के परमेश्वरको मण्डलीले येशूज्यूलाई विश्वास गर्छ ?

1545 हेरेको संख्या

परमेश्वरको मण्डली येशूज्यूलाई श्रद्धापूर्वक विश्वास गर्ने र उहाँको भय मान्ने मण्डली हो । यसको साथै योचाहिँ परमेश्वरको शिक्षालाई कार्यान्वयन गर्ने र मुक्तिको मार्ग प्रचार गर्ने मण्डली हो । येशूज्यूको क्रूसको बलिदानचाहिँ मानव-जातिको पाप सित्तैँमा क्षमा गरिदिनुभएका परमेश्वरको बलिदान हो ।

यदि येशू ख्रीष्टको प्रायश्चितको बलिदान र प्रेम नभएको भए मानव-जाति सबै अनन्त मृत्यु, पीडा र विनाशमा परेर मर्नुबाहेक अर्को विकल्प रहनेथिएन । येशूज्यूविनाको संसारचाहिँ निराशा र कष्टले भरिएको संसार हो ।

येशूज्यूचाहिँ मानव-जातिलाई मुक्तिको ज्योति प्रदान गर्न यो पृथ्वीमा आउनुभएर अनन्त जीवनको आशा दिनुभएका व्यक्ति हुनुहुन्छ । परमेश्वरको मण्डलीले येशूज्यूलाई विश्वास गर्छ, अनि उहाँलाई प्रेम गर्नुको साथै मानव-जातिलाई उहाँको महान् प्रेम र बलिदान सुनाउने कार्य गर्छ । अनि यो मण्डलीले येशूज्यूको नाउँलाई मात्र नभएर येशूज्यूको नयाँ नाउँलाई पनि विश्वास गर्छ, र प्रेम गर्छ (प्रका ३:१२) ।