WATV.org is provided in English. Would you like to change to English?

झूट बोलेर सत्यलाई लुकाउन खोजे पनि

मत्ती २८:१-१५

50,522 भ्यु
लेख सुन्नुहोस् 6:00

दुई स्त्रीहरू येशूज्यूको चिहानमा गए, र त्यहाँ तिनीहरूले एक जना स्वर्गदूतलाई भेटे । स्वर्गदूतले येशूज्यू जीवित भई उठ्नुभएको कुरा बताएपछि ती स्त्रीहरू एकदमै खुशी भए, र यो खबर येशूज्यूका चेलाहरूलाई सुनाउन दगुरे ।

पहरादारहरू पनि सहरमा गए र मुख्य पूजाहारीलाई त्यहाँ भएका घटनाहरूका बारेमा खबर दिए ।

जब मुख्य पूजाहारीहरू धर्म-गुरुहरूसँग भेला भए, तिनीहरूले सल्लाह गरे, र सिपाहीहरूलाई यसो भनेर धेरै पैसा दिए,

“तिमीहरूले भन्नू, कि ‘हामी सुतिरहेको बेला त्यसका चेलाहरू आएर त्यसलाई चोरेर लगेछन् ।’ कतै हाकिमको कानमा यो कुरा पुगिहाल्यो भने, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिनेछौं ।”

मुख्य पूजाहारीहरूले सिकाएबमोजिम पहरादारहरूले जताततै झूटो अफवाह फैलाए । यो झूटो अफवाह यहूदीहरूको माझमा व्यापक रूपमा फैलियो ।

मुख्य पूजाहारीहरूले झूट बोलेर येशूज्यूको पुनरुत्थानको सत्यतालाई ढाकछोप गर्न खोजे । यद्यपि, ढिलो-चाँडो सत्यता प्रकट भइहाल्छ । त्यो समयमा केही मानिसहरू त्यो झूटो अफवाहका कारण छलमा परे । तर तिनीहरूले जतिसुकै झूटो अफवाहद्वारा सत्यतालाई लुकाउन खोजे पनि संसारका असङ्ख्य मानिसहरूले येशूज्यू पुनरुत्थान हुनुभएको कुरामा विश्वास गर्छन् र उहाँलाई मुक्तिदाताको रूपमा घोषणा गर्छन् ।

त्यसोभए यो युगमा चाहिँ नि त ? बाइबलमा स्पष्ट रूपमा उल्लेखित भए पनि नयाँ करारको सत्यतालाई बारम्बार इन्कार गरिन्छ, र परमेश्वरले स्थापना गर्नुभएको मण्डलीलाई विभिन्न झूटा अफवाहद्वारा निन्दा गरिन्छ । परिणाम २,००० वर्षअघिको जस्तै हुनेछ । अन्धकारले जतिसुकै सत्यतालाई छोप्ने कोसिस गरे पनि सत्यताको ज्योति निश्चित समयमा प्रकट हुनेछ । अन्धकार कहिल्यै ज्योतिमाथि विजयी हुन सक्दैन ।

हाम्रो सुसमाचार घुम्टोले ढाकिएको भए तापनि, यो नष्ट हुनेहरूका निम्ति मात्र घुम्टोले ढाकिएको छ । यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ, ताकि तिनीहरूले ख्रीष्टको महिमाको सुसमाचार नदेखून् … परमेश्वरले … हाम्रा हृदयमा चम्कनुभएको छ, ताकि परमेश्वरका महिमाको ज्ञानको ज्योति ख्रीष्टको मुहारमा चम्कोस् । २ कोरिन्थी ४:३-६

झूट बोलेर सत्यलाई लुकाउन खोजे पनि

6:00
0:00 6:00

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।