राम्ररी अभिवादन गर्ने हाम्रो जीवन्त घर !

23,269 भ्यु
본문 읽기 4:52
현재 언어는 음성 재생을 지원하지 않습니다.

‘राम्रो अभिवादनले जीवनमा फरक पार्छ’ भन्ने एउटा भनाइ छ । सामाजिक सफलताको प्रसङ्ग उठ्दा ‘अभिवादन’लाई छुटाउन सकिँदैन । अभिवादनचाहिँ नम्र बन्ने तरिका मात्र नभएर आफ्नो सुन्दर भाव व्यक्त गर्ने र अर्को व्यक्तिप्रति रुचि दर्शाउने अभिव्यक्ति भएकोले अर्को व्यक्तिलाई त्यसले खुशी तुल्याउनेछ । यसकारण राम्ररी अभिवादन गऱ्यो भने काम पनि राम्रो हुनेछ ।

खुशी परिवार बनाउनमा पनि अभिवादनले ठूलो भूमिका निर्वाह गर्दछ । समयअनुसार राम्ररी अभिवादन गर्ने परिवारहरूको घर जीवन्त बन्छ । परिवारमा राम्ररी अभिवादन गर्नाले एक-अर्कालाई आदर गर्दै विचारशील हुने मन आउनुको साथै आपसी सञ्चार पनि स्वभावतः बढ्छ । अभिवादनचाहिँ छोरा-छोरीहरूका निम्ति एक घरेलु शिक्षा पनि हो ।

यो महिना, मौका मिल्नेबित्तिकै परिवारका सदस्यहरूलाई राम्ररी अभिवादन गर्नुहोस् । अभिवादन गर्नुभएन भने क्षमाप्रार्थी हुनुहुनेछ, अनि धेरै गर्नुभयो भने पनि त्यो बढीचाहिँ हुनेछैन । यहाँहरूले राम्ररी अभिवादन मात्र गर्नुभयो भने घरको वातावरणमा परिवर्तन आउनेछ ।

सुझाव
यी अवस्थाहरूमा अभिवादन गर्नुहोस् !
बिहान उठेपछि ‘शुभ प्रभात’
सुत्न जानुअघि ‘शुभ रात्री’
कतै जाँदा ‘म गएर आउँछु’ अथवा कतै गएर आउँदा ‘म गएर आएँ’
खाना खाँदाखेरि ‘मीठो मानी खानुहोस्’
सहयोग पाउँदा ‘धन्यवादको अभिवादन’
राम्रो कुराको कामना गर्दा ‘आशिष्‌को अभिवादन’
कुनै राम्रो कुरा हुँदा ‘बधाईको अभिवादन’
टाढा बस्ने परिवारको निम्ति ‘शुभेक्षाको अभिवादन’
अभिवादन गर्ने तरिका
आफैले पहिला गर्ने
अर्को व्यक्तिको आँखामा हेर्दै गर्ने
उज्यालो गरी मुस्काउँदै गर्ने
ठूलो र स्पष्ट आवाजमा गर्ने
स्नेह र आदरको मनद्वारा गर्ने
नम्रतापूर्वक गर्ने