सांस्कृतिक सञ्चार

प्रेम सुकेको यो संसारमा जिउने क्रममा गाह्रो र थकित भएकाहरूलाई बुबा र आमाको प्रेमद्वारा हामी उपहारस्वरूप उपचार र आराम दिँदछौं ।

अर्केस्ट्रा कन्सर्ट

मसीह अर्केस्ट्रा, परमेश्वरको मण्डलीका सन्तहरूद्वारा गठित अर्केस्ट्रा हो । यसले सुन्दर धूनद्वारा परिवार र छिमेकीबीच सञ्चार र मिलापको अवसर सृजना गर्दछ, र व्यस्त दैनिक जीवनमा आउने तनावले गर्दा थकित भएका आधुनिक मानिसहरूलाई आराम, सान्त्वना र शान्ति प्रदान गर्दछ । त्यसको साथै यसले अप्रत्याशित प्रकोपका कारण कठिनाइबीच गुज्रिरहेका विश्वव्यापी गाउँका छिमेकीहरूलाई कन्सर्टद्वारा परमेश्वरको प्रेम र आशा पनि बाँडिरहेको छ ।

विश्वव्यापी प्रकोप पीडितहरूको सहयोगार्थ च्यारिटी कन्सर्ट

भूकम्प, बाढी, आँधी जस्ता प्रकोपले ग्रसित विश्वका मानिसहरूको सहयोगार्थ हामीहरू च्यारिटी कन्सर्ट गर्ने गर्छौं । हामीले थाइल्यान्ड, हाइटी, नेपाल, पेरु इत्यादि देशका प्रकोप पीडितहरूमा नयाँ आशा रोपिदिँदै उनीहरूलाई आफ्नो दैनिक जीवनयापनमा फर्कन मद्दत गऱ्यौं, अनि अर्कातिर विपन्न छिमेकीहरूलाई सहयोग गर्ने अभियानमा सहभागिता जनाउन थुप्रै मानिसहरूलाई प्रोत्साहन पनि दियौं ।

  • हाइटी भूकम्प पीडितहरूको सहयोगार्थ च्यारिटी कन्सर्ट
  • चिली भूकम्प पीडितहरूको सहयोगार्थ च्यारिटी कन्सर्ट
  • थाइल्यान्ड बाढी र टर्की भूकम्प पीडितहरूको सहयोगार्थ च्यारिटी कन्सर्ट
  • नेपाल भूकम्प पीडितहरूको सहयोगार्थ च्यारिटी कन्सर्ट
  • पेरु एल् निन्यो बाढी पीडितहरूको सहयोगार्थ च्यारिटी कन्सर्ट

देश तथा स्थानीय समाजका लागि कन्सर्ट

देश र स्थानीय समाजको विकास तथा सदस्यहरूको एकताको निम्ति हामी कन्सर्ट आयोजना गर्दछौं । उज्ज्वल र आशापूर्ण सङ्गीत साझा गर्दै हामी अन्तर्राष्ट्रिय तथा स्थानीय कार्यक्रमको सफलता र सामुदायिक मिलापको निम्ति समर्थन जनाउँदछौं ।

  • पेरु अग्नि नियन्त्रकहरूका निम्ति कन्सर्ट
  • विश्व एथ्लेटिक्स प्रतिस्पर्धा कार्यक्रमको सफलताको निम्ति कन्सर्ट
  • कोरिया छुङछङ भ्रमण वर्षको सफलताको निम्ति कन्सर्ट

परिवार तथा छिमेकीहरूको साथमा गरिने कन्सर्ट

स्वदेशदेखि टाढा आएर जीवनयापन गर्ने विदेशीहरूलाई हामी सुन्दर सङ्गीतद्वारा न्यानो आमाको प्रेम बाँड्दै स्थानीय समाजको विकास र सदस्यहरूको एकतालाई समर्थन गर्दछौं । परिवार, छिमेकी, इष्टमित्र र सहकर्मीहरूका साथमा कन्सर्टको मज्जा लिँदै खुशीयाली बाँडेका यिनीहरूले जीवनशक्ति प्राप्त गरिरहेका छन् ।

  • परिवार र छिमेकीहरूका साथमा गरिने कन्सर्ट
  • विदेशीहरूका साथमा गरिने कन्सर्ट
  • माताको मन समाविष्ट हिलिङ कन्सर्ट

किशोर-किशोरीहरूका निम्ति कन्सर्ट

पढाइ र भविष्यप्रति चिन्तित किशोर-किशोरीहरूले सङ्गीतद्वारा नयाँ सपना र आशा प्राप्त गर्न सकून् भनी हामी सङ्गीत प्रस्तुत गर्दछौं । मसीह अर्केस्ट्रा मात्र होइन, तर फुर्सदको समयमा आफ्नो प्रतिभालाई विकास गरेका विद्यार्थी अर्केस्ट्रा टोली सदस्यहरूले पनि आफ्नो उमेरका विद्यार्थीहरू र स्थानीय बासिन्दाहरूका निम्ति कन्सर्टको आयोजना गर्ने गर्छन् । हामी सङ्गीतद्वारा नम्रता, विचारशीलता, सञ्चार र एकता सिक्दछौं, अनि पढाइको तनाव र विद्यालय हिंसाले गर्दा दबिएको मनलाई सान्त्वना दिँदै, हृदयस्पर्शी धूनद्वारा नयाँ आशा र शक्ति पनि रोपिदिन्छौं । जसले गर्दा विद्यार्थीहरूलाई आफ्नो परिवार, साथी र शिक्षकहरूसँग सुन्दर सांस्कृतिक जीवन साझा गर्दै सञ्चार गर्ने मौका पनि मिल्छ ।

  • विद्यार्थीहरूका निम्ति विन्ड इन्सेम्बल कन्सर्ट
  • विद्यार्थी अर्केस्ट्रा टूर कन्सर्ट

‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी

“ठीकै छ, गर्न सकिन्छ, बल गरौं” भन्नुहुँदै हरसमय प्रोत्साहन दिनुहुने
आमाको न्यानो प्रेम हामी अरूहरूमाझ बाँड्दछौं ।

वेबसाइटमा जाने

योचाहिँ आमाको प्रेम र बलिदानलाई फर्केर हेर्दै, प्रेम सुकेको यो संसारमा मानिसहरूलाई आशा र साहस प्रदान गर्ने प्रदर्शनी हो ।

आमा भन्ने शब्दमा प्रेम, क्षमायाचना निश्चल समर्पण जस्ता असङ्ख्य स्मृतिहरू लुकेका हुन्छन् । उहाँको बारेमा सोच्दा मात्र पनि सूर्यको किरणले हाम्रो दैनिक जीवनका अँध्यारा कुनाहरूलाई उज्यालो बनाएझैँ गरी न्यानोपन महसुस गराउँछ । आमाद्वारा हाम्रो हृदयमा भरिने खुसी पवित्र र अत्यन्तै अर्थपूर्ण हुन्छ । यही खुसी हरेकको हृदयमा उज्यालो बनी फक्रियोस् भन्ने आशाका साथ, हामी ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी प्रस्तुत गर्दछौं ।

‘बुबाको साँचो मन’ प्रदर्शनी

‘बुबा’चाहिँ आफ्नो परिवारको निम्ति एक स्थिर स्तम्भको रूपमा उभिने व्यक्ति हुनुहुन्छ ।
अब हामी त्यो गहिरो र अटुट प्रेम महसुस गर्ने समय लिनेछौं ।

वेबसाइटमा जाने

‘बुबाको साँचो मन’ प्रदर्शनीचाहिँ बुबाको प्रेम र बलिदान झल्काउने प्रदर्शनी हो ।

बुबाले चाहिँ आफ्नो परिवारलाई पाल्नका लागि कुनै गुनासो नगरी शान्तपूर्वक वर्षौंसम्म कठिन संघर्ष गरिरहनुहुन्छ । बुबाको गहिरो प्रेम प्रायः मौनता र नभनिएका शब्दहरूमा लुकेका हुन्छन् । तर यसले नै परिवारलाई आशा र धैर्यताका साथ अघि बढ्न प्रेरणा दिन्छ । उहाँको त्यो निष्कपट प्रेमलाई हरेकको हृदयले बुझोस् र सम्झिरहोस् भन्ने आशाका साथ हामी ‘बुबाको साँचो मन’ प्रदर्शनी प्रस्तुत गर्दछौं ।