कल्याण प्रर्वद्धन

जो कोहीले खुशी जीवन जिउन सक्ने गरी कुनै भेदभावविना हामी प्रेम बाँड्दछौं ।

सबै वर्ग र जाति, महिला, बालबालिका र बुज्रुगहरूसमेत गरेर एक जनालाई पनि नछुटाई सबैले खुशी जीवन जिउन सकून् भन्ने हेतुले हामी कल्याण प्रवर्द्धनमा लागिपरेका छौं । आफ्नो सारा जीवन परिवार र समाजको निम्ति समर्पण गरेका बुज्रुग र भविष्यका कर्णधार बालबालिका, युवा लगायतका हाम्रा छिमेकीहरूलाई न्यानो हातले हामीहरू खुशी र आनन्दको उपहार दिँदछौं ।

कल्याण प्रर्वद्धन
बाल कल्याण
बहुसांस्कृतिक परिवारलाई सहयोग
सांस्कृतिक सञ्चार
छिमेकी प्रेम बाँडचूँड
बुज्रुग कल्याण
युवा कल्याण
स्थानीय समाजलाई सहयोग
बाल कल्याण
  • बाल कल्याण संस्थालाई सहयोग
  • उपेक्षित बालबालिकालाई सहयोग
  • कुपोषित बालबालिकालाई सहयोग
बुज्रुग कल्याण
  • बुज्रुगहरूका निम्ति सान्त्वनादायक भोज
  • केश सिङ्गार सेवा
  • एकल बुज्रुगलाई सहयोग
  • वृद्धाश्रमलाई सहयोग
  • दैनिक उपभोग्य सामग्री तथा लुगा सहयोग
बहुसांस्कृतिक परिवारलाई सहयोग
  • खाद्यान्न सहयोग
  • दैनिक उपभोग्य सामग्री सहयोग
  • विदेशीहरूका निम्ति अर्केस्ट्रा कन्सर्ट
युवा कल्याण
  • शैक्षिक उपकरण तथा सामग्री सहयोग
  • विद्यालयको वातावरण सौन्दर्यीकरण
  • पढाइ शुल्क सहयोग
  • चरित्र शिक्षा
स्थानीय समाजलाई सहयोग
  • सार्वजनिक कार्यालयको भ्रमण
  • आधारभूत नियम क्याम्पेन
छिमेकी प्रेम बाँडचूँड
  • अशक्तहरूलाई सहयोग
  • न्यून आयस्रोत भएका परिवार, हजुरबुबा-हजुरआमा र नाति-नातिना भएको परिवारलाई सहयोग
  • किसान र पशु पालकहरूलाई सहयोग
  • दैनिक उपभोग्य सामग्री तथा ताप उपकरण सहयोग
  • जीविका खर्च सहयोग
  • किम्ची बाँडचूँड
  • विपन्न छिमेकीहरूको सहयोगार्थ बजार कार्यक्रम
सांस्कृतिक सञ्चार
  • च्यारिटी कन्सर्ट
  • छिमेकीलाई कन्सर्टमा निमन्त्रणा
  • हिलिङ कन्सर्ट
  • ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी
  • ‘बुबाको साँचो मन’ लेख तथा तस्वीर प्रदर्शनी

पिछडिएका बालबालिकाहरूलाई सहयोग

कुपोषण भएका अथवा बाल-आश्रममा रहने बालबालिकाहरू स्वस्थ रूपले हुर्किऊन् भन्ने आशाका साथ हामी सहयोगको हात बढाउँदछौं । हामी आमाको मनद्वारा न्यानो पारिवारिक प्रेम र आशा बाँड्दछौं ।

सन्तानोचित कर्तव्य कार्यान्वयन

आफ्नो सारा जीवन परिवार र समाजको निम्ति समर्पण गर्नुभएका बुज्रुगहरूले खुशी र आनन्द प्राप्त गर्न सकून् भनेर हामीले सन्तानोचित कर्तव्य र प्रेमलाई कार्यान्वयन गर्दछौं । रोग र गरीबीले गर्दा बुज्रुग कल्याण केन्द्रमा कष्टकर समयबीच गुज्रिरहनुभएका बुज्रुगहरूलाई हामी सहयोग गरिरहेका छौं ।

बहुसांस्कृतिक परिवारलाई सहयोग

विदेशी भूमिमा रहेर परिश्रम गर्दै जिउने बहुसांस्कृतिक परिवारहरूले न्यानो प्रेम महसुस गर्दै साहस र आशा प्राप्त गर्न सकून् भनेर हामी सहयोगको हात बढाउँदछौं । घरदेखि टाढाको विदेशी भूमिमा भोगिने कठिनाइप्रति हामी उहाँहरूलाई सान्त्वना र साहस दिँदछौं ।

किसानहरूलाई सहयोग

खाद्य जीवनको आधार रहेको किसानी, मत्स्य पालन र वस्तुभाउ उद्योगका कर्मचारीहरूलाई हामी माताको प्रेम बाँड्दछौं । युवाहरू पलायन भएदेखि जनशक्तिको अभावले गर्दा मारमा परेका किसानहरू र मछुवाहरूले शक्ति र सान्त्वना पाउन सकून् भनेर हामी बीउ रोपाइ र बाली कटनीमा सघाउनुका साथै केही उपकरणहरू पनि उपलब्ध गराउँदछौं ।

संस्कृति आदानप्रदान

निर्दयी र सुक्खा यो संसारमा जिउँदा थकित भएकाहरूलाई हामी उपहारस्वरूप हिलिङ र आराम प्रदान गर्दछौं । मसीह अर्केस्ट्रा कन्सर्ट, ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी र ‘बुबाको साँचो मन’ लेख तथा तस्वीर प्रदर्शनीद्वारा हामी संस्कृति आदनप्रदान गर्दै सञ्चार गर्दछौं ।

स्थानीय समाजलाई सहयोग

समाजको विकास, सञ्चार र एकताको निम्ति हामी विभिन्न तरिकाले सहयोगको हात अगि बढाउँदछौं । सर्वसाधारणको खुशी र सुरक्षाको निम्ति दिनरात सङ्घर्ष गर्नुहुने व्यक्तिहरूलाई पनि हामी धन्यवाद र प्रोत्साहन दिनुका साथै स्थानीय क्षेत्रमा एकताको समर्थन गर्दै हामी सार्वजनिक नियम पालना क्याम्पेनहरू पनि सञ्चालन गर्दछौं ।

विश्व मैत्री र एकताको निम्ति समर्थन

मानव-जातिको मित्रता र एकताको निम्ति हामीहरू अन्तर्राष्ट्रिय खेलकुद महोत्सव लगायत राष्ट्रिय तथा स्थानीय कार्यक्रमहरूमा तनमनले विविध समर्थन गतिविधिहरू गर्दछौं । पारिवारिक मिलाप चाहने आमाको प्रेमद्वारा हामीहरू मानव-जातिको शान्ति र खुशीयालीको निम्ति समर्थन गर्दछौं ।