वातावरण संरक्षण

पृथ्वीचाहिँ परमेश्वरले मानव-जातिको निम्ति सृष्टि गर्नुभएको जीवनको घर हो ।

हामी जिइरहेको पृथ्वीको वातावरणचाहिँ सम्पूर्ण जीवित प्राणीहरूको घर हो । गम्भीर जलवायु परिवर्तन र वातावरण प्रदूषणले ग्रस्त पृथ्वीको वातावरण सरसफाइ गरेर मूल्यवान् जीवन बचाउन हामी विश्वका ठाउँ-ठाउँमा वातावरण सरसफाइ अभियान निरन्तर जारी गर्दछौं । “आफू बस्ने क्षेत्रको साथै विश्वव्यापी गाउँ सरसफाइ गरेर खुशी संसार बनाऔं” भन्ने लक्ष्यका साथ सबै देशका सन्तहरूले आफ्नो देशको पहाड, समुद्र, नदी, नदी किनार, बाटो, पार्क लगायत अन्य थुप्रै ठाउँहरूमा सरसफाइ कार्यलाई निरन्तरता दिइरहेका छन् । वर्षहरू बित्ने क्रममा हामीहरू वातावरणसम्बन्धी जनचेतना अझ जगाउँदैजान्छौं, अनि यसले गर्दा सर्वसाधारणको सहभागिता पनि वृद्धि भइरहेको छ ।

वातावरण संरक्षण
पारिस्थितिक प्रणाली संरक्षण
वातावरण संरक्षण
बाटो वातावरण सुधार
पहाड तथा वन वातावरण सुधार
जल वातावरण सुधार
वातावरण क्याम्पेन
वातावरण सौन्दर्यीकरण
बाटो वातावरण सुधार
  • पार्क तथा बाटो
  • ग्रीन क्याम्पस
  • सांस्कृतिक सम्पदा क्षेत्र
  • आवासीय क्षेत्रमा हिउँ पन्छाउने सेवा
पहाड तथा वन वातावरण सुधार
  • वन
  • हाइकिङ मार्ग मर्मत
जल वातावरण सुधार
  • समुद्र तथा खोलानाला सरसफाइ
पारिस्थितिक प्रणाली संरक्षण
  • हानिकारक बिरुवा र झार उखेलिदिने
  • EMको प्रयोगद्वारा नदी जोगाउने
  • प्रवासी चराहरूलाई आहारा दिने
  • वृक्षारोपण
वातावरण सौन्दर्यीकरण
  • सडक छेउमा फूल रोपण
  • अनावश्यक भित्तेचित्र मेटाइदिने
  • सुन्दर भित्तेचित्र कोरिदिने
वातावरण संरक्षण
  • ASEZ अन्तर्राष्ट्रिय फोरम
  • जलवायु परिवर्तन प्रतिक्रियाबारे टक कन्सर्ट
  • क्याम्पस विद्यार्थीसँग वातावरण फोरम
  • वातावरण गोष्ठी
वातावरण क्याम्पेन
  • ‘मदर्स स्ट्रीट’ प्रोजेक्ट
  • जथाभावी फोहोर नफालौं क्याम्पेन
  • प्रयोज्य वस्तु न्यूनीकरण क्याम्पेन
  • स्थानीय वातावरण कार्यक्रमलाई समर्थन

बाटो वातावरण सुधार

परिवार र छिमेकीहरू सबै जना स्वस्थ रहन सकून् भनेर हामीहरू दैनिक हिँडिने बाटो, पार्क, खेल मैदान, बजार तथा व्यापारिक क्षेत्रहरूको सरसफाइ गर्दछौं । हामीहरू बाटोतिर छरिएका फोहोर मात्र होइन, तर मानिसहरूका आँखा र हातले नभ्याएका कुनाकाप्चा र पार्कमा लुकेका फोहोरहरूसमेत सफा गर्दछौं । सफा बाटो र सुन्दर पार्कले त्यो बाटो भएर जाने मानिसहरूको मनमा समेत ताजगी छर्दछ ।

पहाड तथा वन वातावरण सुधार

हावा प्रशोधन गर्ने, बाढी र पहिरो जस्ता प्रकोपहरूलाई रोकथाम गर्ने र शीतल छहारी प्रदान गर्ने वन संरक्षणको निम्ति हामीहरू वन सरसफाइ तथा संरक्षण क्याम्पेनहरू गर्दछौं । सर्वसाधारणहरू लगायत पहाड आरोहीहरूको प्रोत्साहन र सहभागिता निरन्तर जारी छ ।

जल वातावरण सुधार

पानी जीवनको स्रोत हो । अमूल्य पानीलाई संरक्षण गर्नु भनेको मानव-जीवन बचाउनुजस्तै हो । वर्तमानका पुस्ता र उनीहरूका सन्ततिहरूको सुस्वास्थ्य र उज्ज्वल भविष्यको निम्ति हामीहरू नदी, खोला र समुद्रलाई प्रदूषित गर्ने फोहोरहरू टिप्दछौं ।

वातावरण संरक्षण

विश्व जलवायु परिवर्तन र अन्य वातावरणीय मामिलाबारे जनचेतना जगाउन र व्यावहारिक गतिविधि गर्न हामीहरू गोष्ठी, टक कन्सर्ट, वातावरण फोरम इत्यादि आयोजना गर्दछौं । योद्वारा हामीहरू वातावरण संरक्षणको महत्त्व सबैलाई अवगत गराउँदछौं, अनि सोचाइलाई परिवर्तन गरिदिने कार्यक्रमहरू विश्वव्यापी रूपमा आयोजना गर्दछौं ।

वातावरण क्याम्पेन

वातावरण संरक्षणचाहिँ सबैले सँगै गर्नुपर्ने कार्य हो । जलवायु परिवर्तन र वातावरण प्रदूषण रोकथामका लागि हामीसित जथाभावी फोहोर नफालौं क्याम्पेन, प्रयोज्य वस्तु न्यूनीकरण, प्लास्टिकजन्य वस्तु न्यूनीकरण जस्ता क्याम्पेनहरू छन् ।

पारिस्थितिक प्रणाली संरक्षण

देशका बोट-बिरुवाहरूलाई हुर्कन बाधा दिने हानिकारक झार र सिउँडीहरू उखेलेर हामी वनको पारिस्थितिक प्रणालीलाई रक्षा गर्न सक्दो प्रयत्न गर्दछौं । प्रकृतिलाई स्वस्थ राख्नको निम्ति वृक्षारोपण गर्ने, झार र सिउँडी हटाउने, प्रवासी चराहरूलाई आहारा दिने, EM माटो बल्सको प्रयोगद्वारा पारिस्थितिक प्रणाली पुनर्स्थापन गर्ने लगायतका विभिन्न गतिविधिहरू गर्दछौं ।

वातावरण सौन्दर्यीकरण

स्वच्छ वातावरणचाहिँ उज्ज्वल र स्वस्थ जीवनको आधार हो । हामीहरू ग्राफिटी(स्प्रेद्वारा बनाइने भित्तेचित्र)लाई हटाएर, मुरल(पेन्टद्वारा बनाइने भित्तेचित्र) बनाउँदछौं, अनि त्यसको छेउछाउमा फूलहरू रोप्दछौं ।