्तिकै प्रेम र खुशीले भरिएको ठाउँ बनाउने विश्वव्यापी वातावरण संरक्षण परियोजना हो ।

संयुक्त राज्य अमेरिका, कोरिया, अस्ट्रेलिया, फ्रान्स, मङ्गोलिया, कम्बोडिया, भारत, गणतन्त्र दक्षिण अफ्रिका, पेरु, ब्राजिल इत्यादि थुप्रै महादेशका असङ्ख्य देशहरू यो क्याम्पेनमा सहभागी भइरहेका छन् । यसले विश्वका प्रत्येक देशको वातावरण चेतनामा सुधार ल्याउनुको साथै वातावरण संरक्षण गतिविधिहरूमा मानिसहरूलाई सहभागी हुन प्रेरित गरिरहेको छ ।

मदर्स स्ट्रीट १ कि.मि.

वातावरण सुधार गर्न आवश्यक पर्ने १ कि.मि. सडकलाई हामी ‘मदर्स स्ट्रीट’ तोकेर नियमित रूपमा सरसफाइ गर्ने गर्छौं ।

पृथ्वीको परिधि ४०,००० कि.मि.

हामी फोहोर बाटोलाई सफा गर्छौं,
र अँध्यारो बाटोलाई उज्यालो बनाउँछौं ।

क्याम्पेन 04

एकसाथ अपराध न्यूनीकरण क्याम्पेन

‘माताको प्रेम’द्वारा अपराधलाई न्यूनीकरण गरेर सुरक्षित समाज एवम् उज्ज्वल र स्वस्थ संसार निर्माण गरौं भन्ने हेतुले हामीहरू प्रत्येक देशमा ‘एकसाथ अपराध न्यूनीकरण’ क्याम्पेन गर्दछौं । हामी फोरम र गोष्ठीहरूद्वारा यस क्याम्पेनबारे जनचेतना जगाउँछौं, वातावरण डिजाइनद्वारा अपराध रोकथाममा सहयोग पुऱ्याउँछौं, सार्वजनिक नियम पालना अभियान क्याम्पेन गर्छौं, र अपराध रोकथाम प्रणाली स्थापना गर्न विश्वव्यापी साझेदारी निर्माण गर्छौं । त्यसको साथै अरूप्रति विचारशील हुन र अरूसँग बातचीत गर्न हामी थुप्रै मानिसहरूलाई प्रोत्साहन दिने गर्छौं ।

जनचेतना जागरण अभियान

1. विद्यार्थीहरूका लागि अपराध रोकथाम शिक्षा
2. अपराध रोकथामका लागि फोरम तथा गोष्ठी

व्यावहारिक गतिविधि

1. अपराध न्यूनीकरणका लागि वातावरण डिजाइन
2. सार्वजनिक नियम पालना क्याम्पेन

विश्वव्यापी साझेदारी

1. अपराध रोकथाम प्रणाली निर्माण गर्न साझेदारी
2. अन्तर्राष्ट्रिय सङ्गठन, सरकारी निकाय तथा संघ-संस्था र गैर सरकारी सङ्गठनहरूसँग निरन्तर सहकारिता