Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी
विश्वका विभिन्न क्षेत्रका विशेषज्ञहरूले पिता परमेश्वर मात्र होइनकि माता परमेश्वर पनि अस्तित्वमा हुनुहुन्छ भन्ने यथार्थतालाई
बाइबल र विभिन्न अध्ययनहरूको आधारमा गवाही दिने अन्तर्राष्ट्रिय बाइबल गोष्ठी

बाइबल र विज्ञानले गवाही दिएको
माता परमेश्वरको अस्तित्व र आवश्यकता
विगत हजारौँ वर्षदेखि बाइबलविद्हरूले खोल्न नसकेका बाइबलको रहस्य ! त्यो रहस्यको चाबी नै ‘माता परमेश्वर’ हुनुहुन्छ भन्ने कुरा अन्तर्राष्ट्रिय बाइबल गोष्ठीमार्फत प्रकट भयो ।
अध्यात्मविद्या, विज्ञान, इतिहास, मनोविज्ञान, अन्तरिक्ष विज्ञान इत्यादि प्रत्येक क्षेत्रका विशेषज्ञहरूले बाइबल लगायत विशिष्ट उदाहरण र अनुपूरक प्रमाणको आधारमा माता परमेश्वरको अस्तित्व, प्रेम र भूमिकाको महत्त्वलाई गवाही दिँदछन् ।


























