आपत्कालीन उद्धार

अप्रत्याशित प्रकोप आइपरेका क्षेत्रहरूमा
हामी सहयोगको हात बढाउँछौं ।

विश्वभरि प्रकोपहरू अप्रत्याशित रूपले आइपर्छ । त्यसले घर, समाज र देशद्वारा बनेको जीवनको जगलाई क्षणभरमै भताभुङ्ग पारिदिन्छ । प्रकोपले क्षतिग्रस्त क्षेत्रहरूमा तुरुन्त गएर हामी मर्मत-सम्भारको कार्य गर्दै पीडितहरूलाई भोजन र उपचार सहयोगद्वारा सान्त्वना, साहस र आशा प्रदान गर्दछौं ।

प्रकोप मर्मत-सम्भार कार्य
प्रकोप पीडितलाई राहत
आपत्कालीन उद्धार
खाद्यान्न सहयोग
प्रकोपको पूर्वतयारी शिक्षा
प्रकोप मर्मत-सम्भार कार्य
  • दुर्घटना
  • प्राकृतिक प्रकोप
    • भूकम्प
    • बाढी
    • तूफान, आँधी, भुँवरी
    • भारी हिमपात
    • पहिरो
    • ज्वालामुखी विस्फोटन
प्रकोप पीडितलाई राहत
  • चिकित्सा सहयोग
  • रक्तदान
  • राहत सामग्री
  • राहत कोष
  • च्यारिटी कन्सर्ट
खाद्यान्न सहयोग
  • नि:शुल्क भोजन शिविर सञ्चालन
  • आपत्कालीन खाद्यान्न वितरण
प्रकोपको पूर्वतयारी शिक्षा
  • प्रकोप प्रतिक्रिया तालीम

भूकम्पले क्षतिग्रस्त क्षेत्रमा जीवन बचाउने

सरकारले समेत हात धोइसकेको समयमा नेपाल परमेश्वरको मण्डलीका सन्तहरूले पराकम्पनको जोखिमलाई मोलेरै भए पनि जीवन बचाउने उद्धारको कार्य अगि बढाए । भूकम्पले गर्दा यातायात ठप्प भएर जान नसकिएको हिमालको दुर्गम क्षेत्रमा अवस्थित सेर्तुङ र तिप्लिङ गाउँहरूमा सन्तहरूले हेलिकप्टरद्वारा खाद्यान्न वितरण गरे ।

आँधी र भुँवरीले क्षतिग्रस्त क्षेत्रमा मर्मत-सम्भार कार्य

भयानक आँधीले घर तहसनहस पारिदिएपछि घरविहीन बनेका छिमेकीहरूलाई सहयोग गर्ने हेतुले हामीले प्रत्येक घरमा थुप्रिएको हिलोलाई निकाल्यौं, अनि बाटो पुनर्स्थापन र सरसफाइद्वारा स्थानीयवासीहरूलाई नयाँ आशा प्रदान गऱ्यौं । हामीले आपत्कालीन खाद्यान्न र राहत सामग्रीहरू आपूर्ति गर्नुका साथै जाडोले काँपिरहेका ती पीडितहरूलाई न्यानो लुगा पनि वितरण गऱ्यौं ।

एल् निन्यो बाढीले क्षतिग्रस्त क्षेत्रमा आशाको हात

एल् निन्योका कारण सबैभन्दा खराब बाढी आयो । भारी वर्षा र पहिरोका कारण क्षतिग्रस्त ठाउँहरूमा हामीले मर्मत-सम्भारको कार्यलाई अगि बढायौं । च्यारिटी कन्सर्टद्वारा हामीले पिउने पानी, खाद्यान्न, लताकपडा इत्यादि राहत सामग्रीहरू आपूर्ति गरेर पीडितहरूलाई सान्त्वना प्रदान गर्नुको साथै रक्तदान कार्यक्रमद्वारा घाइतेहरूको उपचारमा सहयोग पुऱ्यायौं ।

सेवल पानीजहाज दुर्घटना हुँदा नि:शुल्क भोजन सेवा

सेवल पानीजहाज डुबान दुर्घटनाले गर्दा शोकसन्तप्त पीडितहरूको परिवारलाई थोरै भए पनि साहस र सान्त्वना दिलाउने आशामा ७०० जना सन्तहरू केही समय आफ्नो काम छोडेर निःशुल्क भोजन वितरणमा तल्लीन भए । बिरामी सन्तानलाई सान्त्वना दिने आमाको मनद्वारा हामीले न्यानो भोजन तयार गर्नुका साथै अस्थायी आवास सरसफाइ गरिदिँदै पीडित परिवारहरूको स्वास्थ्यको ख्याल गऱ्यौं ।

बाढी, ज्वालामुखी विस्फोटन, पहिरो र गम्भीर दुर्घटनाग्रस्त ठाउँमा राहत सेवा

हिजोआज भारी हिमपात, मुसलधारे वर्षा, पहिरो, आगलागी, शीत लहर जस्ता गम्भीर प्राकृतिक प्रकोपहरू विश्वभरि निरन्तर घटिरहेको छ । हाम्रा स्थानीय सन्तहरू, आफ्नै परिवारमाथि आइपरेझैँ गरेर पूरै समर्पित भई मर्मत-सम्भार कार्यमा खट्ने गर्छन् । तेल पोखिएको ठाउँमा सरसफाइ र पीडितहरूका लागि कोष अनुदान मात्र होइन, तर पीडितहरू स्वस्थ भएर आफ्नै दैनिक जीवनमा फर्कन सक्ने गरी हामीले उपचार सहयोग पनि प्रदान गऱ्यौं । यसको साथै ज्वालामुखी विस्फोटनले प्रभावित क्षेत्रमा राहत सामग्रीहरू पनि वितरण गऱ्यौं ।