विश्वास र जीवन

खुशी परिवारको मिसन

परिवारसँग एक कदम अझ नजिक रहनको निम्ति सबै परिवारजनले सानो कुरालाई व्यवहारमा लागू गर्न एकसाथ प्रयत्न गर्नुहोस् ।

परिवारको ‘सानो इच्छा’ पूरा गरिदिने

परीकथाहरूमा प्रायः प्रमुख पात्रको इच्छा पूरा गरिदिने अलौकिक विशेषता लिएको कुनै पात्र हुन्छ । उक्त पात्रको सहयोगद्वारा प्रमुख पात्रले नयाँ जीवन जिउन वा सङ्कटबाट पार हुन र खुशी पाउन सक्छन् । यद्यपि योचाहिँ परीकथामा मात्र सम्भव हुने कुरा होइन । हामीले पनि थोरै मात्र कोसिस गऱ्यौं भने आफ्ना अमूल्य परिवारको…

​परिवारको प्रबल पक्ष बढाउने !

कुनै बीउ वा बिरुवा रोपेपछि त्यसलाई राम्ररी घाम र हावा आउने ठाउँमा राखेर हेरचाह गऱ्यो भने त्यो अझ बलियो गरी हुर्किन्छ । प्रेमको बीउ पनि उस्तै हो । परिवारमा प्रेम अभिव्यक्त गरिएन भने प्रेमको बीउ राम्ररी उम्रिएर बढ्न सक्दैन । प्रेमको बीउलाई उम्रिएर, फूल फुलेर फल फल्ने गराउनको निम्ति त्यसको…

परिवारसँग ग्राहकलाई जस्तै नम्र व्यवहार गर्ने !

खाना खानको लागि रेस्टुरेन्ट जाँदा वा पसलमा केही किन्न जाँदाखेरि त्यहाँका कर्मचारीहरूले यहाँहरूसँग नम्र व्यवहार गऱ्यो भने साँच्चै राम्रो लाग्छ नि । कुनै सामान खासै मन नपरेको भए पनि कहिलेकहीँ विक्रेताको व्यवहारले गर्दा त्यो सामान किनूँ-किनूँ लाग्ने अवस्था पनि हुन्छ । नम्र हुनु यतिसम्म प्रभावकारी हुन्छ भने यो महिना आफ्नो…

सँगै खेलौं, ‘खुशीको खेल’

सन् १९१३मा प्रकाशित अमेरिकी उपन्यास ‘पोलियाना’की प्रमुख पात्र पोलियानाचाहिँ जुनसुकै समयमा, जहाँ पनि र जस्तोसुकै कुरामा पनि खुशी खोज्ने अत्यन्तै सकारात्मक पात्र हुन् । उदाहरणका लागि, झ्यालको पर्दा नभएको बुइँगलमा बस्नुपर्दा उनी “झ्यालबाहिरको दृश्यलाई छेक्ने केही पनि नभएकोले साँच्चै राम्रो छ” भन्दै ज्यादै हर्षित भइन् । खाना खाने समयमा अबेर…

हाम्रो प्यारो घर ‘Sweet Home’

प्रेमलाई स्वादमा वर्णन गर्ने हो भने प्रेमको स्वाद कस्तो हुन्छ होला ? कोरियालीहरूले प्रायः मायालु नजरलाई ‘मह रसाउने आँखा’ भनेर भन्छन् । हनिमून र प्यारो घरजस्तै, प्रेम र खुशीलाई स्वादसँग तुलना गर्दा यसलाई अक्सर मिठासमा व्यक्त गरिन्छ । वास्तवमा ‘मीठो’ भनेको धेरै भाषाहरूमा राम्रो भन्ने अर्थ हो । पर्याप्त चिनीले…

म मेरो परिवारको समर्थक हुँ !

खेलकुद हेर्दाखेरि खेलाडीहरू जत्तिकै उत्साहित हुने मानिसहरू देख्न सकिन्छ । तिनीहरू नै समर्थकहरू हुन् । समर्थकचाहिँ कुनै विशेष समूह वा व्यक्तिलाई समर्थन वा प्रायोजन गर्ने मानिस, अथवा रङ्गशालामा खेलाडीहरूलाई हौसला दिने मानिस हो । समर्थकहरूको समर्थन र हौसलाचाहिँ खेलाडीहरूलाई बल र आत्मविश्वास प्रदान गरी खेललाई जिततर्फ डोऱ्याउने प्रेरक शक्ति बन्दछ…

राम्ररी अभिवादन गर्ने हाम्रो जीवन्त घर !

‘राम्रो अभिवादनले जीवनमा फरक पार्छ’ भन्ने एउटा भनाइ छ । सामाजिक सफलताको प्रसङ्ग उठ्दा ‘अभिवादन’लाई छुटाउन सकिँदैन । अभिवादनचाहिँ नम्र बन्ने तरिका मात्र नभएर आफ्नो सुन्दर भाव व्यक्त गर्ने र अर्को व्यक्तिप्रति रुचि दर्शाउने अभिव्यक्ति भएकोले अर्को व्यक्तिलाई त्यसले खुशी तुल्याउनेछ । यसकारण राम्ररी अभिवादन गऱ्यो भने काम पनि राम्रो…

परिवारको निम्ति टाइम क्याप्सूल [Time Capsule]बनाउने

गत वर्षमा यहाँहरूले आफ्नो परिवारसँगै के-कस्ता योजनाहरू बनाउनुभएको थियो ? नव वर्ष लाग्दाखेरि वर्षलाई अझ फलवन्त रूपमा बिताउनको लागि हामीहरू अनेकन योजनाहरू बनाउने गर्छौं । यद्यपि समय बित्दैजाने क्रममा सुरुको मन हराएर त्यो शिथिल बन्न पुग्छ । यो वर्षमा आफ्ना उद्देश्य र सङ्कल्पलाई लेखेर टाइम क्याप्सूल(भविष्यमा कसैलाई केही थाहा दिन…

पारिवारिक अवार्ड समारोह

प्रत्येक वर्षको अन्ततिर विभिन्न अवार्ड समारोहको आयोजना गरिन्छ । उक्त समारोहमा, आ-आफ्नो क्षेत्रबाट उल्लेखनीय कार्य गरेका र त्यति जस नपाए तापनि आ-आफ्नो ठाउँबाट अदृश्य रूपमा निरन्तर परिश्रम गरेका मानिसहरूलाई पुरस्कार तथा बधाई ज्ञापन गरिन्छ । जुनसुकै कार्यमा होस्, असल परिणामचाहिँ कुनै एक जना व्यक्तिद्वारा मात्र हासिल भएको हुँदैन । सबै…

परिवारको थकाइ दूर गर्ने

स्कूलको पढाइ, जागिर, घरायसी काम इत्यादिका कारण हाम्रो शरीर थाक्ने गर्छ । त्यो थकाइ लामो समयसम्म रहिरह्यो भने त्यसले शरीर र मन दुवैलाई नकारात्मक असर गर्न सक्छ । यसकारण त्यसलाई समयमै दूर गरिहाल्नुपर्छ । थकाइ दूर गर्ने विभिन्न माध्यमहरू त छन्, तर तीमध्येको सबैभन्दा शक्तिशाली एउटा माध्यम नै पारिवारिक प्रेम…

उत्साहजनक ‘पारिवारिक गीत’ रचना गर्ने !

गीतमा मानिसहरूलाई एकीकृत गर्ने शक्ति रहेको हुन्छ । धुन र ताल मिलाएर सबैले सँगै गीत गाएमा एक-अर्कामा आत्मीयता बढ्छ । खेलकुद समर्थकहरू तथा परेड गर्ने सेनाहरू एकसाथ गीत गाउँदै एकै मनका हुन्छन् । खेलकुद रङ्गशालामा हौसलाको गीत हुन्छ, अनि सैन्य क्षेत्रमा सेनाहरूको गीत हुन्छ । योजस्तै, परिवारमा पनि ‘पारिवारिक गीत’…

कलमद्वारा आफ्नो मन अभिव्यक्त गर्नुहोस् !

कम्प्यूटर र स्मार्टफोनको लोकप्रियता बढेसँगै हस्तलिखित अक्षरको परम्परा लोप हुँदैगएको छ । किबोर्ड वा टच स्क्रिनद्वारा सजिलै सन्देश र चिट्ठीहरू पठाउन सकिने भएकोले हिजोआज मानिसहरूले कलम वा पेन्सिल खासै प्रयोग गर्दैनन् । तर औँलाले थिचेर टाइप गरिने सुविधाजनक डिजिटल अक्षरहरूभन्दा हस्तलिखित अक्षरहरूले अर्को व्यक्तिलाई अझ धेरै प्रभावित तुल्याउँछ । हस्तलिखित…

परिवारको ‘गोप्य सहयोगी’ बनिदिने !

कसैले यहाँहरूको हेरचाह गरिदियो, यहाँहरूलाई खुशी तुल्यायो, र गाह्रो अवस्थामा खुशीसाथ सहयोग गर्न खोज्यो भने कस्तो लाग्छ त ? खुशी र हौसला मिल्नुको साथै मनोबल पनि बढ्छ नि ? यहाँहरूसँग त्यसो गरिदिने व्यक्तिहरू त पहिल्यैदेखि नै छन् । ती हुन् परिवार ! तर हामीहरू यो यथार्थतालाई प्रायः बिर्सने गर्छौं ।…

परिवारको भावनाको कदर गर्ने !

मानिसमा खुशी, नैराश्यता, रिस, अपेक्षा, डर र कृतज्ञता जस्ता धेरै भावनाहरू हुन्छ । ती भावनालाई कसरी हुन्छ अभिव्यक्त गर्ने मन पनि हुन्छ, अनि अरू कसैले त्यसको कदर गरिदियो भने स्थिरता र खुशी महसुस हुन्छ । हामीले आफ्ना भावनाहरूलाई जीवन्त रूपले अभिव्यक्त गर्दै एक-अर्काको भावनालाई बुझिदिएर स्वीकार्नुचाहिँ वार्तालापको मूलभूत आधार पनि…

शुभ प्रभात भनेर अभिवादन गर्ने !

विगतका दिनहरूमा, कोरियामा हरेक बिहान छोरा-छोरीले आफ्ना बुबा-आमालाई अभिवादन गर्नु शिष्टाचार थियो । उनीहरूले हातमुख धोएर सफा लुगा लगाएपछि बुबा-आमाकहाँ गएर अभिवादन गर्थे । त्यसपछि उहाँहरूको ओछ्यान मिलाइदिने अथवा हातमुख धुनलाई पानी लगिदिने गर्थे । अहिलेको व्यस्त आधुनिक समाजमा यस्तो चलन हराएको त धेरै भइसक्यो, तर अभिवादनको महत्त्व भने बद्‌लिएको…

घरमा ‘हाँसो उपकरण’ राख्ने !

उज्यालो मुस्कानले भरिएको अनुहारले आफूमा खुशीको बहार ल्याउनुको साथै हेर्ने व्यक्तिलाई समेत यसले खुशी दिलाउँछ । यसको साथै नजिकको व्यक्तिलाई प्रेम अभिव्यक्त गर्दै समर्थन र हौसला प्रदान गर्ने यो सबैभन्दा उत्तम तरिका पनि हो । अझ धेरै हाँस्नको निम्ति ‘हाँसो उपकरण’लाई आफ्नो घरको ठाउँ-ठाउँमा राखिहेरौं । ठूलो सोरले १० सेकेण्डभन्दा…

प्रेमले भरिपूर्ण प्रवेशद्वार बनाउने

“म आएँ ।” “राम्ररी गएर आउनुहोला !” “स्वागत छ, आज पनि धेरै परिश्रम गऱ्यौ !” योचाहिँ घर पस्दा सबैभन्दा पहिला र घरबाहिर निस्कँदा सबैभन्दा अन्तिममा गुज्रिने प्रवेशद्वार हो । अनि परिवारजनले एक दिनको काम सुरु गर्दा भेट्ने र बिदा हुने स्थान हुनुका साथै पाहुनाहरूमा घरप्रतिको पहिलो छाप पर्ने त्यस्तो स्थान…

“मेरो परिवार उत्तम छ !” भन्दै बूढी औँला उठाउने

भनिन्छ, प्रशंसाले ह्वेल माछालाई समेत नचाइदिन्छ । प्रशंसाले सुन्ने मानिसलाई खुशी दिलाउँछ, अनि समस्यामा परेका मानिसहरूलाई शक्ति प्रदान गर्छ । प्रशंसाचाहिँ मानिसहरूले खाने अर्को भोजन हो भन्न सकिन्छ । “राम्रो !” “उत्तम !” “तपाईं उत्कृष्ट हुनुहुन्छ !” बूढी औँला उठाउँदै प्रशंसाको बोली बोल्यो भने त्यसको प्रभाव दोबर हुन्छ । कहिलेकहीँ…

सबै जना मालिक भएको हाम्रो परिवार !

यदि एक जना व्यक्तिको डोरी तान्ने शक्ति १०० हो भने सिद्धान्तको हिसाबले दुई जनाको २०० हुन्छ, अनि ३ जनाको ३०० हुन्छ । तर tug of war(डोरी तान्ने खेल)द्वारा परीक्षण गरिहेर्दा दुई जना व्यक्तिले एकसाथ डोरी तान्दा प्रत्येकले ९३% शक्ति लगाएका, ३ जनाले एकसाथ डोरी तान्दा प्रत्येकले ८५% शक्ति लगाएका अनि…

हर्षपूर्ण हाइ फाइब !

खुशी अभिव्यक्त गर्नको निम्ति दुई जना व्यक्तिले हात उठाएर एक-अर्काको हत्केला पड्काउने प्रवृत्तिलाई हाइ फाइब(High Five) भनिन्छ । खेलकुदको दौरान खेलाडीहरूले टिम वर्क बनाउनको निम्ति प्राय: एक-अर्कालाई हाइ फाइब गर्ने गर्छन् । असल परिणाम ल्याएको टोलीले प्राय: हाइ फाइब गर्ने, हात मिलाउने र अँगालो हाल्ने जस्ता गतिविधिहरू गर्ने गरेको कुरा…