हृदयको ढोका खोल्ने सन्तहरूको सुकर्म

यु ह्वी सुन / आन्सान, कोरिया

11,680 भ्यु
본문 읽기 4:36
현재 언어는 음성 재생을 지원하지 않습니다.

कोरियाको आन्सान वल्फी मण्डलीका हामी सन्तहरू हरेक महिना बाटो सरसफाइ गर्छौं । हामीले स्वयंसेवा कार्य हतारिँदै नभएर विस्तृत रूपले गर्ने गरेको देखेर मण्डली नजिकैका बासिन्दाहरू, पसलका साहुजीहरू र सडक सरसफाइ कर्मचारीहरूले हाम्रो मण्डलीको खूब प्रशंसा गर्छन् । यस पटक हामीले सरसफाइ गरेको ठाउँचाहिँ सङ्फो कला पार्क र वल्फी पार्क थियो । त्यस दिन हामीले पार्कभित्रको फोहोर मात्र नभएर थुप्रै पसलहरू भएको मार्गका फोहोरहरूसमेत टिप्यौं । सडकमा अन्य फोहोरहरूभन्दा पनि चुरोटका ठुटाहरू नै धेरै थिए । हामीहरू सरसफाइ कार्यमा व्यस्त भइरहेको बेला नजिकैको रेस्टूरेन्टमा जिउँदो माछा पुऱ्याउने गाडी चालकले, यात्रु सीटमा बसेर धूम्रपान गरिरहेका व्यक्तिलाई यसो भनेछन्,

“चुरोटका ठुटाहरू जथाभावी फ्याँक्ने मानिसहरू सबै जना परमेश्वरको मण्डलीमा जानुपर्छ । तपाईं पनि परमेश्वरको मण्डली जाने हो ?”

तिनलाई हामीप्रति दया जागेर त्यसो भनेका होलान् भन्ठानें । तब ती यात्रुले “त्यै त, जानुपर्ने” भनेर उत्तर दिएछन् । त्योभन्दा अझ अचम्मको कुराचाहिँ उनीहरूको कुराकानी त्यतिमै सीमित भएनछ, तर यात्रुले फेरि “आइरहेको पुनरुत्थानको चाडमा म परमेश्वरको मण्डली जानेछु” भनेछन् । त्यो क्षण, हाम्रो सुकर्म देखेर संसारका मानिसहरूले परमेश्वरलाई महिमा गर्नेछन् भन्ने बाइबलको वचन सम्झिन पुगें ।

मैले स्वयंसेवाको प्रभाव अनुभव गरेको त्यो दिन, घर फर्कने क्रममा सन्तहरूको मुहारमा उज्यालो मुस्कान छायो । आगामी दिनमा अझ खुशी र धन्यवादी मनद्वारा स्वयंसेवाको कार्य गर्ने हामीहरूको सङ्कल्पबारे नभने तापनि तपाईंहरूले जानिसक्नुभयो होला ।