सत्यता प्रशिक्षण

परमेश्वरको वचनचाहिँ आत्मिक भोजन हुनुको साथै आत्मालाई पुनर्जीवित गराउने जीवनको पानी हो ।
सबै सन्तहरू परमेश्वरको अझ नजिक रहेर वचनमा दृढ भएर खडा हुन सक्ने गरी हामीहरू सुव्यवस्थित ढङ्गले बाइबलको शिक्षा प्रदान गर्दछौं ।

उमेर समूहअनुसार बाइबलको शिक्षा

हामीहरू बालबालिका, प्राथमिक तहका विद्यार्थी, माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थी, विश्वविद्यालय विद्यार्थी, जागिरे युवा, सैन्य कर्मचारी, विवाहित सन्त गरेर विभिन्न उमेर समूह र पेशाअनुसार बाइबलको शिक्षा प्रदान गर्दछौं । हामीसँग बाइबलका वचनहरू राम्ररी बुझेर महसुस गराउने ‘शबाथ स्कूल’ र विभिन्न प्रस्तुतिहरूद्वारा बाइबल अध्ययन गराउने शैक्षिक प्रणाली छ । हामीहरू अडियो, भिडियो, वेबसाइट, पुस्तक जस्ता विभिन्न सञ्चार माध्यमहरूद्वारा, सन्तहरू आफ्नो दैनिक जीवनमा परमेश्वरको वचनको नजिक रहन सक्ने वातावरणको सृजना गर्दछौं ।

सबै सन्तहरूका लागि शैक्षिक प्रोग्राम

ग्रोइङ एकेडेमी

Growing Academy

यसले, सत्यता ग्रहण गरेका नयाँ सन्तहरूलाई परमेश्वरको वचन सजिलै सिक्न र बुझ्न मद्दत पुऱ्याउँछ ।

प्रिचिङ एकेडेमी

Preaching Academy

यसले, नयाँ करारको सत्यताभित्र दृढ विश्वास लिएका सन्तहरूलाई परमेश्वरको वचन सजिलै सिक्न मद्दत पुऱ्याउँछ ।

एलोहिम एकेडेमी

Elohim Academy

योचाहिँ नयाँ करारको सत्यतालाई विभिन्न शीर्षकहरूद्वारा अझ गहिरो गरी बुझ्न मद्दत पुऱ्याउने शैक्षिक प्रोग्राम हो ।

लिडरशीप एकेडेमी

Leadership Academy

योचाहिँ पादरी कर्मचारीहरूले सन्तहरूलाई परमेश्वरको वचन पर्याप्त मात्रामा सुनाउनको लागि निर्मित शैक्षिक प्रोग्राम हो ।

युवाहरूका लागि शैक्षिक प्रोग्राम

प्रभातका शीतजस्ता युवाहरू परमेश्वरकहाँ आउनेछन् भन्ने अगमवाणीअनुसार हामीहरू,
भावी पुस्ताका लिडर रहेका युवाहरूलाई विश्वासको सही दृष्टिकोण र मान्यता लिएर परमेश्वरको वचनलाई हृदयमा खोप्दै कार्यान्वयन गर्न मद्दत पुऱ्याउँछौं ।

International University Student Bible Academy • [IUBA]

International University Student Bible Academy

योचाहिँ क्याम्पस विद्यार्थीहरूका लागि निर्मित शैक्षिक प्रोग्राम हो । नियमित भेला, गहन शिक्षा र पत्राचार पाठ्यपुस्तकहरूद्वारा बाइबल अध्ययन कार्यको साथै क्याम्पसहरूमा बाइबल क्लबका गतिविधिहरू पनि सक्रिय रूपले अगि बढिरहेको छ ।

International Worker Bible Academy • [IWBA]

International Worker Bible Academy

योचाहिँ जागिरे युवाहरूका लागि निर्मित शैक्षिक प्रोग्राम हो । जागिरे युवाहरूलाई बाइबलको शिक्षा मात्र नभएर समाजमा जिउन आवश्यक पर्ने व्यक्तित्व, नैतिकता, लिडरशीप, विदेशी भाषा जस्ता विभिन्न कुराहरूसम्बन्धी शिक्षा दिइन्छ ।

International Military Member Bible Academy • [IMBA]

International Military Member Bible Academy

योचाहिँ सैन्य सन्तहरूको लागि निर्मित प्रोग्राम हो । हामीहरू सेनामा रहेका सन्तहरूलाई सैन्य जीवन एकदमै अर्थपूर्ण ढङ्गले जिउन र डिस्चार्ज भएपछि पनि समाजमा योगदान पुऱ्याउन सक्ने गरी मद्दत गर्छौं ।

मासिक पत्रिकाहरू

प्रभातका शीतजस्ता युवाहरू परमेश्वरकहाँ आउनेछन् भन्ने अगमवाणीअनुसार हामीहरू,
भावी पुस्ताका लिडर रहेका युवाहरूलाई विश्वासको सही दृष्टिकोण र मान्यता लिएर परमेश्वरको वचनलाई हृदयमा खोप्दै कार्यान्वयन गर्न मद्दत पुऱ्याउँछौं ।

मासिक एलोहिष्ट

सन्तहरूले परमेश्वरको वचन समाविष्ट प्रवचन, बाइबलको इतिहासद्वारा पाएको महसुस र विश्वव्यापी परमेश्वरको मण्डलीका गतिविधिहरू समाविष्ट खबरहरूबाट दह्रिलो विश्वास लिँदै सच्चरित्र निर्माणमा प्रयत्न गर्छन् ।

शबाथ स्कूल

सन्तहरूले हरेक शबाथ-दिनमा उमेर समूहअनुसार बाइबलको इतिहास, परमेश्वरको प्रबन्ध र आधारभूत ज्ञान हासिल गरी सृष्टिकर्ता परमेश्वरको अनुग्रह र महसुस बाँड्दछन् ।

विवाहित पुरुषहरूका लागि प्रशिक्षण

विवाहित पुरुष सन्तहरूले परिवार र समाजमा एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । प्रत्येक सन्त सहभागी हुने एलोहिम एकेडेमीअन्तर्गत हरेक मण्डलीमा नियमित रूपमा आयोजना हुने बाइबल प्रशिक्षण, विवाहित पुरुषको अध्ययन भेला र बाइबल प्रवचन प्रस्तुति प्रतियोगितामार्फत परमेश्वरको वचन सिकेर परिवार र कार्यक्षेत्रहरूमा कार्यान्वयन गरिन्छ ।

विवाहित स्त्रीहरूका लागि प्रशिक्षण

विवाहित स्त्रीहरूले परिवारमा खुशी र छिमेकीहरूमाझ मेलमिलाप कायम गर्नमा मुख्य भूमिका निर्वाह गर्छन् । सबै सन्तहरू सहभागी हुने एलोहिम एकेडेमीअन्तर्गत हरेक मण्डलीमा नियमित रूपमा आयोजना हुने बाइबल प्रशिक्षणमार्फत सत्यताको वचन सिकेर उनीहरू आफ्नो घर तथा समाजमा प्रेम र विचारशीलतालाई व्यवहारमा लागू गर्छन् ।

युवाहरूका लागि प्रशिक्षण

International University Student Bible Academy[IUBA]

International Worker Bible Academy[IWBA]

International Military Member Bible Academy[IMBA]

छात्र-छात्राहरूका लागि प्रशिक्षण

छात्र-छात्राहरूलाई बाइबल-केन्द्रित शिक्षाले परमेश्वरको वचनभित्र सही तरिकाले हुर्किन मद्दत पुऱ्याउँछ । ग्रीष्म र हिउँदको बिदामा आयोजना हुने विद्यार्थी शिविरद्वारा उनीहरूले आफ्नो स्तरसँग मिल्ने किसिमको वचन अध्ययन गर्ने, भिडियो हेर्ने, बाइबलका शिक्षाहरूलाई रुचिसाथ सिक्न सक्ने प्रोग्रामहरू छ ।

बालबालिकाहरूका लागि प्रशिक्षण

सानो उमेरदेखि परमेश्वरको वचनको शिक्षा पायो भने ईमानदार व्यक्तिको रूपमा हुर्कन सकिन्छ । प्लेग्रूप र प्राथमिक तहका विद्यार्थीहरूका लागि प्रशिक्षणको आवश्यकता बढ्दैगइरहेको हुँदा ४ वर्षदेखि ६ वर्षसम्मका बालबालिकाहरूका लागि शबाथ स्कूल सञ्चालन गर्ने गरिन्छ । प्रत्येक उमेर समूहअनुसारको पाठ्यपुस्तकहरूद्वारा बाइबलमा आधारित रोचक र लाभदायक शिक्षाहरू प्रदान गरिँदैआएको छ । प्राथमिक तहका विद्यार्थीहरूलाई ग्रीष्म र हिउँदे शिविरमार्फत सत्यतासम्बन्धी शिक्षा प्रदान गरिन्छ ।

आध्यात्मिक विद्यार्थीहरूका लागि प्रशिक्षण

परमेश्वरको वचनलाई व्यवहारमा लागू गरेर सद्गुण र प्रेमले भरिपूर्ण भई संसारलाई मुक्तिमा डोऱ्याउनुको साथै छिमेक र समाजको सेवामा समर्पित पादरी कर्मचारीहरू हुर्काउनको निम्ति हामीहरू महासभा गोष्ठी सञ्चालन गरिरहेका छौं । सत्यता, भक्ति र कार्यान्वयनको विचारधारामा आधारित रहेर सबै अगमवक्ताहरूलाई परमेश्वरको वचनमा आज्ञाकारी भएर भक्तिपूर्ण कार्य र स्वभावद्वारा संसारलाई मुक्तिमा डोऱ्याउन सक्षम तुल्याउनको निम्ति प्रशिक्षण दिइन्छ ।