फुट्नैपर्छ

10,112 भ्यु
लेख सुन्नुहोस् 3:09

कुनै एक समयमा एक जना घमण्डी जवान केटो थियो । गाउँको फूलबारी छाँटकाट गरिरहेका एक जना वृद्ध मानिसले, त्यही बाटो भएर गइरहेको त्यो जवान केटोलाई बोलाउनुभएछ ।

“ए बाबु, यो माटोमा अलिकता पानी हालिदिन्छौ कि ?”

त्यो केटो नसुनीकन जान लागेको थियो तर गाउँको मान्य बुज्रुकले अह्राउनुभएकोले उसले उहाँको कुरालाई टार्न सकेन । तर माटो निकै साह्रो भएकोले पानी हाल्नुको कुनै अर्थ थिएन । पानी माटोभित्र नपसी छेउबाट बगेर गयो । तब त्यो केटो रीसले मुर्मुरिन थाल्यो ।

यो दृश्य हेरिरहेका ती वृद्ध मानिसले, त्यो केटो भएनेर गएर त्यहाँ भएको साह्रो माटोलाई फुटाउनुभयो । अनि फुटेका ती माटोलाई बटुलेर, फेरि त्यस केटोलाई त्यसमा पानी हाल्न भन्नुभयो । त्यसपछि बल्ल माटो अलि नरम भयो र त्यो माटोले सजिलै पानीलाई सोस्यो ।

त्यसपछि ती वृद्ध मानिसले त्यो केटोलाई यसो भन्नुभयो ।

“कडा माटोमा पानी छिर्न सक्दैन । मानिसहरूको हकमा पनि उस्तै हो । घमण्डी हृदयमा कुनै बीउ छर्न सकिँदैन । यदि तिमी फुल्न र फल फलाउन चाहन्छौ भने, सबैभन्दा पहिला तिमीले आफ्नो हृदयलाई नरम बनाउनुपर्छ ।”

फुट्नैपर्छ

3:09
0:00 3:09

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।