पछि चुक्ता गरिएको प्रेमको ऋण
लेख सुन्नुहोस्
1:34

आमासँगै शरणार्थी जीवन बिताएकी एक जना बालिकाले दोस्रो विश्वयुद्धको समयमा कठिन जीवन बिताइन् । ती बालिका गम्भीर कुपोषणका कारण मृत्युको मुखमा पुगिन्, तर सहयोगी सेना र राहत संस्थाहरूले उपलब्ध गराएको राहत सामग्रीका कारण बाँचिन् ।
पछि, उनी विश्व प्रसिद्ध चलचित्र अभिनेत्री बनिन् । अवकाशपछि उनले सहयोगको खाँचो परेकाहरूलाई सक्रियातापूर्वक सेवा गरिन् ।
“अबचाहिँ मैले पाएको प्रेमको ऋण चुक्ता गर्ने पालो हो ।”
यो भनाईचाहिँ कुनै समयमा परी भनेर पुकारिएकी अड्रे हेपबर्नको हो ।