उत्साहजनक ‘पारिवारिक गीत’ रचना गर्ने !

16,452 भ्यु
본문 읽기 4:44
현재 언어는 음성 재생을 지원하지 않습니다.

गीतमा मानिसहरूलाई एकीकृत गर्ने शक्ति रहेको हुन्छ । धुन र ताल मिलाएर सबैले सँगै गीत गाएमा एक-अर्कामा आत्मीयता बढ्छ । खेलकुद समर्थकहरू तथा परेड गर्ने सेनाहरू एकसाथ गीत गाउँदै एकै मनका हुन्छन् । खेलकुद रङ्गशालामा हौसलाको गीत हुन्छ, अनि सैन्य क्षेत्रमा सेनाहरूको गीत हुन्छ ।

योजस्तै, परिवारमा पनि ‘पारिवारिक गीत’ बनाउँदा कसो होला ? सुख-दुःखमा यहाँहरूको अमूल्य परिवार सधैँ साथमा रहन्छ । पारिवारिक गीत त्यति सिद्ध नभए तापनि त्यसमा ठूलो शक्ति रहेको हुन्छ । त्यसमा समाविष्ट प्रेम र विचारशीलताले एक-अर्काको निम्ति असीम ऊर्जा प्रवाह गर्छ ।

यो महिनामा आफ्नो परिवारसँगै पारिवारिक गीत रचना गरिहेर्नुहोस् । गीतको धुनसँगै यहाँहरूको परिवारमा खुशी पोखिनेछ ।

सुझाव
पारिवारिक गीत यसरी रचना गर्ने :
परिवारको परिचय दिने विषयहरू समावेश गरेर गीतको बोल तयार गर्ने
गीतमा पारिवारिक कहानी र स्मृति समावेश गर्ने
बनिसकेका बाल-गीत लगायतका गीतहरूको बोल परिवर्तन गर्ने अथवा परिवारसँगै गीतको धुन सृजना गर्ने
अवस्थाअनुसारका गीतहरू रचना गरेर सोहीअनुसार गाउने (बिहान उठ्दा गाउने गीत, घर फर्किने सदस्यहरूका निम्ति गीत, धन्यवादको गीत, माफी माग्दा गाउने गीत, खाना खाँदा गाउने गीत, जीवनका नियमहरूसम्बन्धी गीत इत्यादि)
पारिवारिक गीतलाई यसरी प्रयोग गर्ने :
पारिवारिक गीतको बोलअनुसार हाउभाउ गर्दै नाच्ने
घरमा कुनै वाद्यवादन छ भने त्यसलाई प्रयोग गरिहेर्ने
घरबाट टाढा रहेको परिवारका सदस्यहरूको निम्ति गीत गाएर रेकर्ड गरी पठाउने अथवा भिडियो कल गरेर गीत गाइदिने
बिहान उठ्नको निम्ति अलार्ममा गीत सेट गर्ने
सुत्न जानुअघि परिवारसँगै गीत गाउने