गरीबी र भोक न्यूनीकरण

आर्थिक कठिनाइ, रोगले पीडित तथा समाजबाट अलगिएको भावभित्र जिइरहेका छिमेकीहरूले सहज जीवन जिउन सकून् भनेर हामी निरन्तर सहयोग गर्दछौं ।
आर्थिक कठिनाइ, रोगले पीडित तथा समाजबाट अलगिएको भावभित्र जिइरहेका छिमेकीहरूले सहज जीवन जिउन सकून् भनेर हामी उनीहरूलाई जीविका खर्च, कपडा, खाद्यान्न र दैनिक उपभोग्य सामग्रीहरू सहयोग गर्दछौं । प्रत्येक घरलाई के कुरा आवश्यक छ भन्नेबारे स्थानीय सरकारी कार्यालयबाट जाँचबुझ गरेर हामी सहयोगको प्रस्ताव राख्दछौं । किम्ची बनाउने उत्सव र डिब्बाबन्द भोजन वितरण इत्यादिद्वारा हामी छिमेकीलाई स्वस्थ जीवन जिउन मद्दत गर्दछौं ।
जीविका खर्च सहयोग
- न्यून आयस्रोत भएको परिवार
- एकल बुज्रुगहरू
- शरणार्थीहरू
गरीबहरूलाई ताप ऊर्जा सहयोग
- ताप उपकरण तथा इन्धन खर्च
- हिउँदको तयारी
निवास सुधार सहयोग
- घर मर्मत सेवा
- बुट्टेदार कागज टाँस्ने र टाट बिछ्याउने सेवा
सामग्री वितरण
- खाद्यान्न
- किम्ची
- दैनिक उपभोग्य सामग्री
- कपडा
- तयारी भोजन

तयारी भोजन सहयोग
हामीले घरको आर्थिक अवस्था नाजुक भएका बालबालिकाहरूका निम्ति भोजन वितरण कार्यक्रम राख्यौं । न्यानो मन भएका थुप्रै नागरिकहरूले यसमा सहभागिता जनाए, अनि ३,४२५ के.जी. डिब्बाबन्द भोजन सङ्कलन भयो । सारा हृदयले सङ्कलन गरिएको त्यो भोजन खाद्य बैंकलाई हस्तान्तरण गरियो, अनि विपन्न बालबालिकाहरूको भोजन र सुस्वास्थ्यका लागि त्यो वितरण गरियो ।

ताप उपकरण तथा इन्धन खर्च सहयोग
हामी कठाङ्ग्रिने जाडोयाममा एकलो र थकित मनलाई समेत न्यानो गराउने प्रेमको कोइला ब्रिकेट वितरण गर्दछौं । यसको साथै उनीहरूको घरमा हिउँदे सामग्री टाँसिदिने, ताप उपकरण सामग्री वितरण तथा इन्धन खर्च सहयोग गर्दै उनीहरूलाई सान्त्वना र प्रोत्साहन दिँदछौं ।

घर मर्मत
हामी कठिनाइबाट गुज्रिरहेका छिमेकीहरूकहाँ गएर घर मर्मत, भित्ता र भुइँ मर्मत गरिदिन्छौं । अनि शौचालय र भऱ्याङको मर्मत कार्यसँगै सफा र स्वस्थ जीवनको निम्ति हामी कीटाणुशोधन गर्न पनि छुटाउँदैनौं । हाम्रा छिमेकीहरूले न्यानो स्वस्थ जीवन जिउन सकून् भन्ने चाहन्छौं ।

घरबारविहीनहरूको सहयोगार्थ मोजा वितरण क्याम्पेन
न्यानो घर नभएकाहरूका निम्ति गरिएको मोजा वितरण क्याम्पेनमा सर्वसाधारणहरूको सक्रिय सहभागिताका कारण थुप्रै मोजा सङ्कलन भयो । मोजाचाहिँ जाडोयाममा घरबारविहीनहरूको शरीरको तापक्रम सन्तुलनमा राख्न र सुरक्षाका लागि आवश्यक पर्ने सामग्री हो । घरबारविहीनहरूले जाडोयाम न्यानो गरी बिताऊन्, र माताको प्रेमलाई पनि महसुस गरून् भन्ने आशा गर्दै, हामीले सर्वसाधारणको साँचो मन र आशापूर्ण सन्देशका साथ सङ्कलित ती मोजाहरू घरबारविहीनहरूकहाँ पुऱ्यायौं ।




















