WATV.org is provided in English. Would you like to change to English?

यूरोप

यूरोपचाहिँ ख्रीष्टियान धर्मको केन्द्रीय स्थलबाट यस पवित्र आत्माको युगको नयाँ करार प्रसारित स्थलको रूपमा परिवर्तन भइरहेको छ ।

Europe

नयाँ करार सुसमाचारको शक्तिले यूरोपलाई परिवर्तन गर्छ

प्रारम्भिक ख्रीष्टियान धर्मको केन्द्र रहेको यूरोप महादेशमा अहिले ख्रीष्टियानहरूको सङ्ख्या स्वात्तै घटेको छ । यो ठाउँमा यूरोपेलीहरूको मनको ढोका खोल्ने ‘मास्टर कि’ नै ‘माता परमेश्वर’ हुनुहुन्छ । अल्पसङ्ख्यक प्रौढ विश्वासीहरू मात्र मण्डली धाउने यूरोपको ख्रीष्टियान धर्मको वर्तमान अवस्थाभन्दा ठीक विपरीत परमेश्वरको मण्डलीमा चाहिँ अधिकांश युवाहरू र क्याम्पस विद्यार्थीहरू भएकाले यो मण्डली जोशले भरिपूर्ण छ । नि:स्वार्थ स्वयंसेवा गतिविधि गरेबापत सन् २०१६ बेलायती महारानी स्वयंसेवा अवार्ड प्राप्त गरेको बेलायतको परमेश्वरको मण्डलीले केन्द्रीय रूपमा जर्मनी, नेदरल्यान्ड, फ्रान्स आदि रहेको पश्चिमी यूरोप र हङ्गेरी, गणतन्त्र चेक, यूक्रेन आदि रहेको पूर्वी यूरोपमा सुसमाचारको सिमानालाई बिस्तार गरिरहेको छ । चिसो साइबेरिया रहेको रुसमा पनि माताको प्रेम फैलिरहेको छ ।