WATV.org is provided in English. Would you like to change to English?

तिनीहरू मेरो आदेशमा हिँड्छन् कि हिँड्दैनन्

इस्राएलीहरूका सारा समुदाय मिश्रबाट निस्केपछि, खानेकुरा छैन भन्दै मोशा र हारूनको विरुद्धमा गनगनाउन थाले । “हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्जेल खाना खान्थ्यौं । त्यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुनेथियो । तर तपाईंहरूले हामी र हाम्रा यस जम्मै समुदायलाई भोकले मार्न उजाड–स्थानमा ल्याउनुभएको छ ।” तब…

कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु ?

आफ्ना ईर्ष्यालु दाजुहरूद्वारा दासको रूपमा बेचिएका योसेफले मिश्रका कप्तान पोतीफरको घरमा सेवा-शुश्रूषा गर्न थाले । परमेश्वर सबै कुरामा योसेफको साथमा हुनुभएकोले तिनी सफल भएका देखेर पोतीफरले तिनलाई आफ्नो घरको मुख्य कारिन्दा तुल्याए र आफ्नो घरबार र आफूसँग भएका सबै थोकको जिम्मा तिनलाई दिए । योसेफको खातिर परमेश्वरले पोतीफरको घरमा आशिष्…

हामी आफ्ना आँखा परमेश्वरतिर उठाउँछौं

मोआबी, अम्मोनी र केही सेनानीहरू यहूदाको विरुद्धमा युद्ध गर्न आइरहेका छन् भन्ने खबर सुनेपछि, राजा यहोशापातले सारा यहूदाभरि नै उपवास बस्नलाई घोषणा गरे । यहूदाका मानिसहरू परमेश्वरको मन्दिरमा भेला भए, र यहोशापात चाहिँ मन्दिरको नयाँ चोकको अगि खडा भएर प्रार्थना गरे । “हे परमेश्वर, तपाईं जाति-जातिका सबै राज्यहरूमा शासन गर्नुहुन्छ…

तिमी अहिले जान्दैनौ

निस्तार-चाडको अघि येशूज्यू भोजनबाट उठ्नुभयो, र एउटा तौलिया आफ्नो कम्मरमा बेह्रनुभयो । तब उहाँले बाटामा पानी खन्याउनुभयो र चेलाहरूका गोडा धुन लाग्नुभयो । तब के गर्ने भन्नेबारे थाहा नभएर पत्रुसले उहाँलाई सोधे, “प्रभु, के तपाईंले मेरा गोडा धुने ?” “म के गर्दैछु तिमी अहिले जान्दैनौ, तर पछि बुझ्नेछौ ।” “तपाईंले…

उहाँले भन्नुभएबमोजिम गर

गालीलको काना नगरमा एउटा विवाह-भोज थियो । येशूज्यू, उहाँकी आमा र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइनुभएको थियो । तर भोज चलिरहेको बेला दाखमद्य सिद्धियो । येशूज्यूकी आमाले चाकरहरूलाई भनिन्, “येशूज्यूले भन्नुभएबमोजिम तिमीहरूले गर ।” येशूज्यूले ६ वटा घ्याम्पातिर औंल्याउँदै चाकरहरूलाई भन्नुभयो, “यी घ्याम्पाहरू पानीले भर ।” येशूज्यूले भन्नुभएबमोजिम चाकरहरूले सबै…

सेवा गर्नेचाहिँ ठूलो हुनेछ

याकूब र यूहन्नाकी आमाले येशूज्यूको सामुन्ने घुँडा टेकी उहाँसँग बिन्ती गरिन् । “तिमी के चाहन्छ्यौ ?” “आज्ञा गर्नुहोस् र तपाईंको राज्यमा मेरा यदि दुई छोराहरूमध्ये एक जना तपाईंको दाहिने हातपट्टि र अर्को तपाईंको देब्रे हातपट्टि बस्न पाऊन् ।” यो सुनेर दशै जना चेलाहरू याकूब र यूहन्नासँग रुष्ट भए । तर…

सुसमाचारको गवाही दिने मेरो सेवकाइ म पूरा गर्न सकूँ

कोरिन्थ, एफिसस, माकेडोनिया हुँदै ग्रीस, त्रोआस, अस्सोस र मितिलेने गएपछि प्रेरित पावल मिलेटसमा आइपुगे । विभिन्न क्षेत्रहरूमा गएर सुसमाचार प्रचार गर्ने क्रममा, पावलले ठाउँ-ठाउँमा विरोधीहरूबाट थुप्रै धम्की र सतावटको सामना गरे । मृत्युको मुखमा पनि धेरै पटक परे । अब एसियाबाट निस्केर यरूशलेम जाने बेला भएको छ । यरूशलेममा के-कस्ता…

पवित्र आत्माले डोऱ्याउनुभएबमोजिम

प्रचार यात्राको क्रममा पावल र तिनका सहकर्मीहरू, एसियामा वचन प्रचार गर्नलाई पवित्र आत्माबाट मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातिया(वर्तमानमा मध्य-टर्की)का इलाकाहरू भएर माइसियाको साँधमा आइपुगे । तिनीहरूले बिथिनियातर्फ जाने विचार गरे । तर त्यो ठाउँमा जाने अनुमति नपाएकाले तिनीहरू पश्चिमतिर फर्किए, अनि एसिया र यूरोपको बीचमा अवस्थित त्रोआसको सिमानातिर अगि…

त्यस जवान अब्शालोमसित नरम व्यवहार गर्नू

दाऊदका छोरा अब्शालोमले विद्रोह गरेर ‘दाऊदको सहर’ लिइहाल्यो, र आफ्ना बाबुलाई मार्ने योजना बनायो । यसैबीच दाऊदले देशमा सुव्यवस्थित क्रम बसाल्नको निम्ति अब्शालोमकहाँ सेनाहरू पठाए । सेनाहरू पङ्क्तिबद्ध भएर अगि बढ्दाखेरि मूल ढोकाको छेउमा उभिरहेका दाऊदले आफ्ना सेनापतिहरूलाई यस्तो आदेश दिए । “मेरो खातिर त्यस जवान अब्शालोमसित नरम व्यवहार गर्नू…

“मलाई आदर गर्नेलाई म आदर गर्नेछु”

इस्राएलमा राजा खडा हुनअघि, प्रधान पूजाहारीको रूपमा समस्त इस्राएलीहरूलाई अगुवाइ गर्ने एलीका दुई छोराहरू थिए- होप्नी र पीनहास । यी दुई छोराहरूले पनि आफ्ना बुबाको कार्यलाई पछ्याउँदै पूजाहारीको पद लिएका थिए । तर यिनीहरूले परमेश्वरलाई बलिदान चढाउनुअगावै आफूले खानको लागि बलिको मासु जबरजस्ती खोसेर परमेश्वरको बलिदानलाई तुच्छ ठान्ने दुस्साहस गरे…

पहिले गएर आफ्नो भाइसँग मिलाप गर

येशूज्यू डाँडामा उक्लनुहुँदा चेलाहरू उहाँकहाँ आउँछन् । उहाँले धन्य(आशिषित) मानिसको विषयमा, व्यवस्था, सद्गुण र सन्तले लिनुपर्ने शिष्टाचारको विषयमा विस्तृत रूपले शिक्षा दिन लाग्नुहुन्छ । “तिमीले वेदीमा आफ्नो भेटी चढाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने तिम्रो भेटी त्यही वेदीको सामु छोड, र जाऊ ।…

आवश्यकता एउटै कुराको छ

मार्था नाउँ भएकी एक जना स्त्रीले येशूज्यूलाई आफ्नो घरमा स्वागत गरिन् । येशूज्यूले वचन सिकाइरहनुहुँदा मार्थाकी बहिनी मरियम येशूज्यूको पाउनेर बसेर उहाँको वचन सुन्दथिन् । मार्था सेवा-सत्कारको धेरै काममा अल्झेकी थिइन् । तिनले येशूज्यूकहाँ आएर भनिन्, “प्रभुज्यू, मेरी बहिनीले सेवा-सत्कारको काममा मलाई एकलै पारेकी छिन्, तपाईं वास्ता राख्नुहुन्न ? त्यसलाई…