WATV.org is provided in English. Would you like to change to English?

तिमी अहिले जान्दैनौ

यूह १३:३-१५

33,135 भ्यु
본문 읽기 5:22
현재 언어는 음성 재생을 지원하지 않습니다.

निस्तार-चाडको अघि येशूज्यू भोजनबाट उठ्नुभयो, र एउटा तौलिया आफ्नो कम्मरमा बेह्रनुभयो । तब उहाँले बाटामा पानी खन्याउनुभयो र चेलाहरूका गोडा धुन लाग्नुभयो । तब के गर्ने भन्नेबारे थाहा नभएर पत्रुसले उहाँलाई सोधे, “प्रभु, के तपाईंले मेरा गोडा धुने ?”

“म के गर्दैछु तिमी अहिले जान्दैनौ, तर पछि बुझ्नेछौ ।”

“तपाईंले मेरा गोडा कहिल्यै धुनुहुनेछैन ।”

यसरी निरन्तर नमानिरहेका पत्रुसलाई येशूज्यूले भन्नुभयो, “मैले धोइदिइनँ भनेता मसित तिम्रो केही हिस्सा हुनेछैन ।”

चेलाहरूका गोडा धोइसक्नुभएपछि उहाँ फेरि बस्नुभयो र उहाँले तिनीहरूलाई भन्नुभयो,

“मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक-अर्काका गोडा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर ।”

सामान्यतया निम्न ओहदाको व्यक्तिले उच्च ओहदाको व्यक्तिको गोडा धोइदिने गरिन्छ । त्यसैले आफैलाई होच्याउनुभई अरूको सेवा गर्ने उदाहरण देखाइदिनुभएका येशूज्यूको इच्छालाई पत्रुसले बुझ्न सकेनन् । तर येशूज्यूले “मैले धोइदिइनँ भनेता मसित तिम्रो केही हिस्सा हुनेछैन” भन्नुहुँदा पत्रुसले उत्तिखेरै आफ्नो अडान छोडेर उहाँको वचनमा आज्ञाकारी भए ।

विश्वासको जीवन जिउने क्रममा हामीलाई आफ्नो सोचाइ परमेश्वरको शिक्षाभन्दा फरक लाग्ने क्षणहरू पनि हुन्छन् । त्यस्तो अवस्थामा हामी पनि पत्रुसले जस्तै आफ्नो सोचाइ र अडानलाई पन्छाएर परमेश्वरको शिक्षामा आज्ञाकारी हुनुपर्छ । अहिले हामीले सबै बुझिसकेका छैनौं तर पछिचाहिँ त्यो आशिष्‌को मार्ग रहेछ भन्ने कुरा अवश्य बुझ्नेछौं ।

“किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्नुहुन्छ । “जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरा विचार तिमीहरूका विचारभन्दा अल्गा छन् ।” यशै ५५:८-९