परमेश्वरलाई हेरेको भए

प्रस्थान ३२:१-६

36,141 भ्यु
본문 읽기 4:23
현재 언어는 음성 재생을 지원하지 않습니다.

मोशा दश आज्ञा लिन सीनै पर्वतमा उक्लेको दर्जनौं दिन भइसकेको थियो । उनलाई पर्खेर बसिरहेका इस्राएलीहरूले हारूनकहाँ गएर यसो भने, “हाम्रा अगिअगि जानलाई देवताहरू बनाउनुहोस् ।”

“हामीलाई मिश्रबाट निकालेर ल्याउने मोशालाई के भयो हामी जान्दैनौं ।”

हारूनले मानिसहरूलाई शान्त बनाउन उनीहरूले भनेझैँ गरे ।

“मकहाँ सुन ल्याओ ।”

मानिसहरूले ल्याएको सुनबाट हारूनले एउटा बाछा बनाए । अनि तिनीहरूले त्यो सुनको बाछा अगाडि होमबलि र मेलबलि चढाएर नाच्दै रमाइलो गर्न थाले ।

मोशाचाहिँ मिश्रका राजा फारोकहाँ सहासका साथ गएर इस्राएलीहरूलाई छुटकारा गराउन आग्रह गर्ने, ओभानो भूमिमा हिँड्नका लागि लौरोद्वारा लाल समुद्र फटाउने, र महिमामा आउनुभएका परमेश्वरलाई आमनेसामने देख्ने व्यक्ति थिए । यस्तो महान् अगुवा लामो समयसम्म हराएकोले इस्राएलीहरू चिन्तित भए । तिनीहरूले आफ्नो अगुवाविना मर्ने डरले हारूनलाई मूर्ति बनाउन भने ।

यहाँ इस्राएलीहरूले बेवास्ता गरेको एउटा कुरा छ । त्यो नै मोशा परमेश्वरद्वारा नियुक्त अगमवक्ता भए पनि मुक्तिको सम्पूर्ण इतिहास नेतृत्व गर्नुहुने व्यक्तिचाहिँ केवल परमेश्वर हुनुहुन्छ भन्ने यथार्थता हो । मोशा सीनै पर्वतमा ४० दिन बस्दा मात्र होइन, तर उजाड-स्थानमा ४० वर्ष रहँदा पनि, परमेश्वरले तिनीहरूलाई एक क्षण पनि छोड्नुभएन । उजाड-स्थानमा परमेश्वरलाई नहेरेकाहरूको विनाशको इतिहासद्वारा हामीले फेरि पनि शिक्षा लिन सक्छौं । जुनसुकै अवस्था वा परिस्थिति भए पनि हामीले केवल परमेश्वरलाई मात्र हेर्ने विश्वास लिनुपर्छ ।