समाज सेवा सम्मेलन
महादेश, देश, र सहरअनुसार नजिकैका मण्डलीहरूले आपसमा शक्ति बटुलेर आफ्नो समुदायलाई सहयोग गर्नको निम्ति विभिन्न तरिकाहरू खोज्दछन् ।
पृथ्वीलाई बचाएर मानव-जातिको भविष्य जोगाउन प्रयत्न
परमेश्वरको मण्डली स्थापना भएका देश र क्षेत्रलाई केन्द्रित गरेर सबै वर्गका सन्तहरूले विभिन्न किसिमका स्वयंसेवा गतिविधिहरू गर्दै छिमेक र समाजमा सहयोग पुऱ्याइरहेका छन् । यस्तो स्वयंसेवाको गतिविधिलाई अझ सक्रिय र प्रभावकारी ढङ्गले अगि बढाउनको निम्ति हामीहरू स्वयंसेवासम्बन्धी विभिन्न उपाय र उत्तम राय बाँड्नुको साथै विकासको निर्देशन तय गर्न सम्मेलनको आयोजना गर्दछौं ।
सम्मेलनमार्फत हामी सहयोगको खाँचो पर्ने ठाउँहरूमा सूचना बाँड्दै नयाँ रायहरू सङ्कलन गरेर उत्कृष्ट उदाहरणहरू प्रस्तुत गर्दछौं । प्रत्येक देशका सरकार, नगरपालिका, विश्वविद्यालय र संस्थाहरूसँग मात्र नभएर अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग छलफल गर्दै हामीहरू परमेश्वरको प्रेमलाई कार्यान्वयन गर्न र निराशामा डुबेका विश्वका छिमेकीहरूलाई सहयोग गर्न असल तरिकाको खोजी गर्दछौं ।