WATV.org is provided in English. Would you like to change to English?

प्रेमले भरिपूर्ण प्रवेशद्वार बनाउने

14,575 भ्यु
본문 읽기 4:24
현재 언어는 음성 재생을 지원하지 않습니다.

“म आएँ ।”

“राम्ररी गएर आउनुहोला !”

“स्वागत छ, आज पनि धेरै परिश्रम गऱ्यौ !”

योचाहिँ घर पस्दा सबैभन्दा पहिला र घरबाहिर निस्कँदा सबैभन्दा अन्तिममा गुज्रिने प्रवेशद्वार हो । अनि परिवारजनले एक दिनको काम सुरु गर्दा भेट्ने र बिदा हुने स्थान हुनुका साथै पाहुनाहरूमा घरप्रतिको पहिलो छाप पर्ने त्यस्तो स्थान पनि हो ।

घरको प्रवेशद्वार साँघुरो र सानो भए पनि त्यसको भूमिकाचाहिँ सानो छैन । परिवारको सदस्य बाहिर निस्कँदा हौसला दिने अनि फर्किआउँदा खुशीसाथ स्वागत गर्ने गऱ्यो भने प्रवेशद्वार, आउँदा-जाँदा गुज्रिने एउटा द्वार मात्र नभएर वार्तालाप र मेलमिलापको स्थान बन्नेछ ।

यो महिनामा आफ्नो घरको प्रवेशद्वारलाई प्रेमले भरिपूर्ण स्थान बनाउँदा कसो होला ? घरमा आउने-जाने गर्दैपिच्छे खुशीले सँगसँगै पछ्याउनेछ ।

सुझाव
प्रवेशद्वारमा परिवार हाँसेको तस्वीर राख्ने
प्रवेशद्वारमा हौसलापूर्ण सन्देश राख्ने
बाहिरी तनावलाई बाहिरै टकटक्याएर घरभित्र प्रवेश गर्ने
घरभित्र प्रवेश गर्दाखेरि आफ्नो परिवारलाई प्रफुल्लित आवाजमा अभिवादन गर्ने
परिवारका सदस्यहरू घर फर्किंदाखेरि लामो समयपछि भेटेझैँ गरी स्वागत गर्ने
परिवारको सदस्य बाहिर निस्कँदाखेरि प्रवेशद्वारमा हौसलायुक्त गतिविधि गर्ने (अँगालो हाल्ने, हाइ फाइब गर्ने वा पान आकारको इसारा गर्ने)
बाहिर जाँदाखेरि आफ्नो परिवारलाई मुस्काउँदै अभिवादन गरेर जाने
परिवारका सदस्यहरू सामान बोकेर घर फर्कंदाखेरि तुरुन्तै गएर सामान बोकिदिने
जुत्ता-चप्पलहरू अस्तव्यस्त छ भने मिलाएर राखिदिने