विश्वास र जीवन

स्वयंसेवा गतिविधि

प्रेम र खुशी जति बाँड्यो त्यति नै बढ्छ । स्वयंसेवा गतिविधिसम्बन्धी विभिन्न कहानीहरू सुन्ने हो कि ?

हृदयको ढोका खोल्ने सन्तहरूको सुकर्म

कोरियाको आन्सान वल्फी मण्डलीका हामी सन्तहरू हरेक महिना बाटो सरसफाइ गर्छौं । हामीले स्वयंसेवा कार्य हतारिँदै नभएर विस्तृत रूपले गर्ने गरेको देखेर मण्डली नजिकैका बासिन्दाहरू, पसलका साहुजीहरू र सडक सरसफाइ कर्मचारीहरूले हाम्रो मण्डलीको खूब प्रशंसा गर्छन् । यस पटक हामीले सरसफाइ गरेको ठाउँचाहिँ सङ्फो कला पार्क र वल्फी पार्क थियो । त्यस दिन हामीले पार्कभित्रको फोहोर मात्र नभएर थुप्रै पसलहरू भएको मार्गका फोहोरहरूसमेत टिप्यौं । सडकमा अन्य फोहोरहरूभन्दा पनि चुरोटका ठुटाहरू नै धेरै थिए । हामीहरू सरसफाइ कार्यमा व्यस्त भइरहेको बेला नजिकैको रेस्टूरेन्टमा जिउँदो माछा पुऱ्याउने गाडी चालकले, यात्रु सीटमा बसेर धूम्रपान गरिरहेका व्यक्तिलाई यसो भनेछन्, “चुरोटका ठुटाहरू जथाभावी फ्याँक्ने मानिसहरू सबै जना परमेश्वरको मण्डलीमा जानुपर्छ । तपाईं पनि परमेश्वरको मण्डली जाने हो ?” तिनलाई हामीप्रति दया जागेर त्यसो भनेका…

यु ह्वी सुन / आन्सान, कोरिया

बाढी उद्धार क्षेत्रमा

यो ग्रीष्मको अन्त्यतिर कोरियाको दक्षिणी भेगमा मूसलधार वर्षा भयो । लामो समयसम्म बुसानमा बस्दैआएका मानिसहरूले पनि यस्तो भारी वर्षा त्यसअघि कहिल्यै नदेखेको कुरा बताए । त्यो एक्कासि आएको प्राकृतिक प्रकोप थियो । बाढीले ठूलो क्षति पुऱ्यायो । धेरै घरहरू बाढीले गर्दा डुबानमा परे, त्यहाँ भएका फर्निचर र अन्य उपकरण माटोले पुरिए, अनि भुइँ तलामा भएका पसलहरूमा घुँडासम्म डुब्ने पानी जम्मा भयो । त्यो पानीलाई बाहिर फाल्न निकै गाह्रो थियो । सबै पसलेहरूले नोक्सानी बेहोर्नुपऱ्यो । स्थानीयवासीहरूले सहयोगको निम्ति बिन्ती गरिरहेका भए पनि जनशक्तिको अभावका कारण सहयोग गर्न नसक्दा स्थानीय सामुदायिक केन्द्रलाई निकै गाह्रो परेको थियो । क्षतिग्रस्त क्षेत्रको स्थानीय सामुदायिक केन्द्रमार्फत स्थानीयवासीहरूलाई मद्दत गर्नको निम्ति हामीहरू नजिकको सियोनका दाजुभाइ-दिदीबहिनीहरूसँग हातमा हात मिलाएर अगि बढ्यौं । क्षतिग्रस्त ठाउँका हरेक कुनाकाप्चामा ठूलै…

वाङ गा राम / बुसान, कोरिया

स्याउ बगानमा

वर्षेनी फसलको समय आउँदैपिच्छे किसानहरू जनशक्तिको अभावले पिरोलिन्छन् । उनीहरूको यस्तो व्यस्ततालाई कोरियालीहरू “आगो ठोस्ने डन्डीलाई पनि भुइँमा बस्ने फुर्सद छैन” भनेर अभिव्यक्त गर्ने गर्छन् । यसरी किसानहरूलाई सधैँ खेतालाहरूको खाँचो भइरहन्छ । किसानहरूको त्यो व्याकुल मनलाई बुझिदिँदै घमाइलो कुनै आइतबारमा, सियोनका सन्त हामीहरू खेती कार्यमा स्वयंसेवा गर्न एकसाथ भेला भयौं । हामीहरू कोरियाको ग्यङबुग प्रान्तको यङजुस्थित एउटा स्याउ बगानतिर लाग्यौं । त्यो बगान, पाकेका राता-राता स्याउहरूले लटरम्मै भरिएको थियो । सर्वप्रथम बगान मालिकले हामीलाई त्यो दिन गरिने कार्यको बारेमा बताउनुभयो । स्याउ टिप्दा ध्यान दिनुपर्ने कुराहरू र त्यसलाई बाकसमा कसरी मिलाएर राख्नुपर्छ भन्नेबारे बुझाउनुभएका बगान मालिकले, टिपिएका स्याउहरूलाई बाकसमा राख्ने अन्तिम चरण सबैभन्दा महत्त्वपूर्ण छ भनेर बारम्बार जोड दिनुभयो । उहाँले हामीलाई, बाकसमा स्याउहरू फ्याँक्ने अथवा थिच्ने गर्नुहुँदैन भन्नुभयो,…

इ साङ ह्वा / देगु, कोरिया

आलु खन्ने

मे २५ तारिख आइतबार, आलु उखेल्ने समय भएकोले जनशक्ति सहयोग गर्न हामीहरू आलु बारीतिर लाग्यौं । कोरियाभरिको साझा समस्या– व्यस्त मौसममा किसानलाई कामदारको अभाव । त्यसकारण हामीले यो स्वर्ण अवसर गुमाउन चाहेनौं । स्त्रीहरू लगायत आइतबार बिदाको दिन समय निकालेका पुरुष लगायत विद्यार्थीहरूसमेत गरेर करीब ३० जना बिहानै सियोनमा भेला भयौं । त्यसपछि हामीहरू दोसान-म्यनको बब्सोङ-रीमा भएको एउटा आलु बारीतिर लाग्यौं । मौसम धुम्मिएको थियो, तर हामी भने वनभोज जान लागेजत्तिकै ज्यादै उत्साहित थियौं । आलु बारी पहाडको फेदमा थियो । हामीले समाचारमा दिउँसोतिर पानी पर्ने खबर सुनेकाले काम सक्दो चाँडो समाप्त गर्ने निर्णय गऱ्यौं, र गाडीबाट ओर्लनासाथ बारीतिर लम्कियौं । उकालो लाग्दा मेरो सास बढ्यो, र काम सुरु गर्नुअघि नै सन्तहरू थकित हुनुहुने पो हो कि भनेर चिन्ता लाग्यो…

गिम दोङ हो / थोङयङ, कोरिया

टिफिन बक्समा प्रेम राखेर

म एक युवक हुँ– ऊर्जाले भरिएको प्रभातको शीतजस्तो युवा । तर कहिलेकहीँ यो कुराले मलाई लज्जित तुल्याउँछ, र म मेरो वरपरका मानिसहरूप्रति क्षमाप्रार्थी हुन्छु । किनकि घरमा आमाले खाना बनाइहाल्नुहुन्छ, अनि सियोनमा मभन्दा अग्रज सन्तहरूले मेरो हेरविचार गर्नुहुन्छ । माताले प्रेम लिनुमा भन्दा दिनुमा अझ बढी आशिष् हुन्छ भन्नुभएको छ । तर फर्किहेर्दा ममा चाहिँ प्रेम लिने बानी बसेकोले म लज्जित भएँ । जहिलेसुकै होस्, मचाहिँ आफूले पोखिने गरी पाएको प्रेम धेरै मानिसहरूलाई बाँड्न चाहन्थें । गत मार्चमा अन्ततः मैले त्यो मौका पाएँ । हाम्रो सियोनका युवाहरूले ‘वाउ मम(Wow Mom)’ स्वयंसेवा टोली गठन गरेर १८ जना एकल बुज्रुगहरूका लागि टिफिन बक्स तयार गरेर वितरण गर्ने योजना बनायौं । सर्वप्रथम हामीले के परिकार बनाउने भनेर निर्णय गर्नुपर्ने भयो । हामीले एकसाथ…

इ सि वन / सउल, कोरिया

टिफिन बक्समा प्रेम राखेर

10:55
0:00 10:55

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।