WATV.org is provided in English. Would you like to change to English?

म मेरो परिवारको समर्थक हुँ !

496 हेरेको संख्या

खेलकुद हेर्दाखेरि खेलाडीहरू जत्तिकै उत्साहित हुने मानिसहरू देख्न सकिन्छ । तिनीहरू नै समर्थकहरू हुन् । समर्थकचाहिँ कुनै विशेष समूह वा व्यक्तिलाई समर्थन वा प्रायोजन गर्ने मानिस, अथवा रङ्गशालामा खेलाडीहरूलाई हौसला दिने मानिस हो । समर्थकहरूको समर्थन र हौसलाचाहिँ खेलाडीहरूलाई बल र आत्मविश्वास प्रदान गरी खेललाई जिततर्फ डोऱ्याउने प्रेरक शक्ति बन्दछ । खेल सकाएका खेलाडीहरूले “दर्शकहरूको समर्थनले मलाई शक्ति मिल्यो” भन्ने कुरा एकदम सही हो ।

प्रोत्साहन र समर्थन खेलाडीहरूलाई मात्र नभएर सबैलाई आवश्यक पर्छ । किनकि आफूलाई दिइएको मिसन अथवा सपनाको निम्ति जिउने दैनिक जीवनचाहिँ कहिलेकहीँ एउटा उग्र प्रतिस्पर्धाजस्तै हुन्छ ।

यो महिना परिवारको भरपर्दो समर्थक बन्नुहोस् । परिवारको प्रोत्साहन र समर्थनभन्दा अझ शक्तिशाली अरू केही हुन सक्दैन !

सुझाव
ईमानदारितापूर्वक सकारात्मक बोली बोल्ने
समर्थन र प्रोत्साहनले भरिपूर्ण मोबाइल सन्देश पठाउने
सुन्दर नाचको चालसँगै समर्थनको गीत गाउने
समर्थनको नोटसँगै नास्ता पुऱ्याइदिने
न्यानो गरी अँगाल्ने
काँध वा पिठ्यूँमा थपथपाउने
हाइ फाइब गर्ने
बूढी औँला उठाउने