WATV.org is provided in English. Would you like to change to English?

परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन
आसेज[ASEZ]

ASEZले ‘Save the Earth from A to Z(सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं)’ भन्ने अर्थ बोकेको छ ।
योचाहिँ कठिनाइबाट गुज्रिरहेका विश्वव्यापी परिवारहरूलाई पिता परमेश्वर र माता परमेश्वरको प्रेमद्वारा सहयोग र आशा प्रदान गर्नको निम्ति
विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरूलाई केन्द्रित गरेर निर्मित परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन हो ।

हामी माताको प्रेम सारा संसारमा बाँड्दछौं

परिवारको पीडालाई निको पार्ने र थकित मनलाई साहस दिने आमाको प्रेमद्वारा हामी विपत्ति, रोग लगायत अन्य विभिन्न कठिनाइहरूबाट गुज्रिरहेका विश्वव्यापी परिवारहरूमाझ न्यानो प्रेम बाँड्दछौं । कहिल्यै नथाक्ने युवा उत्साहद्वारा हामी प्रदूषित वातावरणलाई शुद्ध बनाउँछौं, अनि निराशामा परेकाहरूलाई खुशी र आशा प्रदान गर्दछौं ।

विश्वव्यापी SAVE अभियान

जीवनलाई अमूल्य ठान्दै छिमेक र समाजमा खुशी बाँड्न,
वातावरणमा सुधार ल्याउन र सङ्कटमा परेको पृथ्वीलाई बचाउन हामीहरू SAVE अभियान गर्दछौं ।

Social Service समाज सेवा

Awareness Raising जनचेतना जागरण अभियान

Victim Relief प्रकोप पीडित राहत कार्य

Environmental Protection वातावरण संरक्षण

समाज सेवा

विपन्न छिमेकीहरूलाई समर्थन, अशक्त कल्याण केन्द्र, वृद्धाश्रम, बाल आश्रम इत्यादिको भ्रमण

जनचेतना जागरण अभियान

विभिन्न क्याम्पेन, शिक्षा तथा फोरमको आयोजना

प्रकोप पीडित राहत कार्य

भूकम्प, आँधी, शीत लहर इत्यादिले क्षतिग्रस्त ठाउँमा मर्मत-सम्भार तथा उद्धार कार्य, ‘मदर्स स्कूल’ प्रोजेक्ट

वातावरण संरक्षण

ग्रीन क्याम्पस सरसफाइ गतिविधि, ‘मदर्स स्ट्रीट’ प्रोजेक्ट, पहाड, समुद्री तट, नदी किनार तथा गाउँघर सरसफाइ

Sustainable Development Goals

SDGs दिगो विकास लक्ष्यहरू

यूएन दिगो विकास लक्ष्यहरू(UN SDGs)को मुख्य उद्देश्य नै मानव-जातिको शान्ति र खुशी हो ।
ASEZले अन्तर्राष्ट्रिय सङ्गठन, सरकारी निकाय, सामाजिक संघ-संस्था र विभिन्न वर्गका मानिसहरूसँगको सहकारितामा UN SDGsलाई समर्थन गर्दछ ।

परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठन
ASEZ WAO

योचाहिँ विश्वव्यापी परमेश्वरको मण्डलीका जागिरे युवाहरूको जोश र खुशीद्वारा छिमेक र समाजको हेरचाह गर्दै वातावरण संरक्षणको निम्ति स्थापना गरिएको अन्तर्राष्ट्रिय स्वयंसेवा सङ्गठन हो ।

ASEZ WAOको विस्तृत रूपचाहिँ ‘Save the Earth from A to Z(सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं)’ र ‘We Are One Family(हामी एउटै परिवार हौं)’ हो । यसमा ‘हामी सबै जना एउटै परिवार भएर सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं’ भन्ने अर्थ रहेको छ ।

विश्व अर्थतन्त्रको केन्द्रबिन्दु र भविष्यका कर्णधार रहेका जागिरे युवाहरूले आफ्नो कार्यक्षेत्रबाटै उज्यालो र सकारात्मक वातावरण सिर्जना गर्छन् । यसको साथै जलवायु परिवर्तन, वातावरण प्रदूषण, लैङ्गिक असमानता, मानव अधिकार हनन, आर्थिक असन्तुलन, शैक्षिक असमानता, युद्ध र आतङ्कवादले गर्दा निराश र दुःखित भएका विश्वव्यापी गाउँका छिमेकीहरूलाई आशा प्रदान गर्न कोसिस गर्छन् । उनीहरू एक जनालाई पनि नछुटाईकन खुशीपूर्ण संसार बनाउनतर्फ तल्लीन छन् ।

व्यावहारिक विचार

“छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्नुभएका पिता परमेश्वर र माता परमेश्वरको शिक्षाअनुसार ASEZ WAOले सारा मानव-जातिमाझ ‘दिने प्रेम’ बाँड्दछ ।

ASEZ WAOले ‘७ अरब मानव-जाति एउटै हौं’ भन्ने मान्यताद्वारा विश्वव्यापी गाउँका परिवारहरूले खेपिरहेका विभिन्न समस्याहरू समाधान गर्नका लागि तनमनले स्वयंसेवा गतिविधिहरू गर्दछ ।

ASEZ WAOले सकारात्मक कुरा, आशा र खुशीजस्ता जीवनका मुख्य मूल्य-मान्यता अझ धेरैसित बाँड्नका लागि अरूलाई बुझिदिँदै सेवा र बलिदान गर्दछ ।

ASEZ WAOका मुख्य गतिविधि

वातावरण संरक्षण

Green Workplace अभियान, विश्वव्यापी जागिरे युवा Clean Day, क्षेत्रीय सरसफाइ, वातावरण संरक्षण क्याम्पेन

जनचेतना जागरण अभियान

प्राकृतिक प्रकोप अथवा दुर्घटना भएको ठाउँमा मर्मत-सम्भार कार्य, पीडितहरूलाई सहयोग, रक्तदान

समाज सेवा

नर्सिङ होम, अनाथालय, अशक्त सुविधा केन्द्र, पिछडिएका छिमेकीहरूलाई समर्थन

संस्कृति आदानप्रदान

विश्वभरिका जागिरे युवाहरू ‘एक हुने दिन’ अन्तर्राष्ट्रिय खेलकुद महोत्सवलाई समर्थन, अन्तर्राष्ट्रिय संस्कृति आदानप्रदान