उहाँले भन्नुभएबमोजिम गर

यूह २:१-११

185 हेरेको संख्या

गालीलको काना नगरमा एउटा विवाह-भोज थियो ।

येशूज्यू, उहाँकी आमा र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइनुभएको थियो । तर भोज चलिरहेको बेला दाखमद्य सिद्धियो । येशूज्यूकी आमाले चाकरहरूलाई भनिन्,

“येशूज्यूले भन्नुभएबमोजिम तिमीहरूले गर ।”

येशूज्यूले ६ वटा घ्याम्पातिर औंल्याउँदै चाकरहरूलाई भन्नुभयो,

“यी घ्याम्पाहरू पानीले भर ।”

येशूज्यूले भन्नुभएबमोजिम चाकरहरूले सबै घ्याम्पाको मुखसम्मै पानी भरिदिए ।

“अब यसलाई अलिकता उघाएर भोजका मुखियाकहाँ लैजाओ ।”

तिनीहरूले घ्याम्पाबाट एक कप पानी उघाएर मुखियाकहाँ सो लगे ।

तिनीहरूलाई थाहा हुनअघि नै त्यो पानी दाखमद्यमा परिणत भइसकेको थियो ।

विवाह हलका मुखियाले दाखमद्यमा परिणत भएको पानी चाखे, र आश्चर्यचकित भएर दुलहालाई झट्टै बोलाएर भने,

“हरेक मानिसले पहिले असल दाखमद्य टक्र्याउँछ अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कमसल दाखमद्य राखिदिन्छ । तिमीले त असल दाखमद्य अहिलेसम्म राखिछोडेछौ ।”

यसरी येशूज्यूले पहिलो चमत्कार गर्नुभएर आफ्नो महिमा प्रकट गर्नुभयो, अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे ।

पानी कदापि दाखमद्यमा परिणत हुन सक्दैन । तर सर्वशक्तिमान् परमेश्वरको निम्ति भने यो कार्य सम्भव छ ।

परमेश्वरले जस्तोसुकै वचन दिनुभए तापनि त्यसमा आज्ञाकारी मात्र भइयो भने मानिसको शक्तिद्वारा असम्भव देखिएको कार्य पनि सबै सम्भव हुनेछ । यसमा हाम्रो सोचाइ अथवा अनुभवको कति पनि जरुरत् पर्दैन ।

के सारा मानव-जातिलाई सुसमाचार प्रचार गर्ने कार्य असम्भव देखिन्छ ?

परमेश्वरले जस्तोसुकै वचन दिनुभए तापनि त्यसमा हामीहरू आज्ञाकारी भयौं भने “राज्यको यो सुसमाचार सारा संसारमा प्रचार हुनेछ” (मत्ती २४:१४) भन्ने अगमवाणी चमत्कारपूर्ण ढङ्गले पूरा हुनेछ ।

मात्र एउटा कुरा याद गरौं : आज्ञाकारिताचाहिँ केवल पूर्ण विश्वासबाट आउँदछ ।