सफा पानी र स्वच्छता

अमूल्य पानीलाई संरक्षण गर्नु भनेको मानव जीवन बचाउनुजस्तै हो ।

खडेरी र वातावरण प्रदूषणका कारण पिउने पानी र सरसफाइको असुविधामा परेर असङ्ख्य मानिसहरूको जीवन जोखिममा परिरहेको छ । दूषित पानी पिएर पानीजन्य रोगले सङ्क्रमित मानिसहरूका निम्ति हामीहरू पानी पम्प जडान गरिदिन्छौं, अनि खराब वातावरणमा जिइरहेका मानिसहरूमाझ सहयोगको हात फैलाउँछौं ।

पानी सुविधा सेवा
सफा पानी र स्वच्छता
जल पारिस्थितिक प्रणाली संरक्षण
पानी सुविधा सेवा
  • पानीको हाहाकार मच्चिएको क्षेत्रमा पानी पम्प जडान
जल पारिस्थितिक प्रणाली संरक्षण
  • समुद्र तथा खोला सरसफाइ
  • EMको प्रयोगद्वारा खोला संरक्षण क्याम्पेन

पानीको हाहाकार मच्चिएको क्षेत्रमा पानी पम्प जडान

पानीको हाहाकार मच्चिएका ठाउँहरूमा नदी-नाला, आकाशे पानी अथवा कृषि भूमिबाट बगेको पानी पिउने मानिसहरूका निम्ति हामी पानी पम्प जडान गरिदिन्छौं । यसरी प्रदूषित पानी पिएर पानीजन्य रोगले ग्रसित सर्वसाधारण तथा बालबालिकाहरूले अहिले भने स्वच्छ पानी पिउन पाएका छन् ।

जल पारिस्थितिक प्रणाली संरक्षण

जल पारिस्थितिक प्रणालीलाई संरक्षण गर्न हामी समुद्र, नदी-नाला र खोलाहरूमा भएका हानिकारक पदार्थ र फोहोरहरू सफा गर्दछौं ।