WATV.org is provided in English. Would you like to change to English?

शुभ प्रभात भनेर अभिवादन गर्ने !

657 हेरेको संख्या

विगतका दिनहरूमा, कोरियामा हरेक बिहान छोरा-छोरीले आफ्ना बुबा-आमालाई अभिवादन गर्नु शिष्टाचार थियो । उनीहरूले हातमुख धोएर सफा लुगा लगाएपछि बुबा-आमाकहाँ गएर अभिवादन गर्थे । त्यसपछि उहाँहरूको ओछ्यान मिलाइदिने अथवा हातमुख धुनलाई पानी लगिदिने गर्थे ।

अहिलेको व्यस्त आधुनिक समाजमा यस्तो चलन हराएको त धेरै भइसक्यो, तर अभिवादनको महत्त्व भने बद्‌लिएको छैन । किनकि यो नै एक-अर्कासित स्वास्थ्य लाभको कामना गर्दै प्रेम र परवाह अभिव्यक्त गर्ने तरिका हो ।

यो महिनाचाहिँ बिहान उठेपछि आफ्ना परिवारलाई खुशीसाथ अभिवादन गर्दा कसो होला ?

“राम्ररी सुत्नुभयो ?,” “राम्ररी सुत्यौ ?,” “शुभ प्रभात !”

यसरी मुस्काउँदै बिहानीपख अभिवादन गर्दा खुशीसाथ एक दिनको शुभारम्भ गर्न सकिन्छ । शुभ बिहानीको अभिवादनसँगै हर्षपूर्ण एक दिनको निम्ति तयारी गरौं !

सुझाव
बिहान आफ्नो परिवारलाई अभिवादन गर्न अलि चाँडो उठ्ने
आफ्नो मनलाई खुशी र धन्यवादले भरेर अभिवादन गर्ने
आँखामा आँखा मिलाएर मुस्काउँदै ठूलो सोरले अभिवादन गर्ने
आदतको रूपमा होइनकि प्रेम र सहृदयले अभिवादन गर्ने
अभिवादनसँगै अँगालो हाल्ने, हाइ फाइब गर्ने, मालिश गरिदिने, हातले पान आकार बनाउने जस्ता गतिविधिहरू गर्दै हौसला दिने
अभिवादन गरेपछि मौसम, स्वास्थ्य अथवा बिहानी नास्ता इत्यादिबारे कुराकानी गर्ने
यदि परिवारबाट टाढा बस्नुहुन्छ भने मोबाइल सन्देश अथवा फोन कलद्वारा अभिवादन गर्ने