भाषा चयन गर्नुहोस् ।

Close

अडिग रहने मानिस

23,444 भ्यु
लेख सुन्नुहोस् 13:29

उग्र छालहरू जहाजको भित्तामा ठोक्किरहने, त्यो १० दिने यात्रा । बन्दरगाहमा ओर्लेर, लगभग ३२ किलोमिटरको अप्ठ्यारो ढुङ्गेनी बाटो हिँडेपछि, जेजु टापुको देजङस्थित एउटा सानो झुपडी देखिन्छ । अप्रत्याशित राजनीतिक द्वन्द्वको चपेटामा परेका छुसा गिम जङ हीले आफ्नो निर्वासन जीवन बिताउने ठाउँ यहीँ नै थियो ।

कोरियाको जोसन राजवंशको उत्तरार्धमा गिम जङ ही एउटा प्रतिष्ठित घरानाका सन्तान र त्यस युगकै सबैभन्दा आदरणीय विद्वान् तथा कलाकार थिए । उनले सङग्युग्वान देसासङ (राष्ट्रिय विश्वविद्यालय सरहको सर्वोच्च शैक्षिक संस्थाको प्रमुख) र इजो छामफान (कर्मचारी मन्त्रालयको उपमन्त्री) जस्ता महत्त्वपूर्ण सरकारी पदहरू सम्हालेका थिए । साथै कूटनीतिक दूतका रूपमा चीन जाँदा उनले प्रसिद्ध विद्वान् र साहित्यकारहरूसँग ज्ञान आदानप्रदान पनि गरेका थिए । यति हुँदाहुँदै पनि उनको निर्वासन जीवन एकदमै कष्टकर र एकलो थियो । न्यून खानपानको सास्ती वा रोगव्याधिको पीडाभन्दा पनि उनलाई क्षणभरमै पिठ्यूँ फर्काउने आफ्ना चिनजानका मानिसहरूको चिसो विश्वासघातले बढी पिरोल्यो । एकपछि अर्को गर्दै घनिष्ठ मित्र र प्रिय पत्नीको मृत्युले उनको त्यो शोक र निराशालाई अझ गहिरो बनाइदियो ।

निर्वासनको त्यो नमीठो एकलोपनको बीचमा पनि एक जना व्यक्तिले भने आफ्नो मित्रता निभाइरहे । तिनी नै गिम जङ हीका समर्पित शिष्यहरूमध्येका एक, इ साङ जक1 थिए । कामको सिलसिलामा चीन जाँदैपिच्छे उनले आफ्नो गुरुलाई मन पर्ने पुस्तकहरू अथक रूपमा खोज्ने गर्थे । उनले जेजु टापुमा लगातार दूर्लभ र बहुमूल्य पस्तकहरू पठाइरहे, जसमा ह्वाङ्जो ग्यङसे मुन्फ्यन2 पनि समावेश थियो । यो यति बहुमूल्य कृति थियो कि यसको मूल्य एउटा सिङ्गो घर बराबर थियो । शक्तिशाली व्यक्तिहरूलाई रिझाउन दूर्लभ पुस्तकहरू उपहार दिने स्वार्थी मानिसहरूको विपरीत, इ साङ जकले आफ्ना निर्वासित गुरुलाई पहिलेभन्दा कत्ति पनि फरक व्यवहार गरेनन् । आफ्नो चेलाको यस्तो अटल निष्ठा र बफादारीबाट गिम जङ ही निकै भावुक बने ।

१. इ साङ जक (李尙迪, सन् १८०४–१८६५) एक प्रख्यात विद्वान् तथा दोभाषे थिए । उनले जिजुङछुबुसा र ओनाङका गभर्नरका रूपमा सेवा गरेका थिए । उनले दोभाषेका रूपमा बाह्र पटक चीनको यात्रा गरे र त्यहाँका प्रसिद्ध साहित्यकारहरूसँग बलियो सम्बन्ध निर्माण गरे । उनका कृतिहरूमध्ये कविता सङ्ग्रह उनसोङ दाङजिब र चिनियाँ विद्वान्हरूका पत्रहरूको सङ्कलन हेरिन छग्सो प्रसिद्ध छन् ।

२. चीनको छिङ राजवंशका हे छाङलिङ र वेइ युआनले सङ्कलन गरेको पुस्तक, यो छिङकालीन राज्य सञ्चालनसम्बन्धी निबन्धहरूको सङ्ग्रह हो ।

इ साङ जकको त्यही अटल निष्ठाको गुण तिर्न चाहेका गिम जङ हीले आफ्नो ब्रस उठाए । मसीको प्रत्येक रेखासँगै उनले एउटा सामान्य खरको झुपडी र त्यसलाई घेरेका बलिया सल्ला र धुपीका रूखहरूलाई कलात्मक रूपमा उतारे, जुन सामान्य देखिए पनि शक्ति र गरिमाले ओतप्रोत थियो । चित्रको दाहिने कुनामा उनले “उसन सिसाङ” (藕船是賞: “उसन3, यो हेर”) भनेर एउटा वाक्य लेखे, जसले यो चित्र इ साङ जकका लागि बनाइएको हो भन्ने कुरा स्पष्ट पार्थ्यो । त्यसपछि, उनले आफ्नो असीम कृतज्ञता व्यक्त गर्न त्यसमा ‘जाङ मु साङ माङ’ (長毋相忘: ‘हामी एक-अर्कालाई कहिल्यै नभुलौं’) लेखिएको छाप लगाए ।

३. इ साङ जकको साहित्यिक उपनाम

आफ्नो उपसंहारमा उनले इ साङ जकको दृढ मनोबलको प्रशंसा गरे, र वसन्त, गर्मी र कठ्याङ्ग्रिने जाडोमा पनि सदाबहार हराभरा रहिरहने रूखसँग तुलना गरे । यहीँ चित्र पछि गएर सेहान्दो (歲寒圖) नामले प्रसिद्ध भयो र अहिले यो कोरियाको राष्ट्रिय सम्पदा नं. १८० का रूपमा मान्यता प्राप्त उत्कृष्ट मसीचित्र हो । यो चित्र दुई व्यक्तिबीचको गहिरो मित्रताबाट जन्मिएको अनुपम कृति हो ।

विशेष गरी जीवनको सुख, दुःख र कठिनाइको समयमा आफू वा अरूप्रति सधैँ अडिग रहिरहनु कदापि सजिलो हुँदैन । परिस्थितिले जस्तोसुकै रूप लिए पनि तपाईंसँग सधैँ उस्तै व्यवहार गर्ने व्यक्ति साथमा हुनु भनेको वर्णन गर्न नसकिने ठूलो आशिष् हो । सबै कुरा सहज हुँदा दाजुभाइको चिन्ता र चासो सामान्य जस्तो लाग्न सक्छ । अनि शरीरमा “म एकै फड्कोमा पहाड नाघ्न सक्छु” भन्ने जोस र जाँगर हुँदा दिदीबहिनीको साथ र समर्थनको खासै महत्त्व नहुन सक्छ । तर जब हामी जीवनको कठिन परिस्थितिबाट गुज्रिँदै सङ्घर्षका छालहरूमा ठोक्किन्छौं, तब मात्र हामीले नजिक वा टाढा रहेर पनि सधैँ हाम्रो पक्षमा उभिने मानिसहरूको वास्तविक मूल्य बुझ्छौं । परमेश्वरको देह र रगतद्वारा एक भएका सियोनका दाजुभाइ-दिदीबहिनीहरू हाम्रो सबैभन्दा ठूलो धन हुनुहुन्छ । उहाँहरूको साथ र उपस्थितिले मात्र पनि ठूलो प्रोत्साहन मिल्ने भएकोले, हामी हरेक ऋतुमा मौलाउने परमेश्वरको घरका हरिया जैतूनका रूखहरूजस्तै भई सँगै मिलेर धार्मिकताको फल फलाऔं । परमेश्वरको उत्कृष्ट कृति, अर्थात् प्रेमको अनन्त राज्य अब धेरै टाढा छैन ।

अडिग रहने मानिस

13:29
0:00 13:29

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।