WATV.org is provided in English. Would you like to change to English?

परमेश्वरको मण्डलीले हुर्किरहेका किशोर-किशोरीहरूका लागि कस्तो शिक्षा प्रदान गर्दछ ?

14,189 भ्यु

किशोर-किशोरीहरू र बालबालिकाहरू उज्ज्वल भविष्य निर्माण गर्ने नायकहरू हुन् । परमेश्वरको मण्डलीले उनीहरूलाई आफ्नो सपना साकार गर्नको लागि सच्चरित्र निर्माण गर्न, नम्र हुन, विस्तृत ज्ञान हासिल गर्न, सन्तानोचित कर्तव्य पूरा गर्न, शिष्टाचार र सद्गुण सिक्न मद्दत गर्दछ ।

ग्रीष्म र हिउँदे विद्यार्थी शिविरको समयमा बाइबल प्रशिक्षण, उल्लेखनीय प्रवक्ताहरूमार्फत विशेष वक्तव्य, किशोर-किशोरीहरूका लागि अर्केस्ट्रा कन्सर्ट, छात्रवृत्ति, विभिन्न ठाउँहरूको भ्रमण, स्वयंसेवा गतिविधिहरू, र सोउल(आशाको उद्यान) जस्ता मासिक पत्रिका नै यसका प्रतिनिधि कार्यहरू हुन् । किशोर-किशोरीहरू, बुबा-आमाहरू तथा शिक्षकहरू पनि सँगै सहभागी भएर एक-अर्कासित कुराकानी गर्ने र मेलमिलापमा रहने समय लिइरहेका छन् ।