विश्वास र जीवन

पारिवारिक प्रेम र सञ्चार

एक-अर्कालाई बुझिदिँदै विचारशील हुँदा पारिवारिक प्रेम अझ प्रबल बन्दछ । परिवारमा खुशी बढाउनका निम्ति आपसमा वार्तालाप गर्ने तरिका सिक्नुहोस् ।

अहिले हामीलाई आवश्यक परेको कुरा, ‘सहनशीलता’ र ‘क्षमा’

प्राचीन कोरियामा सन्बी कहलाइने विद्वान्‌हरू सितिमिती रिसाउँदैनथे, अनि अरूलाई उदारतापूर्वक क्षमा गरिदिनु र अरूप्रति सहनशील हुनुलाई सद्गुण मान्दै आफूहरू पनि त्यसै गर्थे । बाटोमा ठूलो सोरले कराउने अथवा रीसको झोकमा झगडा गर्ने कुरालाई निम्न वर्गका मानिसहरूले मात्र गर्ने असभ्य व्यवहारको रूपमा लिइन्थ्यो । तर अहिले भने संसार यति परिवर्तन भएको…

सञ्चारद्वारा पारिवारिक अर्थव्यवस्था मिलाउने !

अहिलेचाहिँ उपभोगको युग हो । मानिसहरू विश्वव्यापी मन्दीको बारेमा कुरा त गर्छन्, तर बिदामा विदेश घुम्न जाने मानिसहरूले बिमानस्थल खचाखच भरिएको हुन्छ । मलहरूमा वस्तुहरूको मूल्य जति धेरै भयो, बिक्री पनि त्यति नै धेरै हुन्छ । होम सपिङमा चाहिँ “लगभग बिक्री भइसक्यो,” “सीमित अफर” आदि पर्चाहरूले मानिसहरूमा उपभोगको इच्छा जगाइदिन्छ…

प्रेमबाट सुरु हुने सन्तानोचित कर्तव्य

बुबा-आमाप्रति सन्तानोचित कर्तव्य निभाउनुपर्छ भन्ने कुरा साना बालबालिकाहरूलाई पनि थाहा छ । तर बालबालिकाहरूलाई यसबारे शिक्षा दिने स्थानमा रहेका वयस्कहरूलाई पनि सन्तानोचित कर्तव्य शत प्रतिशत निभाउन भने गाह्रै पर्छ । भनिन्छ, आफ्नो सन्तान जन्मिएपछि बल्ल बुबा-आमाले मेरो लागि कति परिश्रम गर्नुभयो, मलाई कति प्रेम गर्नुभयो भन्ने कुरा बुझ्न सकिन्छ, तर…

शोक सन्तप्त व्यक्तिलाई कसरी मद्दत गर्ने ?

सबै मानिसहरूले, जीवनमा कसैलाई गुमाउँदाको क्षण अनुभव गरेका हुन्छन् । कसैले साथी गुमाउँछन्, कसैले परिवारजन, सहकर्मी, चिनाजाना इत्यादि गुमाउँछन् । कसैलाई गुमाउँदाको शोक र पीडा व्यक्तिअनुसार फरक त हुन्छ, तर आफ्नो मायालु परिवारजन गुमाउँदाको न्यास्रोपनाचाहिँ सबैभन्दा ठूलो हुन्छ । परिवारजन गुमाउँदाको शोकबाट सबै जना तर्किन चाहन्छन्, तर स्थायी/अस्थायी रूपमा आखिरमा…

टिभी बन्द गरेमा परिवार देख्न सकिनेछ !

​टेलिभिजन भन्ने शब्द प्राचीन ग्रीकको ‘टाढा’ भन्ने अर्थ रहेको ‘tele’ र ‘दृष्टि’ भन्ने अर्थ रहेको ‘vision’ भन्ने शब्दको संयोजनबाट आएको हो । शब्द आफैले बताएजस्तै टेलिभिजनचाहिँ टाढाको ठाउँ, पृथ्वीको विपरीत कुनामा भइरहेका कुराहरू पनि घरमै बसेर हेर्न सकिने प्रसारण प्रणाली हो । तर यसले वास्तवमा हाम्रो एकदमै नजिक रहने परिवारजनलाई…

मध्य उमेर वर्गको किशोरावस्था भनिने ‘रजोनिवृत्ति’

‘हिजोआज आमाको व्यवहार अनौठो छ । उहाँले प्रायः झर्को लाग्छ, भावनात्मक रूपमा अस्थिरता छाउँछ, अनि सबै कुरा कष्टप्रद लाग्छ भन्नुहुन्छ । उहाँ एकदमै रिसाउने गर्नुहुन्छ, तर ओछ्यानमा पल्टिँदाखेरि अलि सुस्त बन्नुहुन्छ । उहाँलाई के भएको होला ?’ आमाको अनौठो व्यवहारले छोरा-छोरीलाई चिन्तित तुल्याउँछ । आमाले आफैलाई ऐनामा हेर्दाखेरि ऐनाको अगाडि…

बच्चाहरूसँग गरिने ‘भावनात्मक कुराकानी’

बच्चाहरू भएको घर कुनै दिन पनि शान्त हुँदैन । बच्चाले, भनेको कुरा बुझ्ने भएर आफ्ना विचारहरू राख्न थालेसँगै बच्चा र बुबा-आमाबीच व्यापक द्वन्द्व सृजना हुन थाल्छ । एकदमै सुन्दर र प्यारो बच्चा नै भए पनि जिद्दी व्यवहार र झर्कोफर्को गर्दाखेरि बुबा-आमामा सबै कुरा छोडेर जाने मन पनि आउँछ । भनेको…

“हाम्रो घरमा पनि पारिवारिक भेला गरौं !”

विद्यालयमा कक्षा बैठक भन्ने हुन्छ, अनि कम्पनीहरूमा टोली बैठक र कार्यकारी सम्मेलन जस्ता विभिन्न किसिमका भेलाहरू आयोजना गर्ने गरिन्छ । कुनै सङ्गठन सञ्चालनको निम्ति भेलाचाहिँ स्वाभाविक र अपरिहार्य हुन्छ । परिवार पनि समाज निर्माण गर्ने एउटा सङ्गठन हो, जसमा समझदारी र सहमतिको निम्ति भेला आवश्यक हुन्छ । कसैले “पारिवारिक भेला…

लोभ हटाएमा खुशी भरिन्छ !

नव वर्षको पहिलो दिन, सबै मानिसहरूको नव वर्षको शुभकामना सन्देश फरक-फरक हुने गर्छ, तर खासमा उनीहरूको कामना भने एउटै हुन्छ । त्यो नै ‘जीवन सुखी बनोस्’ भन्ने हो । खुशीको मापदण्डचाहिँ प्रत्येकको विचारअनुसार फरक हुन्छ । कसैले आफूसँग धेरै पैसा भएमा खुशी हुन सकिन्छ भनेर सोच्ने गर्छन् भने कसैले धेरै…

घरायसी काम बाँडफाँडमा अचम्मको शक्ति छ ।

खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, सरसफाइ गर्ने, सामान मिलाउने, फोहोर व्यवस्थापन गर्ने, किनमेल गर्ने ... घरको काम दिनहुँ दोहोरिरहन्छ । गर्छौं तापनि त्यो देखिँदैन, तर गर्दैनौं त तुरुन्त प्रकट भइहाल्छ । घरको काम सरल र नगण्य देखिए तापनि यसको कारणले धेरै परिवारहरूमा कलह उत्पन्न हुन्छ । ‘तिमीले मलाई घरको…

छोरा-छोरीहरू किशोरावस्थामा छन् भने

बच्चाहरू आमाबाट एकछिन मात्र छुट्टिनुपऱ्यो भने आकाशै खसेझैँ गरेर डाँको छोडेर रुने गर्छन् भने आमालाई देख्यो भने तुरुन्त मुस्काउँछन् । आमाले जे भने पनि उनीहरू सजिलै विश्वास गर्छन् । तर बच्चा हुर्किएर विद्यालय जान थालेपछि उसलाई आफ्नी आमासँग भन्दा साथीहरूसँग बढी समय बिताउन मन पर्छ, अनि उसले आमासँग कुराहरू लुकाउन…

के पति-पत्नीको झगडा चाँडै समाधान हुन्छ ?

बहस भएपछि तुरुन्त मिलाप गरिहाल्नु राम्रो त हो, तर त्योभन्दा उत्तम उपाय भनेको बहसलाई झगडाको रूप लिन नदिनु हो । पति-पत्नीबीच शत्रुझैँ झगडा हुन सक्छ, तर तिनीहरू खासै केही नभएझैँ गरी एकछिनमै मिलिहाल्छन् । त्यसैले भनिन्छ नि, ‘लोग्ने-स्वास्नीको झगडा, परालको आगो ।’ तर हिजोआज यो एउटा पुरानो भनाइमा मात्र सीमित…

उग्र बतासमा पनि नढल्ने बलियो घर बनाउने

प्रेम र भरोसाद्वारा एकताबद्ध भएको परिवार, एउटै डोरीमा बाँधिएर निर्माण भएको घर । यस्तो घर जस्तोसुकै उग्र बतास चले पनि नडगमगिने बलियो घर हो । मनग्गे धन र सम्मानका साथ जिए तापनि यदि मायालु परिवार नै छैन भने त्यो धनको के अर्थ ? समाजमा जतिसुकै सफलता हासिल गरेको मानिस नै…

​खुशी परिवारको अत्यावश्यक सद्गुण, ‘धन्यवाद’

नेल्सन मन्डेला, जातिवादको विरुद्धमा लडेकाले सजायस्वरूप २७ वर्षको कारावास जीवन बिताएर सन् १९९०मा मुक्त भए । मानिसहरूले ७० वर्षका मन्डेला कुप्रो बूढोको स्वरूपमा बाहिर निस्कन्छन् भन्ठानेका थिए, तर तिनी एकदम स्वस्थ र तन्दुरुस्त स्वरूपमा बाहिर निस्केका देखेर मानिसहरू छक्क परे । एक जना पत्रकारले त्यसको राज सोध्दाखेरि नेल्सन मन्डेलाले यस्तो…

रिसाहा संसार, घरदेखि नै यसलाई सच्च्याऔं !

हिजोआज संसार ‘रिसलाई नियन्त्रण गर्न नसक्ने’ बन्दैगएको छ । राजमार्गमा एक जना सवारी चालकले लेन मिच्दा अर्का सवारी चालकले रिसाउँदै बीच सडकमै झ्याप्प ब्रेक लगाएर एक्कासि आफ्नो गाडी रोकेछन् । उनीपछिका चालकले त जसोतसो ब्रेक हान्न भ्याए, तर त्यसपछिका ५ वटा गाडीहरू एक-अर्कासँग नराम्ररी बजारिएर ठूलो दुर्घटना हुन पुग्यो ।…

सकारात्मक बोली

उस्तै उमेरका ७ जना बच्चाहरूलाई उनीहरूका आमासँग राखेर टोली-टोली बनाएर एउटा खेल खेलाइयो । बच्चाले आँखामा पट्टी बाँधिएको अवस्थामा बलहरू फ्याँक्ने र कुनै एक ठाउँमा उभिएकी उनकी आमाले ती बलहरूलाई ठूलो टोकरीमा बटुल्ने गर्नुपर्थ्यो । उही समय र उही शर्तमा खेल खेल्दाखेरि ५ वटा टोलीको चाहिँ टोकरीमा १२ वटाभन्दा बढी…

परिवारसँग बोल्न कञ्जुस्याइँ गर्न नहुने बोली

अरूको मुहारमा मुस्कान ल्याउने बोली, “धन्यवाद ।” सुन्दा मात्र पनि शक्ति मिल्ने बोली, “केही सहयोग गरिदिऊँ कि ?” काँधमा पखेटा हालिदिने बोली, “साँच्चै राम्ररी गर्नुभयो ।” एक दिनलाई ऊर्जाशील बनाउने बोली, “शुभ प्रभात ।” अनुराग र वास्ता समाविष्ट बोली, “खाना खानुभयो ?” शक्ति र साहस दिलाउने बोली, “अहिले पनि राम्ररी…

घर खुशी हुँदा सबै ठीक हुन्छ ! खुशीको सुरुवात घरबाटै

मानिसहरूलाई तिनीहरूको परिवारको आदर्श वाक्य के हो भनेर सोध्दा प्रायःले “घर खुशी हुँदा सबै ठीक हुन्छ” भने । परिवार मिलापमा रह्यो भने सबै कुरा राम्रो हुनेछ भन्ने अर्थ हो । परिवारचाहिँ समाज र देशको आधार हो, जीवनको सुरुवाती बिन्दु हो । त्यसकारण परिवार मिलापमा रहेमा समाज बलियो र देश स्थिर…

परिवारलाई खुशी दिलाउने प्रशंसा, ‘राम्रो गर्नुभयो !’

“प्रिय / अँ भन । / घर पछाडि राखेको चल्ला देख्नुभयो कि ? / अँ देखें । / कहाँ गएछ ? / ए, मेरो शरीर कमजोर र बूढो भएकोले मैले त खाइदिएँ । / ए राम्रो गर्नुभयो, राम्रो गर्नुभयो, राम्रो गर्नुभयो, राम्रो गर्नुभयो, मलाई तपाईंप्रति गर्व छ !” योचाहिँ ‘राम्रो…

हाँसोलाई आशिष्‌ले पछ्याउँछ !

​हाँसोचाहिँ सञ्चारको अर्को नाउँ हो । सञ्चार भनेको एक-अर्काको मन र इच्छा बाँड्नु हो, त्यसैले आफ्नो मन र इच्छालाई बाँडेन भने हाँसो पनि आउन सक्दैन । हाँसोले केही नभने तापनि एक-अर्कालाई बुझ्ने गराउँछ, यसकारण हाँसोचाहिँ सञ्चारको उत्तम माध्यम हो भन्न सकिन्छ । वार्तालाप सुरु गर्नुअघि मुस्कायो भने सुन्ने मानिसले पहिल्यै…