bible-word-nefaith-life-ne
  • No categories

बारम्बार सोधिने प्रश्नहरू

परमेश्वरको मण्डलीको बारेमा बारम्बार सोधिने प्रश्नहरू

परमेश्वरको मण्डलीले पारिवारिक खुशीको लागि कस्ता किसिमका कार्यहरू गर्दछ ?

भनिन्छ, घरचाहिँ बुबाको राज्य, आमाको संसार र छोरा-छोरीको स्वर्ग हो । घरचाहिँ मानव समाजको जग निर्माण गर्ने खुशीको आधारभूत एकाइ हो । त्यसैले परमेश्वरको मण्डलीले परिवारमा एक-अर्कालाई आदर गर्ने, विचारशील हुने र मेलमिलापमा रहने जस्ता बाइबलका शिक्षाहरू सिकाउँदछ । सन्तहरूले परिवारबाटै परमेश्वरको प्रेमलाई कार्यान्वयन गर्न सकून् भनेर परमेश्वरको मण्डलीले मासिक…

के परमेश्वरको मण्डलीले येशूज्यूलाई विश्वास गर्छ ?

परमेश्वरको मण्डली येशूज्यूलाई श्रद्धापूर्वक विश्वास गर्ने र उहाँको भय मान्ने मण्डली हो । यसको साथै योचाहिँ परमेश्वरको शिक्षालाई कार्यान्वयन गर्ने र मुक्तिको मार्ग प्रचार गर्ने मण्डली हो । येशूज्यूको क्रूसको बलिदानचाहिँ मानव-जातिको पाप सित्तैँमा क्षमा गरिदिनुभएका परमेश्वरको बलिदान हो । यदि येशू ख्रीष्टको प्रायश्चितको बलिदान र प्रेम नभएको भए मानव-जाति…

के परमेश्वरको मण्डलीले बाइबललाई विश्वास गर्छ ?

परमेश्वरलाई विश्वास गर्ने मानिस जो कोही होस्, उसले परमेश्वरको वचन समावेश भएको बाइबललाई विश्वास गर्नु स्वाभाविक हो । बाइबल परमेश्वरबाट पवित्र आत्माको प्रेरणा पाएका अगमवक्ताहरूद्वारा लिखित परमेश्वरको पवित्र र अचूक वचन हो (२ तिमो ३:१६-१७; २ पत्र १:२०-२१) । यसमा मानव-जातिलाई पापबाट मुक्त गराउने परमेश्वरको इच्छा, मानव-जातिलाई प्रेम गर्नुहुने परमेश्वरको…

परमेश्वरको मण्डलीको दृष्टिकोणमा विधर्म भनेको के हो ?

बाइबलका अनुसार विधर्मी भनेको परमेश्वरलाई विश्वास गर्छु भनेर दाबी गरे तापनि परमेश्वरको आज्ञा पालन नगर्ने र मानव-निर्मित नियम र सिद्धान्तको छलमा परेर गठन भएको एक समूह हो (१ पत्र २:१-३) । वैधानिक अथवा विधर्म भन्ने कुराचाहिँ येशू ख्रीष्टको आज्ञा पालन गरेको छ कि छैन भन्ने कुराद्वारा निर्धारण गर्न सकिन्छ ।…

परमेश्वरको मण्डलीले हुर्किरहेका किशोर-किशोरीहरूका लागि कस्तो शिक्षा प्रदान गर्दछ ?

किशोर-किशोरीहरू र बालबालिकाहरू उज्ज्वल भविष्य निर्माण गर्ने नायकहरू हुन् । परमेश्वरको मण्डलीले उनीहरूलाई आफ्नो सपना साकार गर्नको लागि सच्चरित्र निर्माण गर्न, नम्र हुन, विस्तृत ज्ञान हासिल गर्न, सन्तानोचित कर्तव्य पूरा गर्न, शिष्टाचार र सद्गुण सिक्न मद्दत गर्दछ । ग्रीष्म र हिउँदे विद्यार्थी शिविरको समयमा बाइबल प्रशिक्षण, उल्लेखनीय प्रवक्ताहरूमार्फत विशेष वक्तव्य,…

परमेश्वरको मण्डलीले मानव-जाति र समाजका लागि के-कस्ता कार्यहरू गर्दछ ?

परमेश्वरले मानव-जातिलाई प्रेम गर्नुहुन्छ । परमेश्वरको मण्डलीले परमेश्वरको मुक्तिको खबर सारा संसारलाई थाहा दिनको निम्ति सुसमाचारका गतिविधिहरू गर्दछ । यसले राष्ट्रियता, जाति र संस्कृतिको सीमाभन्दा टाढा पुगेर विविध राहत कार्य, समानतासम्बन्धी जनचेतना, शिक्षा प्रवर्द्धन, वातावरण संरक्षण र मानव एकतासम्बन्धी गतिविधिहरूद्वारा मानव-जातिको हर्षपूर्ण भविष्य निर्माणमा विशेष ध्यान दिइरहेको छ । यसको…

परमेश्वरको मण्डलीले धेरै स्वयंसेवा कार्यहरू गर्नुको कारण के हो ?

स्वयंसेवा ख्रीष्टियानको कर्तव्य हो । परमेश्वरलाई विश्वास गर्ने सन्तले संसारको नून र ज्योतिको भूमिका निर्वाह गर्नुपर्छ, अनि आफ्नो छिमेकीलाई प्रेम गर्नुपर्छ भनेर बाइबलमा शिक्षा दिइएको छ (मत्ती ५:१३-१६; २२:३९) । परमेश्वरको मण्डलीले कोरिया लगायत विश्वभरिका विपन्न छिमेकीहरूलाई सहयोग गर्नुका साथै वातावरण सरसफाइ जस्ता विविध स्वयंसेवा गतिविधिहरू गर्दैआएको छ । यसको…

परमेश्वरको मण्डलीले संसारमा द्वन्द र भेदभाव हटाउन के-कस्ता गतिविधिहरू गर्दछ ?

भेदभावचाहिँ आफूलाई उच्च स्थानमा राखेर अरूलाई होच्याउने सोचाइबाट उत्पन्न हुन्छ । परमेश्वरले हामी मानव-जातिलाई आपसमा सेवा र प्रेम गर्नू भन्ने शिक्षा दिनुभएको छ । संसारमा सबैभन्दा स्वच्छ प्रेम नै आमाको प्रेम हो । अनि मानव-जातिलाई एउटै परिवारको रूपमा लिनुहुने माताको मनद्वारा परमेश्वरको मण्डलीले राष्ट्रियता, जाति, लिङ्ग र संस्कृतिबीच कुनै भेद…

परमेश्वरको मण्डली विश्वव्यापी मण्डली हो । विभिन्न पृष्ठभूमिका यति धेरै मानिसहरू कसरी एकतामा रहन सकेका होलान् ?

विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरूको वर्ण, भाषा र संस्कृति फरक भए तापनि सबै जना पिता परमेश्वर र माता परमेश्वरको प्रेमभित्र रहेका एउटै परिवार हुन् । विश्वभरिका पादरी कर्मचारीको सम्मेलन, सुसमाचार सक्रियता गतिविधिहरू, अन्तर्राष्ट्रिय सहकारिता, समाज सेवा, अन्तर्राष्ट्रिय बाइबल गोष्ठी र “माफ गर्नुहोस्, धन्यवाद” जस्ता प्रेम आदनप्रदान गर्ने विभिन्न अभियान र बैठकहरू…

परमेश्वरको मण्डलीमा जानुका राम्रा पक्षहरू के-के हुन् ?

परमेश्वरले स्थापना गर्नुभएर हुर्काउनुभएको परमेश्वरको मण्डलीचाहिँ बाइबलमा आधारित प्रवचन, पवित्र र भक्तिपूर्ण आराधना, पादरी कर्मचारी तथा सन्तहरूको नम्रता र विचारशीलता, बाँडचूँड तथा विभिन्न स्वयंसेवा गतिविधिले भरिएको प्रेमको गुँड हो । यो ठाउँमा पवित्र परमेश्वरको प्रेम र अनुग्रहद्वारा अनन्त जीवन र खुशीयाली प्राप्त हुन्छ । अनि मानव-जीवनको मूल अर्थलाई महसुस गर्नुको…